रुस-युक्रेन युद्ध

रुस-युक्रेन युद्ध (युक्रेनी: російсько-українська війна) रुस र युक्रेन बीच सन् २०१४ फेब्रुअरीमा सुरु भएर हालसम्म पनि निरन्तर चलिरहेको युद्ध हो। यो युद्ध क्रिमिया र डोनबास क्षेत्रमा केन्द्रित छ, जुन क्षेत्रलाई पश्चिमा समुदायले युक्रेनको भाग मान्दछन्।

रुस-युक्रेन युद्ध
युक्रेन सङ्कटको भाग
रुस-युक्रेन युद्ध
२०१४ अक्टोबरको सैन्य अवस्था
             विद्रोही र रुसको कब्जामा रहेका क्षेत्रहरू
             युक्रेनको नियन्त्रणमा रहेका क्षेत्रहरू
मिति२०१४ फेब्रुअरी २० – ongoing
(१० वर्ष, १ महिना र ४ हप्ता)
स्थान
क्रिमिया र दोनबास, युक्रेनको खेरसन ओब्लास्ट, रुसको रोस्तोभ ओब्लास्ट , र अजोभ सागर.
परिणाम
  • २०१४ युक्रेनी क्रान्ति पछी अनंकित रुसी सेनाद्वारा क्रिमिया कब्जा
  • रुस-युक्रेन सिमामा सेना जम्मा
  • नाटोले युक्रेनमा सैन्य अभ्यास गर्‍यो, र युक्रेनको पश्चिममा सदस्यहरूलाई बलियो बनायो।
  • Russian intervention in the war in Donbas
  • रुसी माथि अन्तर्राष्ट्रिय प्रतिबन्धको घोषणा र रुसी कदमको निन्दा, रुसी आर्थिक सङ्कट (२०१४-२०१६)
  • जी-८ बाट रुसको निष्काशन, अहिले जी-७
  • मिन्क्स सम्झौतामा हस्ताक्षर, दुवै पक्षद्वारा अर्को पक्षलाई सम्झौता उल्लङ्घन गरेको आरोप
  • पृथकतावादी नियन्त्रित क्षेत्रमा रुसी फौज तैनाथ
  • २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि रुसी हमालाको सुरुवात
भौगोलिक
परिवर्तन
  • रूसद्वारा क्रिमियाको बिलय
  • युरोमैदान विरोध प्रदर्शन र सन् २०१४ फेब्रुअरी २२ मा भिक्टर यानुकोभिच युक्रेनको राष्ट्रपति पदबाट हटेपछि दर्ज्यानी चिन्ह बिनाका रुसी सेनाले क्रिमियाको रणनीतिक स्थान तथा पूर्वाधारमा नियन्त्रण लिएका थिए।

    सन् २०१४ मार्च १ मा रुसको सङ्घीय परिषदले सर्वसम्मतिले रुसी राष्ट्रपति भ्लादिमिर पुतिनलाई युक्रेनमा रहेको सैन्य बलको प्रयोग गर्न संकल्प प्रस्ताव पारित गरेको थियो।

    यो प्रस्ताव पछि "क्रिमियाको फिर्ती" रुसी सैन्य कारबाही भएको थियो। जनमत सङ्ग्रह पछि रुसले क्रिमियाको विलय गराएको थियो। रुसको यो कदमलाई निकै आलोचना गरिएको थियो। यो जनमत सङ्ग्रह रुसले आयोजना गरेको थियो जसमा क्रिमिया स्वायत्त गणतन्त्रका जनताले रुसी महासङ्घमा जोडिने प्रस्तावमा मतदान गरेका थिए।

    अप्रिलमा युक्रेनको दोनबास क्षेत्रमा रहेका रुस-समर्थक समूहको प्रदर्शन पछि युक्रेन सरकार र रुस-समर्थक पृथकतावादी बीच युद्ध चर्किएको थियो। उनीहरूले आफ्नो स्वतन्त्रता घोषणा गरेका थिए। अगस्टमा रुसी सैन्य दोनेक्स क्षेत्रका कयौँ स्थानमा सिमापार गरेका थिए। सेप्टेम्बरको प्ररम्भमा भएको युक्रेनी बलको पराजयको कारण यही रुसी सैन्यको कदम देखिन्छ।

