सिन्धुली जिल्ला

सिन्धुली नेपालको ] , साबिक जनकपुर अञ्चलमा अवस्थित एक जिल्ला हो। यो जिल्ला नेपालको भित्री मधेसमा पर्दछ। राजधानीबाट नवनिर्मित बिपी राजमार्ग को बाटो यो जिल्ला छिचोल्न १८५ किलोमिटर यात्रा गर्नु पर्छ। यो राजमार्ग नहुँदा तराई हुँदै सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पुग्न लगभग ४०० किलोमिटर यात्रा पार गर्नु पर्दथ्यो।

सिन्धुली जिल्ला

जिल्लाको नामाकरण

सिन्धुली जिल्लाको नामाकरणमा विभिन्न प्रसगंहरू जोडिएका छन्, जसमध्ये केही प्रसंगहरू तल प्रस्तुत गरिएका छन्;

  • नेपालको एकीकरण भन्दा पूर्व सिन्धुली जिल्ला विशाल मकवानी राज्यमा पर्दथ्यो। मकवानी शासकहरूमा राघव नरेन्द्र सेन मकवानपुर राज्यमा वि.सं. १५३० मा राजा थिए। यी राजा भगवान श्रीरामका परम भक्त भएकाले आफूलाई सिन्धुल उपनामले परिचित गराएका थिए। पछि यिनै राजाको नामवाट यो वस्तिको नाम सिन्धुली जिल्ला रहन गएको हो।
  • सिन्धुली जिल्लाको सदरमुकामबाट करिव ११ किलोमिटरको दूरीमा समुद्री सतहबाट १,०७७ मिटरको उचाईमा सिद्धवावा मन्दिर छ। सिन्धुली सदरमुकामको वरपरका क्षेत्रलाई यही मन्दिरको नामबाट सिद्धस्थली पनि भनेर पुकारिन्छ। सिद्धस्थली भन्ने शब्द नै पछि अपभ्रंस भई सिन्धुली भएको हो भन्ने पनि भनाई छ।
  • यस क्षेत्रमा परापूर्व कालमा सिन्धुल भन्ने राजाले राज्य गरेको हुनाले यीनै राजाको नामबाट सिन्धुली रहन गएको हो।सितामाढी लगायत मधेसबाट सिन्धुलीमाढी हुँदै रामेछाप, दोलखा, वनेपा, भक्तपुर हुँदै काठमाडौँसम्म जानेवाटो एउटा प्रचलित मार्ग थियो। यही मार्गको विचमा हालको भद्रकाली गा.वि.स.को सिउरानी भन्ने स्थानबाट खुर्कोट निस्कनलाई सुरूङ्ग थियो जसलाई सुन्दुरी पनि भनिन्थ्यो पछि यही सुन्दुरी भन्ने शब्द सिन्धुली भएको हो भन्ने बुझिन्छ।
  • सिन्धुली जिल्लामा अहिले विभिन्न जाती तथा जनजातिहरूको वसोवास रहेतापनि आदिमकालमा यहाँ तामाङहरू बस्दथे। परापूर्व कालदेखि नै घनाजंगलले घेरिएको जिल्ला भएकोले यस ठाँउमा काठ, दाउरा गर्ने काम यहाँका आदीवासी तामाङहरूको दिनचर्या भएको अनुमान गर्न सकिन्छ। दाउरा वा काठ काट्नुलाई तामाङहरू सिङथुवा भन्दछन र दाउरा टिप्यो ?लाईसिङथुजी शब्द अपभ्रंस भएर सिन्धुली भएको हो भन्ने पनि अनुमान गर्न सकिन्छ।
  • २००७ साल अघि सम्म पूर्व २ नम्बर भनेर चिनिने यस जिल्लाको नाम सिन्धुली नै किन रहयो भन्ने सम्बन्धमा यकिन तथ्यहरू भेटिएका छैनन। एक जनश्रुति अनुसार प्राचिन समयमा यस क्षेत्रमा राज्य गर्ने सिन्धुल राजाको नामबाट नै यस जिल्लाको सिन्धुली रहन गएको हो।
  • अर्को एक भनाई अनुसार परापूर्व कालमा यो जिल्ला मकवानपुर राज्यमा पर्दथ्यो, त्यहाँ सेन वंशीय राजाहरूको शासन थियो। त्यस क्षेत्रका ती शासक वा राजाका भारदारहरूको शिकार क्षेत्र सिन्धुली खोंच भएको हुँदा प्रायसः ती राजाको माछा मार्ने ठाउँ त्यो थियो। रैथाने देवास राई जातिको बोलीचालीमा माछा मार्ने खोलामा बनाइने सानो ठाउँलाई 'दुवाली' भानिन्छ। स्थानीय बोलीमा सेनहरूले माछा मर्ने दुवाली वा छिटो बोल्दा सेनको दुवाली अथवा सेनदुवाली (सेन + दुवाली), सेनदुली हुँदै अपभ्रंस हुँदै सिन्धुली भएको हो। सिन्धुली का एक जना साहित्यकार स्व. उमानाथ शास्त्री ज्युको प्रख्यात महकाब्य 'मकवानिबाला 'मा यो कुरालाईउल्लेख गरिएको पाइन्छ।

