भूपरिवेष्ठित राष्ट्र

भूपरिवेष्ठित राष्ट्र भनेको त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको हुँदैन वा जसको समुद्री तट बन्द जनसम्भरमा अवस्थित रहेको हुन्छ। हाल ४४ भूपरिवेष्ठित देश र ५ आंशिक मान्यता प्राप्त भूपरिवेष्ठित राष्ट्रहरू छन्। कजाख्स्तान विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश हो।

भूपरिवेष्ठित राष्ट्र
भूपरिवेष्ठित राष्ट्रहरू: ४२ भूपरिवेष्ठित (हरियो), २ दोहोरो भूपरिवेष्ठित (बैजनी रङमा)

सन् १९९० मा विश्वमा ३० वटा मात्र भूपरिवेष्ठित देश थिए। सोभियत सङ्घचेकोस्लोभाकियाको विघटन, युगोस्लाभियाको विभाजन; दक्षिण ओसेटिया, इरित्रिया, मोन्टेनेग्रो, दक्षिण सुडान र लुहान्स्क लोकतान्त्रिक गणतन्त्रको स्वतन्त्रता जनमत सङ्ग्रह र कोसोभोको स्वतन्त्रताको एकपक्षीय घोषणाले १५ नयाँ भूपरिवेष्ठित देशहरू र ५ आंशिक रूपमा मान्यता प्राप्त भूपरिवेष्ठित राज्यहरू सिर्जना गरेको थियो जबकि पूर्व भूपरिवेष्टित देश चेकोस्लोभाकिया १ जनवरी १९९३ सम्म अस्तित्वमा रहेको थियो।

सामान्यतया, भूपरिवेष्ठित हुँदा केही राजनीतिक र आर्थिक बाधाहरू सिर्जना हुन्छन्। यही कारण इतिहास हेर्ने हो भनेपनि ठूला र साना राष्ट्रहरूले धन, रक्तपात र राजनीतिक पूँजीको ठूलो मूल्य चुकाएर पनि समुद्रसम्म पहुँच प्राप्त गर्न खोजेका छन्।

भूपरिवेष्ठित हुनुका आर्थिक बेफाइदाहरू छन्। विकास, वरपरका व्यापारिक मार्ग र व्यापारको स्वतन्त्रता, भाषा अवरोधहरू र पनि सिर्जना हुन सक्छ। युरोपका केही भूपरिवेष्ठित देशहरू धनी छन्, जस्तै एन्डोरा, अस्ट्रिया, लिस्टेनस्टाइन, लक्जेम्बर्ग, सान मारिनो, स्विट्जरल्यान्ड र भ्याटिकन सिटी पर्दछन्। यी सबै, लक्जेम्बर्ग (नाटोको संस्थापक सदस्य) बाहेक, प्रायः विश्वव्यापी राजनीतिक मुद्दाहरूमा तटस्थता प्रयोग गर्छन्। अफ्रिका, एसिया र दक्षिण अमेरिकाका सबै भूपरिवेष्ठित मुलुकसहित ४४ भूपरिवेष्ठित देशमध्ये ३२ लाई संयुक्त राष्ट्रसङ्घले भूपरिवेष्ठित विकासशील मुलुकका रूपमा वर्गीकरण गरेको छ। सबैभन्दा कम मानव विकास सूचकाङ्क भएका १२ देशमध्ये नौ वटा भूपरिवेष्ठित छन्। संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य १० जस्ता मुद्दाहरूबाट उत्पन्न असमानताहरू कम गर्न अन्तर्राष्ट्रिय पहलहरू लक्षित छन्, जसले सन् २०३० सम्ममा असमानतालाई उल्लेखनीय रूपमा कम गर्ने लक्ष्य राखेको छ।