    अन्तर्राष्ट्रिय समुदायका अधिकांश सदस्य र एमनेस्टी इन्टरनेसनल जस्ता सङ्गठनले युक्रेनमामा २०१४ को क्रान्ति पछि भएको रुसी कदमको निन्दा गरेका छन्। उनीहरूले रुसले अन्तर्राष्ट्रिय कानुन तोडेको तथा युक्रेनको सार्वभौमिकतालाई उल्लङ्घन गरेको आरोप लगाएका छन्। धेरै देशले रुस, रुसी व्यक्ति वा कम्पनी माथि प्रतिबन्ध लगाएका छन्।

    २०१५ अक्टोबर मा "द वासिङटन पोस्ट"ले रुसले आफ्नो केही सैन्य एकाइलाई युक्रेनबाट सिरियामा राष्ट्रपति बसर अल असदको सहायताको लागि परिचालन गरेको जनाएका थिए। २०१५ डिसेम्बरमा, रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले रुसी सैन्य गुप्तचर अधिकारी युक्रेनमा काम गरिरहेको स्वीकार गरेका थिए, यद्यपि उनीहरू नियमित सेनाको हिस्सा नभएको कुरा पनि उनले बताएका थिए। २०१९ फेब्रअरि सम्म, युक्रेनको ७% भूभाग बाहिरी नियन्त्रणमा रहेको छ।

    पृष्ठभूमि

    सन् १९५४ मा सोभियत प्रधानमन्त्री निकिता ख्रुश्चेभले रूसी/सोभियत कृष्ण सागर जहाजी सेनाको केन्द्र रहेको क्रिमियालाई रूसीगणराज्यबाट युक्रेनी गणराज्यमा स्थानान्तरण गरेका थिए। त्यतिबेला यो घटनालाई खासै महत्वका साथ हेरिएको थिएन, किनकि दुबै गणराज्य सोभियत सङ्घको एक भाग थिए र दुवै गणराज्य मस्कोको सरकार प्रति उत्तरदायी थिए। सोभियत सङ्घको विघटन हुनु अघि, जनमत सङ्ग्रह पछि सन् १९९१ मा क्रिमियको स्वायत्तता पुन: स्थापित भएको थियो।

    सन् १९९१ देखि एक स्वतन्त्र देश भएतापनि, रुसले युक्रेनलाई पूर्व सोभियत गणतन्त्रको रूपमा, आफ्नो प्रभावको क्षेत्रको रूपमा मानेको छ। युलियन चिफु र उनका सह-लेखकहरू "युक्रेनको सम्बन्धमा, रुसले  ब्रेज्नेभ सिद्धान्तको "सीमित सार्वभौमिकता"को आधुनिक संस्करणको अनुसरण गर्दछ", जस अनुसार युक्रेनको सार्वभौमसत्ता वार्सा सम्झौता भन्दा ठूलो हुन सक्दैन भनेर बताउँछ। यो दावी रुसी नेताहरूको "युक्रेनलाई नाटोमा सम्भावित मिलनले रुसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्छ। " भन्ने भनाइमा आधारित छ।

    सन् १९९१ मा सोभियत संघको बिखण्डन पछि, युक्रेन र रुस दुबैले एक दशकसम्म घनिष्ठ सम्बन्ध कायम राखे। १९९४ डिसेम्बरमा रुसले युक्रेनको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रता विरुद्धको धम्की वा बल प्रयोग विरुद्ध आश्वासन गरेपछिक युक्रेनले आणविक हातीयार त्याग्ने बुडापेस्ट ज्ञापनपत्रमा हस्ताक्षर गर्‍यो । रूस १९९९ मा भएको युरोपेली सुरक्षाको लागि बडापत्रको हस्ताक्षरकर्ताहरू मध्ये एक थियो, जस अनुसार "प्रत्येक सहभागी राज्यको गठबन्धनका सन्धिहरू लगायतका सुरक्षा प्रबन्धहरू छनौट गर्न वा परिवर्तन गर्न स्वतन्त्र हुने अन्तर्निहित अधिकारलाई मन्जुरी गरेको थियो"; यो दुवै सम्झौता २०१४ मा बेकार साबित भए।