भौगोलिक अवस्थिति

  • अक्षांस:-२६ डिग्री ५५" देखि २७ डिग्री २२" उत्तर
  • देशान्तर:- ८५ डिग्री १५" देखि ८६ डिग्री २५" पूर्व
  • कुल क्षेत्रफल:- २,४९१ वर्ग किलोमिटर

यस जिल्ला अन्तर्गत रहेका स्थानीय तहहरु र केन्द्रको विवरणः

१. कमलामाई नगरपालिका – सिन्धुलीमाढी

२. दुधौली नगरपालिका – दुधौली

३. तीनपाटन गाउँपालिका – लाम्पन्टार

४. हरिहरपुरगढी गाउँपालिका – झनझने

५. सुनकोशी गाउँपालिका – रामटार

६. गोलान्जोर गाउँपालिका – ग्वाल्टार

७. मरिण गाउँपालिका – कपिलाकोट

८. घ्याङलेख गाउँपालिका – हायुटार

९. फिक्कल गाउँपालिका – खाङसाङ

जिल्लाको सिमाना

सिन्धुली जिल्लाका मन्दिरहरू

कालीमाई मन्दिर

कमलामाई नगरपालिका वडा नं. ४ अवस्थित हिन्दूधर्मालम्वीहरूको आस्था र शक्तिकी प्रतिक श्री कालीमाई मन्दिर पूर्वमा ग्वाङखोला, पश्चिममा हरियाली वनजंगलले ढाकेको र विचमा रमणिय मधुटार गाउँको अवलोकन गर्न सकिन्छ। कालिमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ। यस मन्दिरमा माघे सङ्क्रान्तिको पर्वमा भब्यमेला लाग्ने गर्दछ। यहाँ हजारौ नरनारीहरू आएर आ–आफ्नो मनोकाङ्क्षा पूरा गर्नको लागि पूजा आराधना गरी परेवा तथा कुखुराको वलि चढाउने गर्दछन्। राणाशासन कालमा सेनाको एक टुकडि आएर पहिला कालिमाईलाई र त्यसपछि कमलामाईलाई सलामी दिने गरेको उदाहरण विभिन्न लेख रचनाहरूमा उल्लेख गरेको पाइन्छ। दिलिपकुमार थापा द्वारा लिखित “सिन्धुलीको धार्मिक तथा ऐतिहासिक झलक” नामक पुस्तकमा उल्लेख गरिए अनुसार सिन्धुली गढीका तत्कालिन बडाहाकीम मिन्टुजङ्ग राणाले कालिमाइलाई सलामि दिनु पर्दैन श्री कमलामाईलाई मात्र गएर सलामी दिए हुन्छ भनेर सेनालाई आदेश दिएर कमलामाईको मन्दिरतर्फ बढ्न थालेपछि एक्कारी बडा हाकिम समेतका सेनाहरू थरथर काम्नथाले पछि अहो ! वित्यास म-यो श्री कमलामाईलाई सलामि नदिएर पो यस्तो भएको हो कि ? जाऊँ फर्केर भनि कालीमाईको मन्दिरमा आइपुग्नासाथ बेहोस भएछन। तत्कालिन पूजारीले श्री कालीमाईको स्तुति पुकारापात गरेपछि बडाहाकिम समेत होसमा आई सैनिकहरूले विधिपूर्वक श्रीइ कालीमाइलाई सलामी दिएर कमलामाइको मन्दिर तर्फ गएको भनाई उल्लेख गरेका छन्। हाल सम्म पनि भक्तजनहरू पहिला कालिकामाईको पूजा आराधना गरेर मात्र कमलामाईलाईको दर्शन गर्न जान्छन्।