भूपरिवेष्ठित र आंशिक रूपमा मान्यता प्राप्त राष्ट्रहरू

देश क्षेत्रफल (किमी) जनसङ्ख्या महादेश संयुक्त राष्ट्र सङ्घीय उपक्षेत्री छिमेकी राष्ट्रहरू गणना
अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भूपरिवेष्ठित राष्ट्रहरू
भूपरिवेष्ठित राष्ट्र  अफगानिस्तान ६५२,२३० ३३,३६९,९४५ एसिया दक्षिणी एसिया चीन, इरान, पाकिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान
भूपरिवेष्ठित राष्ट्र  एन्डोरा ४६८ ७७,५४३ युरोप दक्षिणी युरोप फ्रान्सस्पेन
भूपरिवेष्ठित राष्ट्र  आर्मेनिया २९,७४३ ३,२५४,३०० एसिया पश्चिमी एसिया अजरबैजान, जर्जिया, इरान, र टर्की
भूपरिवेष्ठित राष्ट्र  अस्ट्रिया ८३,८७१ ८,८२३,०५४ युरोप पश्चिमी युरोप चेक गणतन्त्र, जर्मनी, हङ्गेरी, इटाली, लिस्टेनस्टाइन, स्लोभाकिया, स्लोभेनिया, र स्विट्जरल्यान्ड
भूपरिवेष्ठित राष्ट्र  अजरबैजान[a] ८६,६०० ८,९९७,४०१ एसिया पश्चिमी एसिया आर्मेनिया, आर्टसाख[ख], जर्जिया, इरान, रुस, र टर्की ५ वा ६
भूपरिवेष्ठित राष्ट्र  बेलारुस २०७,६०० ९,४८४,३०० युरोप पूर्वी युरोप लात्भिया, लिथुआनिया, पोल्यान्ड, रुस, र युक्रेन
भूपरिवेष्ठित राष्ट्र  भुटान ३८,३९४ ६९१,१४१ एसिया दक्षिणी एसिया चीनभारत
भूपरिवेष्ठित राष्ट्र  बोलिभिया १,०९८,५८१ १०,९०७,७७८ अमेरिका दक्षिण अमेरिका अर्जेन्टिना, ब्राजिल, चिली, पाराग्वे, र पेरू
भूपरिवेष्ठित राष्ट्र  बोत्स्वाना ५८२,००० १,९९०,८७६ अफ्रिका दक्षिणी अफ्रिका नामिबिया, दक्षिण अफ्रिका, जाम्बिया, र जिम्बाब्वे
भूपरिवेष्ठित राष्ट्र  बुर्किना फासो २७४,२२२ १५,७४६,२३२ अफ्रिका पश्चिमी अफ्रिका बेनिन, आइभोरी कोस्ट, घाना, माली, नाइजर, र टोगो
भूपरिवेष्ठित राष्ट्र  बुरुन्डी २७,८३४ १०,५५७,२५९ अफ्रिका पूर्वी अफ्रिका प्रजातान्त्रिक गणतन्त्र कङ्गो, रुवान्डा, र तान्जानिया
भूपरिवेष्ठित राष्ट्र  मध्य अफ्रिकी गणतन्त्र ६२२,९८४ ४,४२२,००० अफ्रिका मध्य अफ्रिका क्यामेरून, चाड, गणतन्त्र कङ्गो, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, दक्षिण सुडान, र सुडान
भूपरिवेष्ठित राष्ट्र  चाड १,२८४,००० १३,६७०,०८४ अफ्रिका मध्य अफ्रिका क्यामेरून, मध्य अफ्रिकी गणतन्त्र, लिबिया, नाइजर, नाइजेरिया, र सुडान
भूपरिवेष्ठित राष्ट्र  चेक गणतन्त्र ७८,८६७ १०,६७४,९४७ युरोप पूर्वी युरोप अस्ट्रिया, जर्मनी, पोल्यान्ड, र स्लोभाकिया
भूपरिवेष्ठित राष्ट्र  एस्वातिनी १७,३६४ १,१८५,००० अफ्रिका दक्षिणी अफ्रिका मोजाम्बिकदक्षिण अफ्रिका
भूपरिवेष्ठित राष्ट्र  इथियोपिया १,१०४,३०० १०१,८५३,२६८ अफ्रिका पूर्वी अफ्रिका जिबुती, इरित्रिया, केन्या, सोमालिया, दक्षिण सुडान, र सुडान
भूपरिवेष्ठित राष्ट्र  हङ्गेरी ९३,०२८ ९,७९७,५६१ युरोप पूर्वी युरोप अस्ट्रिया, क्रोएसिया, रोमानिया, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, र युक्रेन
भूपरिवेष्ठित राष्ट्र  कजाख्स्तान[a] २,७२४,९०० १६,३७२,००० एसिया मध्य एसिया चीन, किर्गिस्तान, रुस, तुर्कमेनिस्तान, र उज्बेकिस्तान
भूपरिवेष्ठित राष्ट्र  किर्गिस्तान १९९,९५१ ५,४८२,००० एसिया मध्य एसिया चीन, कजाख्स्तान, ताजिकिस्तान, र उज्बेकिस्तान
भूपरिवेष्ठित राष्ट्र  लाओस २३६,८०० ७,१२३,२०५ एसिया दक्षिण-पूर्वी एसिया कम्बोडिया, चीन, म्यानमार, थाइल्यान्ड, र भियतनाम
भूपरिवेष्ठित राष्ट्र  लेसोथो[ग] ३०,३५५ २,०६७,००० अफ्रिका दक्षिणी अफ्रिका दक्षिण अफ्रिका
भूपरिवेष्ठित राष्ट्र  लिस्टेनस्टाइन[घ] १६० ३५,७८९ युरोप पश्चिमी युरोप अस्ट्रियास्विट्जरल्यान्ड
भूपरिवेष्ठित राष्ट्र  लक्जेम्बर्ग २,५८६ ५०२,२०२ युरोप पश्चिमी युरोप बेल्जियम, फ्रान्स, र जर्मनी
भूपरिवेष्ठित राष्ट्र  मलावी ११८,४८४ १५,०२८,७५७ अफ्रिका पूर्वी अफ्रिका मोजाम्बिक, तान्जानिया, र जाम्बिया