    क्रिमिया

    क्रिमियालाई गाभ्ने रुसको निर्णय २० फेब्रुअरी २०१४ मा भएको थियो। २२ र २३ फेब्रुअरीमा, रूसी सेना र विशेष बलहरू नोभोरोसिस्क हुँदै क्रिमियामा प्रवेश गर्न थाले। २७ फेब्रुअरीमा, कुनै चिन्ह नभएका रूसी सेनाहरूले क्रिमिया प्रायद्वीपलाईइ नियन्त्रणमा लिन थाले।   तिनीहरूले रणनीतिक स्थानहरू नियन्त्रण गरे र क्रामिया संसद कब्जा गरे र रूसी झण्डा फहराए। क्रिमियन प्रायद्वीपलाई युक्रेनको बाँकी भागबाट काट्न र त्यस क्षेत्र भित्र आवागमन प्रतिबन्ध गर्न सुरक्षा चौकीहरू प्रयोग गरिएको थियो। त्यसपछिका दिनहरूमा, रूसी सैनिकहरूले प्रमुख एयरपोर्टहरू र सञ्चार केन्द्रहरू नियन्त्रण गरे। साइबर युद्धको रुपमा युक्रेनी सरकारका आधिकारिक वेबसाइटहरू, समाचार मिडिया, साथै सामाजिक सञ्जालहरू बन्द हुन गए। साइबर आक्रमणबाट युक्रेनी अधिकारीहरू र संसदका सदस्यहरूको मोबाइल फोन डिसेबल भए वा फोनभित्र एक्सेस प्राप्त गरे।

    १ मार्चमा, रुसी व्यवस्थापिकाले सशस्त्र सेनाको प्रयोगलाई अनुमोदन गर्‍यो, जसले गर्दा प्रायद्वीपमा रूसी सेना र सैन्य सामग्रीको आगमन मान्य भयो। त्यसपछिका दिनहरूमा, दक्षिणी नौसेना बेस सहित सबै बाँकी युक्रेनी सैन्य अड्डा र अ खडाहरू घेराबन्दी गरिए। रुसले १८ मार्चमा प्रायद्वीपलाई औपचारिक रूपमा विलय गरेपछि, युक्रेनी सैन्य अड्डाहरू र जहाजहरू रूसी सेनाले नियन्त्रणमा लियो। २४ मार्चमा, युक्रेनले सेना फिर्ता गर्न आदेश दियो; मार्च ३० सम्ममा सबै युक्रेनी सेनाहरूले प्रायद्वीप छछोडे ।

    २०१९

    रुस-युक्रेन युद्ध 
    रुसी राष्ट्रपति भ्लादिमिर पुतिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की, पेरिस, फ्रान्स, डिसेम्बर २०१९ मा  

    सन् २०१९ मा युक्रेनी सरकारी सेना र रुसी समर्थित पृथकतावादीहरूबीचको द्वन्द्वमा ११० भन्दा बढी युक्रेनी सैनिक मारिएका थिए।

    मे २०१९ मा, नवनिर्वाचित युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले डोनबासमा युद्ध अन्त्य गर्ने वाचा गर्दै पदभार ग्रहण गरे।

    बन्दी साटासाट

    डिसेम्बर २०१९ मा, युक्रेन र रुस समर्थक पृथकतावादीहरूले युद्धका बन्दीलाई साटासाट गर्न थाले। २९ डिसेम्बर २०१९ मा लगभग २०० जना बन्दीहरू साटासाट गरियो।

    २०२०

    युक्रेनी अधिकारीहरुका अनुसार सन् २०२० मा युक्रेनी सरकारी सेना र रुस समर्थित पृथकतावादीहरुबीचको द्वन्द्वमा ५० युक्रेनी सैनिक मारिएका थिए ।

    २०२१

    सेप्टेम्बर २०२१ मा, युक्रेनले नेटो सेनासँग सैन्य अभ्यास गर्यो। क्रेमलिनले युक्रेनमा सैन्य पूर्वाधार विस्तारले नाटोले  "रातो रेखा" पार नगर्न चेतावनी दियो।  .