यस कालिकामाई मन्दिरको स्थापना कहिले र कसले स्थापना गर्यो भन्नेबारे हाल सम्म कुनै अभिलेख प्राप्त भएको छैन। शक्तिकी प्रतिक जगनजननी श्री कालीमाईको भक्तिभावले पूजाआराधना गर्नाले आफ्नो मनोकांक्षा पूराहुने र शक्ति प्राप्त हुने जनआस्था र विश्वास हालसम्म पनि उत्तिकै रहि आएको पाइन्छ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

बाह्य कडीहरू

Tags:

सिन्धुली जिल्ला जिल्लाको नामाकरणसिन्धुली जिल्ला भौगोलिक अवस्थितिसिन्धुली जिल्ला यस जिल्ला अन्तर्गत रहेका स्थानीय तहहरु र केन्द्रको विवरणःसिन्धुली जिल्ला जिल्लाको सिमानासिन्धुली जिल्ला का मन्दिरहरूसिन्धुली जिल्ला सन्दर्भ सामग्रीहरूसिन्धुली जिल्ला यो पनि हेर्नुहोससिन्धुली जिल्ला बाह्य कडीहरूसिन्धुली जिल्लाजनकपुर अञ्चलनेपालबिपी राजमार्ग

🔥 Trending searches on Wiki नेपाली:

नेपालका विश्वविद्यालयहरूको सूचीविद्यादेवी भण्डारीबज्रयोगिनी मन्दिरऊर्जानेपालका संरक्षित क्षेत्रहरूको सूचीस्थानीय व्यवस्थापिकाथापानेपालका राजनीतिक दलहरूको सूचीनीति शाहन्यायिक समितिचन्द्रमाकालिञ्चोक भगवतीनारायणगोपाल गुरूवाचार्यसुर्खेत जिल्लाजिल्ला मालपोत कार्यालयदासप्रथाजङ्गलमानव विकास अर्थशास्त्रखड्गप्रसाद ओलीपारिस्थितिक प्रणालीनेपाली भाषाजनकपुरधाम उपमहानगरपालिकानवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाहनुमान ढोकानेपालका हिमालहरूको सूचीभावनाबजारशास्त्रनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)पोखरा महानगरपालिकाचार्वाक दर्शनसौर्यमण्डलबौद्धनाथनेपालको झन्डाकतारसल्यान जिल्लापृथ्वीहिन्दु धर्मक्षेत्रफलसिंहदरबारकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)विवाह संस्कारनेपाल-भारत सम्बन्धश्रेष्ठऋतुरोकायाभ्रष्टाचारभौतिक विज्ञानध्रुवचन्द्र गौतमनेपाल सशस्त्र प्रहरी बलदोहोरो लेखा प्रणालीनुवाकोट जिल्लातराईकुलदेवताचराआसियानगाउँ विकास समिति (नेपाल)राष्ट्रिय सभा (नेपाल)मगर भाषामारुनी नाचनेपालमा भूकम्पको इतिहासझोला (चलचित्र)गर्भपतनरघुबीर महासेठमहासागरनविकरणीय उर्जाछन्दहलोचूडाकर्म संस्कारनर्मदा जिल्लानामकरण संस्कारगाउँखाने कथानेपाली परम्परागत नापका इकाईरामायणमुलुकी ऐन🡆 More