भूपरिवेष्ठित राष्ट्र  माली १,२४०,१९२ १४,५१७,१७६ अफ्रिका पश्चिमी अफ्रिका अल्जेरिया, बुर्किना फासो, आइभोरी कोस्ट, गिनी, मौरिटानिया, नाइजर, र सेनेगल
भूपरिवेष्ठित राष्ट्र  मोल्दोभा ३३,८४६ ३,५५९,५०० युरोप पूर्वी युरोप रोमानिया, ट्रान्सनिस्ट्रिया[ख], र युक्रेन २ वा ३
भूपरिवेष्ठित राष्ट्र  मङ्गोलिया १,५६६,५०० २,८९२,८७६ एसिया पूर्वी एसिया चीनरुस
भूपरिवेष्ठित राष्ट्र  नेपाल १४७,१८१ २६,४९४,५०४ एसिया दक्षिणी एसिया चीनभारत
भूपरिवेष्ठित राष्ट्र  नाइजर १,२६७,००० १५,३०६,२५२ अफ्रिका पश्चिमी अफ्रिका अल्जेरिया, बेनिन, बुर्किना फासो, चाड, लिबिया, माली, र नाइजेरिया
भूपरिवेष्ठित राष्ट्र  उत्तर म्यासेडोनिया २५,७१३ २,११४,५५० युरोप दक्षिणी युरोप अल्बानिया, बुल्गेरिया, ग्रिस, कोसोभो[ख], र सर्बिया ४ वा ५
भूपरिवेष्ठित राष्ट्र  पाराग्वे ४०६,७५२ ६,३४९,००० अमेरिका दक्षिण अमेरिका अर्जेन्टिना, बोलिभिया, र ब्राजिल
भूपरिवेष्ठित राष्ट्र  रुवान्डा २६,३३८ १०,७४६,३११ अफ्रिका पूर्वी अफ्रिका बुरुन्डी, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, तान्जानिया, र युगान्डा
भूपरिवेष्ठित राष्ट्र  सान मारिनो[ग] ६१ ३१,७१६ युरोप दक्षिणी युरोप इटाली
भूपरिवेष्ठित राष्ट्र  सर्बिया ८८,३६१ ६,९२६,७०५ युरोप दक्षिणी युरोप अल्बानिया, बोस्निया र हर्जगोभिना, बुल्गेरिया, क्रोएसिया, हङ्गेरी, कोसोभो[ख], मोन्टेनेग्रो, उत्तर म्यासेडोनिया, र रोमानिया
भूपरिवेष्ठित राष्ट्र  स्लोभाकिया ४९,०३५ ५,४२९,७६३ युरोप पूर्वी युरोप अस्ट्रिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, र युक्रेन
भूपरिवेष्ठित राष्ट्र  दक्षिण सुडान ६१९,७४५ ८,२६०,४९० अफ्रिका पूर्वी अफ्रिका मध्य अफ्रिकी गणतन्त्र, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, केन्या, सुडान, र युगान्डा
भूपरिवेष्ठित राष्ट्र   स्विट्जरल्यान्ड ४१,२८४ ८,४०१,१२० युरोप पश्चिमी युरोप अस्ट्रिया, फ्रान्स, जर्मनी, इटाली, र लिस्टेनस्टाइन
भूपरिवेष्ठित राष्ट्र  ताजिकिस्तान १४३,१०० ७,३४९,१४५ एसिया मध्य एसिया अफगानिस्तान, चीन, किर्गिस्तान, र उज्बेकिस्तान
भूपरिवेष्ठित राष्ट्र  तुर्कमेनिस्तान[क] ४८८,१०० ५,११०,००० एसिया मध्य एसिया अफगानिस्तान, इरान, कजाख्स्तान, र उज्बेकिस्तान
भूपरिवेष्ठित राष्ट्र  युगान्डा २४१,०३८ ४०,३२२,७६८ अफ्रिका पूर्वी अफ्रिका प्रजातान्त्रिक गणतन्त्र कङ्गो, केन्या, रुवान्डा, दक्षिण सुडान, र तान्जानिया
भूपरिवेष्ठित राष्ट्र  उज्बेकिस्तान[घ] ४४९,१०० ३२,६०६,००७ एसिया मध्य एसिया अफगानिस्तान, कजाख्स्तान, किर्गिस्तान, ताजिकिस्तान, र तुर्कमेनिस्तान
भूपरिवेष्ठित राष्ट्र  भ्याटिकन सिटी[ग] ०.४४ ८२६ युरोप दक्षिणी युरोप इटाली
भूपरिवेष्ठित राष्ट्र  जाम्बिया ७५२,६१२ १२,९३५,००० अफ्रिका पूर्वी अफ्रिका अङ्गोला, बोत्स्वाना, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, मलावी, मोजाम्बिक, नामिबिया, तान्जानिया, र जिम्बाब्वे
भूपरिवेष्ठित राष्ट्र  जिम्बाब्वे ३९०,७५७ १२,५२१,००० अफ्रिका पूर्वी अफ्रिका बोत्स्वाना, मोजाम्बिक, दक्षिण अफ्रिका, र जाम्बिया
आंशिक रूपमा मान्यता प्राप्त भूपरिवेष्ठत राष्ट्रहरू
भूपरिवेष्ठित राष्ट्र  आर्टसाख[ख][घ] ३,१७० १२०,००० एसिया पश्चिमी एसिया अजरबैजान
भूपरिवेष्ठित राष्ट्र  कोसोभो[ख] १०,९०८ १,८०४,८३८ युरोप दक्षिणी युरोप अल्बानिया, मोन्टेनेग्रो, उत्तर म्यासेडोनिया, र सर्बिया
भूपरिवेष्ठित राष्ट्र  जनवादी गणतन्त्र लुहान्स्क[ख] ८,३७७ १,४६४,०३९ युरोप पूर्वी युरोप जनवादी गणतन्त्र दोनेतेस्क[ख], रुस, र युक्रेन
भूपरिवेष्ठित राष्ट्र  दक्षिण ओसेटिया[ख] ३,९०० ७२,००० एसिया पश्चिमी एसिया जर्जियारुस
भूपरिवेष्ठित राष्ट्र  ट्रान्सनिस्ट्रिया[ख] ४,१६३ ५०५,१५३ युरोप पूर्वी युरोप मोल्दोभायुक्रेन
जम्मा १४,७७६,२२८ ४७५,८१८,७३७ उल्लेख्य छैन
विश्वको प्रतिशत ११.४% ६.९%