    नोभेम्बर २०२१ मा, रुसी रक्षा मन्त्रालयले कालो सागरमा अमेरिकी युद्धपोत तैनाथलाई "क्षेत्रीय सुरक्षा र रणनीतिक स्थायित्वका लागि खतरा" भनेर वर्णन गरेको थियो।

    १३ नोभेम्बरमा, युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले "रूसले सीमा क्षेत्रमा फेरि १००,००० सेनाहरू जम्मा गरेको " घोषणा गरे। नोभेम्बरको सुरुवातमा, अमेरिकी अधिकारीहरूले युरोपेली युनियनलाई युक्रेनमाथी रुअस्को सम्भावित आक्रमण बारे सचेत गरायो। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले युक्रेनमा सम्भावित आक्रमणको तयारी गरिरहेको आरोप अस्वीकार गरेका छन्। उनले युक्रेनलाई "दोनबास विरुद्ध आक्रामक कारबाही गर्ने योजना बनाएको" आरोप लगाए। पेस्कोभले नाटोलाई रुसको सिमाना नजिक "सैन्य मुट्ठी केन्द्रित गर्न" र युक्रेनलाई आधुनिक हतियारहरू प्रयोग बन्द गर्न आग्रह गरे।  

    २६ नोभेम्बरमा राष्ट्रपति जेलेन्स्कीले रुसले आफ्नो सरकार गिराउने योजनालाई समर्थन गरेको आरोप लगाए। रुसले उनको आरोप अस्वीकार गर्‍यो।  

    यो पनि हेर्नुहोस्

    सन्दर्भ सामग्रीहरू

    बाह्य कडीहरू


    Tags:

    रुस-युक्रेन युद्ध पृष्ठभूमिरुस-युक्रेन युद्ध क्रिमियारुस-युक्रेन युद्ध यो पनि हेर्नुहोस्रुस-युक्रेन युद्ध सन्दर्भ सामग्रीहरूरुस-युक्रेन युद्ध बाह्य कडीहरूरुस-युक्रेन युद्धयुक्रेनयुक्रेनी भाषायुद्ध

    🔥 Trending searches on Wiki नेपाली:

    लमजुङ जिल्लामुद्राआँकराशि-चक्रदाङ जिल्लाचेपाङ जातिसयौँ थुङ्गा फूलका हामीभवानी भिक्षुवासलातभक्तपुर दरबार क्षेत्रगोरखा जिल्लानेपालको पत्रकारिताको इतिहासनेपालको भूगोलनेपालका अञ्चलहरूरेखा थापाअङ्कनेपाल कम्युनिस्ट पार्टी (विप्लव)गर्ग गोत्रकम्प्युटर हार्डवेयरमौलाकालिका मन्दिरमदन भण्डारीसम्भोगसूर्य (देवता)इलाम नगरपालिकानेपालका परम्परागत बाजाहरूको सूचीलुम्बिनीसूचना प्रविधितिहारनेपालमा रहेका विभिन्न देशका दूतावासहरूऋग्वेदसिद्धिचरण श्रेष्ठभैरव अर्यालतत्समजापानगाईजात्रानेपाल रेल्वेरामायणबागमती नदीमहाभारत पर्वत शृङ्खलाकुमाल जातिजाजरकोट भूकम्प, २०८०मगर भाषाचीननुवाकोट जिल्लामुख्यमन्त्री (नेपाल)आन्तरिक नियन्त्रण प्रणालीप्रतिनिधि सभा निर्वाचन, २०७९मोतीराम भट्टअर्थशास्त्रसन्दुक रुइतसर्लाही जिल्लानेपालको लोकतन्त्र दिवसक्रिस्टियानो रोनाल्डोसार्वभौमसत्ताउदारवादवडा कार्यालय (नेपाल)नेपाल सम्वत्मुकेश अम्बानीनाइल नदीसन ह्युङ-मिनमानव अधिकारशिक्षासार्क शिखर सम्मेलनको सूचीफेसबुकआङ सान सुकीपृथ्वीको वायुमण्डलशौनक गोत्रइसाई धर्मछन्दमहालेखा नियन्त्रकको कार्यालयशैव सम्प्रदायस्नातक तहराष्ट्रिय गौरवका आयोजनाधर्मो रक्षति रक्षितःनेपालका प्रमुख नदीहरूको सूचीबाँके जिल्लालेखा प्रणाली🡆 More