सर्लाही जिल्ला

सर्लाही जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा अवस्थित अत्यधिक जनघनत्व भएको जिल्ला हो। यस जिल्लाको पूर्वमा बाँके तथा हर्दी नदी पश्चिममा बागमती नदी सिमा नदीको रूपमा बगेका छन।

सर्लाही जिल्ला

जिल्लाको नामाकरण

यस जिल्लाको नामाकरणबारे सत्यतथ्य प्रमाण नभेटिए पनि प्राचीन इतिहासलाई खोजी गर्दा यस जिल्लाको हेमपुर गाँउ विकास समितिमा सर्लाही देवीको मन्दिरको नामबाट जिल्लाको नाम रहन गएको भन्ने अनुमान छ । रातको समयमा यदि कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर राति त्यहाँ कोही पनि पुग्दैनन । यिनै देवीको नामवाट पहिले यस ईलाकाको पछि यस जिल्लाको नाम हुन गएको हो स्थानीय बासिन्दाहरूको धारणा रहेको पाइन्छ । सर्लाही देवीको मन्दिर वरीपरी अझै पनि बस्ती बसेको छैन ।

भौगोलिक अवस्था

  • अक्षांस: २६.४५" उत्तर देखि २७.१०" उत्तर अक्षास
  • देशान्तर: ८५.२०" पूर्व देखि ८५.५०" पूर्व देशान्त
  • सिमाना: पूर्व-महोत्तरी, पश्चिम-रौतहट, उत्तर-सिन्धुली तथा दक्षिण-भारतको बिहार राज्यको सितामढी जिल्ला
  • क्षेत्रफल: १,२५९ वर्ग किलोमिटर
  • औसत लम्बाई: ३२ किलोमिटर(उत्तर-दक्षिण)
  • औसत चौडाई: ४० किलोमिटर(पूर्व-पश्चिम)
  • सबभन्दा होचोस्थान: समुन्द्री सतहबाट ६० मिटर
  • सबभन्दा अग्लोस्थान:समुन्द्री सतहबाट ६५९ मिटर

भौगोलिक हिसाबले यस जिल्लालाई उत्तरतर्फ रहेको चुरे पर्वत बीचमा रहेको भावर दक्षिणमा रहेको तराइको समथर मैदान ओगट्ने गरी गरी ३ भागमा बाँड्न सकिन्छ।

प्रमुख नदी, ताल-तलैया

यस जिल्लामा बग्ने मुख्य नदीहरू बागमती, लखनदेइ, झिम, हुन्। बागमती नदी बाहेक अन्य नदीहरू उत्तरको चुरे डाँडावाट शुरु भई क्रमश: बग्दै दक्षीणतिर भारत पस्दछन। लखनदेइको सहायक नदीहरूमा नारायण, मदा, बामन्ती, दाईने, अत्रौली, चापिनी, कोटी, घुमी छन। त्यस्तै झिम नदीको प्रारम्भ भैवपुर दोभानमा फुलजोर कालिन्जोर खोलाको मिलनवाट भएको हो। यसबाहेक अन्य सानातिना नदीहरूमा मनुस्मारा (जुद्ध नहर), हरिवन, सोतारा, ढङ्ग्रा, भुमी, आदि पर्दछन्। यस जिल्लामा प्राकृतिक तालकोरूपमा एक मात्र नाढीमन तालका साथै मानव निर्मित नेपाल कै दोश्रो ठूलो ताल भरत ताल र माछापालन सिंचाई तथा स्नानकार्यका लागि थुप्रै पोखरीहरू छन।

ब्यापारिक महत्त्वका स्थानहरू

यस जिल्लाका ब्यापारिक महत्त्वका प्रमुख स्थानहरूमा सदमुकाम मलङवा नगपालिका, हरिवन नगरपालिका लगायत बरहथवा, लालबन्दी नगरपालिका, बलरा नगरपालिका, नवलपुर, गोडैता, ईश्वपुर नगरपालिका आदि छन्।

सन्दर्भ

यो पनि हेर्नुहोस


वाहिरी कडीहरू

Tags:

सर्लाही जिल्ला जिल्लाको नामाकरणसर्लाही जिल्ला भौगोलिक अवस्थासर्लाही जिल्ला प्रमुख नदी, ताल-तलैयासर्लाही जिल्ला ब्यापारिक महत्त्वका स्थानहरूसर्लाही जिल्ला सन्दर्भसर्लाही जिल्ला यो पनि हेर्नुहोससर्लाही जिल्ला वाहिरी कडीहरूसर्लाही जिल्लाजनकपुर अञ्चलनेपालबागमती नदीमध्यमाञ्चल विकास क्षेत्रसिमा

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रदेशहरूतिहारनेवारी भाषापोखरा उपत्यकाबैतडी जिल्लाइस्लाम धर्मबुटवल उपमहानगरपालिकाललितपुर महानगरपालिकाइन्जिनियरिङभुईँचालोभीमदत्त पन्तकमिलाअक्षांशनेपालमा हिन्दु धर्मपरराष्ट्र मन्त्रालय (नेपाल)माओवादी जनयुद्धजानकी मन्दिरचितवन जिल्लाभूपरिवेष्ठित राष्ट्रआर्थिक कूटनीतिनेपालका मन्त्रिपरिषद्हरूजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीरसुवा जिल्लानेपालमा पर्यटनअन्तर्राष्ट्रिय प्रमाणिक समयमदन भण्डारीडढेलोइटहरी उपमहानगरपालिकासुधा त्रिपाठीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको जनआन्दोलन २०४६भक्तपुर जिल्लागर्भपतनव्यवसायआन्तरिक नियन्त्रण प्रणालीदेवनागरी सङ्ख्या पद्धतिभारतीय संविधानइलाम नगरपालिकानेपालका राजनीतिक दलहरूको सूचीयोगी नरहरिनाथरुस-युक्रेन युद्धपूर्वीय दर्शनमहेन्द्र वीरविक्रम शाहचाडपर्वविद्युतवित्तीय विवरणहरूनेपाली साहित्यको इतिहासनेपालको चलचित्रको इतिहासनेपाल टेलिकमबागमती प्रदेशघामका पाइलाहरू (उपन्यास)राउटे जातिनगरपालिकापाटन दरबार क्षेत्रमदन भण्डारी राजमार्गदशरथ चन्दगणतन्त्र दिवस (नेपाल)दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रखैरहनी नगरपालिकागोरखा जिल्लाकोशी प्रदेश क्रिकेट टोलीबूढानीलकण्ठ मन्दिरभक्ति थापापाथीभरा देवी (ताप्लेजुङ)जिल्ला समन्वय समितिबौद्धनाथहनुमानअफ्रिकापहाडी प्रदेश (नेपाल)लागत निर्धारणमौसमनेपालको प्रशासनिक विभाजनसुशील कोइरालाबागमती प्रदेश सभा🡆 More