टिप्पणी

सन्दर्भ सामग्रीहरू

Tags:

कजाख्स्तान

🔥 Trending searches on Wiki नेपाली:

हिमाली प्रदेश (नेपाल)युट्युबइन्डियन प्रिमियर लिगपूर्वीय चिन्तन परम्पराह्रस्व दीर्घ नियमसंस्कारसहिद दिवसफुलनेपालको संविधान २०७२सम्पति शुद्धीकरणसती प्रथालेनिनवादकाँक्रे विहारपृथ्वी राजमार्गशेरबहादुर देउवाभौतिक विज्ञानलखन थापा मगरपहाडी प्रदेश (नेपाल)समानुपातिक प्रतिनिधित्व प्रणालीरोगपहिलो विश्वयुद्धबागमती नदीदर्शनविश्वकोशदैवज्ञराज न्यौपानेअङ्कगुल्मी जिल्लाबङ्गलादेशऐँसेलुजनसाङ्ख्यिकीय लाभांशगुगलसुशासननेवार जातिसोभियत सङ्घसंयुक्त राज्य अमेरिकामहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय (नेपाल)ऋतुव्यवस्थापिकाजानकी मन्दिरनयाँ पत्रिका दैनिकसुर्तीप्रदेश सभा (नेपाल)कविताश्रीमद्भागवत् पुराणकम्प्युटरराष्ट्रिय स्वतन्त्र पार्टीन्याय सेवा आयोग (नेपाल)कोषनेपाली सेनाका गणहरुफोक्सुन्डो तालगायत्री मन्त्रसम्पत्तिदशरथ चन्दनेपाल विद्यार्थी सङ्घकृत्रिम वर्षानेपाली शब्दकोशराम राज पन्तराई जातिप्रदेश प्रमुख (नेपाल)राउटे जातिव्यास नगरपालिकासञ्चारफौजदारी कानुनसरस्वतीचतराधामकिशोरावस्थागणेशसमाजशास्त्रमाधवकुमार नेपालबर्दिया जिल्लापञ्चायती व्यवस्थाविश्वेश्वरप्रसाद कोइराला🡆 More