आइएसबिएन

कुनै पनि पुस्तकको पछाडिको आवरण पृष्ठमा धर्सैधर्साको सानो बक्सामा राखिएका १० वा १३ वटा अङ्क नै आईएसबीएन हो । संसारमा मानिसका नामहरू बेग्लाबेग्लै हुन्छन, दुनियामा कसैको टेलिफोन नम्बर कसैसँग मिल्दैन, त्यसैगरी किताबै पिच्छे आईएसबीएन नम्बर पनि फरक फरक हुन्छन । विकशित देशहरूमा यही नम्बरका आधारमा इन्टरनेटबाट पुस्तक सम्बन्धी जानकारी प्राप्त गरिन्छ ।

संसारमा पहिलो पटक यस्तो नम्बर राख्ने चलन सन १९६६ मा बेलायतबाट सुरू भएको हो । त्यहाका ठूला पुस्तक प्रकाशक मध्येमा गनिने आरआर बुकरका प्रमुख विलियम हेनरी स्मिथले देशभित्रका प्रकाशकहरूको एउटा सम्मेलन आयोजना गरेर पुस्तकै पिच्छे बेग्लाबेग्लै नम्बर राख्ने चलन सुरूवात गर्नु भएको थियो । सन १९७२ देखि जर्मनीको राजधानी बर्लिनमा रहेको राष्ट्रिय पुस्तकालयलाई आईएसबीएनको मुख्य कार्यालय बनाइयो । संसारका विभिन्न देशका पुस्तकालयहरूलाई आईएसबीएन वितरणका लागि अधिकार दिन थालियो । युनेस्को लगायतका अन्तर्राष्ट्रियस्तरका शैक्षिक संस्थाहरू आईएसबीएनको सल्लाहकार समितिमा सदस्य छन ।

नेपालमा यसको सुरुवात सन २००० को जनवरी २६ तारिख देखि मात्र भएको हो । आईएसबीएन लिने नेपाल १५७ औ राष्ट्र हो । अहिले यो सङ्ख्या १६३ पुगिसकेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको आईएसबीएन शाखामा रू. २५ तिरेर एउटा फारम भरेपछि तुरुन्तै नम्बर पाइन्छ । आईएसबीएन शाखाकी सुशीला प्रधानका अनुसार गत वैशाख १८ गतेसम्ममा १३ हजार ८३० वटा नम्बर वितरण भइसकेका छन ।

आइएसबिएन

सन २०००मा आईएसबीएन मुख्यालयले त्रिवि पुस्तकालयलाई नम्बर वितरणको अनुमति दिदा सन! २००५ सम्ममा १० हजार वटा पुस्तक प्रकाशित हुने अनुमान गरेर सबैभन्दा सानो कोटा दिएको थियो। त्यतिखेर हाम्रो देशको नम्बर ९९९३३ थियो। चार वर्ष नबित्दै पाच हजारभन्दा बढी पुस्तक दर्ता भए। त्यसपछि सन! २००४मा एक लाख पुस्तकलाई नम्बर वितरण गर्ने गरी पाचवटा अङ्क भएको 'कन्ट्री नं.' ९९९४६ दियो। त्यसबेलासम्म आईएसबीएनको अङ्क १० वटा हुन्थ्यो। सन! २००७मा अन्तर्राष्ट्रिय स्तरका अन्य वस्तुहरूको नम्बर १३ वटा हुने भएकोले एउटै स्तरको बनाउनका लागि १३ वटा अङ्क कायम गरियो। त्यसपछि भने हाम्रो नं. ९९३७ भयो। सुरुको ९९३७ पछि आउने अङ्क प्रकाशकको नम्बर हो र त्यसपछिको अङ्क पुस्तकको क्रमाङ्क हो।

पुस्तकालय प्रमुख भण्डारीका अनुसार आईएसबीएन नियमित रूपमा निस्कने पत्रिकाबाहेक पुस्तक, सिडी, प्रतिवेदन, इलेक्ट्रोनिक पब्लिकेशन आदिलाई दिने गरिएको छ। एउटै नाममा नियमित रूपमा प्रकाशित भइरहने पत्रिका, जर्नलहरूले आईएसएस नम्बर लिनुपर्दछ। नेपालमा भने अहिलेसम्म त्यसको शाखा स्थापना भएको छैन। यद्यपि करिब २५ वटा पत्रिका-जर्नलहरूले फ्रान्सस्थित आईएसएसएनको मुख्य कार्यालयमा इमेल पत्राचार गरी यस्तो नम्बर भने लिएका छन!।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

रानी राजेन्द्र लक्ष्मीसङ्खुवासभा जिल्लायुनेस्कोकान्तिपुर टेलिभिजनपाटन दरबार क्षेत्रसुवर्णेश्वर महादेव, भक्तपुरसङ्गठननवदुर्गाआन्तरिक राजस्व विभाग (नेपाल)धर्मवास्तुशास्त्रपञ्चशीलधर्म निरपेक्षतारेखा थापाकुखौरी मलसाँप्रागोरखा जिल्लापाणिनिदियोरवि लामिछानेअपाङ्गतादमाई जातिसार्क शिखर सम्मेलनको सूचीजगदम्बाश्री पुरस्कारनौमती बाजापृथ्वीनारायण शाहइसाई धर्ममगर भाषामलावीसार्की जातिप्रतिनिधि सभा निर्वाचन, २०७९पूँजीवादनिबन्धनेपालका राष्ट्रिय निकुञ्जहरूबाल विवाहसाङ्केतिक भाषातिहारहिन्दु धर्मनेपालका विश्वविद्यालयहरूको सूचीफलेवास नगरपालिकासर्लाही जिल्लाकम्पनीसामाजिक न्यायनेपालको प्रधानन्यायाधीशध्रुवचन्द्र गौतमगौरी (शोककाव्य)त्रिभुवन वीरविक्रम शाहलक्ष्मीप्रसाद देवकोटा रचनासूचीनेपाली परम्परागत नापका इकाईमेमोरी (कम्प्युटर)शान्तिनगर गाउँपालिकाजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीआन्तरिक नियन्त्रण प्रणालीएसियाली विकास बैङ्कझलकमान गन्धर्वराष्ट्रिय सहकारी दिवसयौननिर्वाचन प्रणालीभुईँचालोरुसनेपालको पहिलो संविधान सभारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोपञ्चायती व्यवस्थाशम्भुप्रसाद ढुङ्गेलफ्लोरेन्स नाइटिङ्गेलनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीकुरुक्षेत्र युद्धनेपालका जातिहरूउत्तरी गोलार्धकविताकाठमाडौँ जिल्लामानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८पारिजात (साहित्यकार)जल उत्पन्न प्रकोप नियन्त्रण विभागकोलोम्बिया राष्ट्रिय फुटबल टोलीजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनेटफ्लिक्स🡆 More