विद्यादेवी भण्डारी: नेपालको राष्ट्रपति

विद्यादेवी भण्डारी (जन्म: वि.सं.

२०१८ असार ५) नेपालको दोस्रो राष्ट्रपतिको रूपमा सेवा गर्ने एक नेपाली राजनीतिज्ञ हुन्। उनले यसअघि रक्षामन्त्रीवातावरण तथा जनसङ्ख्या मन्त्रीको रूपमा सेवा गरिन्। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन्। उनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। उनलाई विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले वर्ष २०१६ का शक्तिशाली महिलाहरू मध्ये ५२औँ स्थानमा सूचिकृत गरेको थियो।

विद्या देवी भण्डारी
विद्यादेवी भण्डारी: सुरुवाती जीवनी, राजनितिक जीवन, वैवाहिक जीवन
भण्डारी संयुक्त राष्ट्रसंघमा
नेपालको दोस्रो राष्ट्रपति
कार्यकाल
वि.सं. २०७२ कार्तिक ११ – वि.सं. २०७९ फागुन २८
प्रधानमन्त्री
उपराष्ट्रपति
पूर्वाधिकारीरामवरण यादव
उतराधिकारीरामचन्द्र पौडेल
रक्षा मन्त्रालय
कार्यकाल
वि.सं. २०६६ जेठ ११ – वि.सं. २०६७ माघ २३
राष्ट्रपतिरामवरण यादव
प्रधानमन्त्रीमाधव कुमार नेपाल
पूर्वाधिकारीरामबहादुर थापा
उतराधिकारीविजयकुमार गच्छदार
वातावरण तथा जनसङ्ख्या मन्त्रालय
कार्यकाल
वि.सं. २०५३ चैत १२ – वि.सं. २०५४ असोज २१
एकाधिपतिराजा वीरेन्द्र
प्रधानमन्त्रीलोकेन्द्रबहादुर चन्द
प्रतिनिधि सभाको सदस्य
कार्यकाल
वि.सं. २०५० पुस – वि.सं. २०५१ साउन
पूर्वाधिकारीदमननाथ ढुङ्गाना
उतराधिकारीभक्कुप्रसाद सुवेदी
निर्वाचन क्षेत्रकाठमाडौँ २
कार्यकाल
जनवरी १९९४ – अगस्ट १९९४
पूर्वाधिकारीमदन भण्डारी
उतराधिकारीमनमोहन अधिकारी
निर्वाचन क्षेत्रकाठमाडौँ १
व्यक्तिगत विवरण
जन्म (1961-06-19) १९ जुन १९६१ (उमेर ६२)
भोजपुर मनेभञ्ज्याङ नेपाल
राजनीतिक दल
जीवन साथीमदन भण्डारी
सन्तान(हरू)२ उषाकिरण भण्डारी
निशाकुशुम भण्डारी
मातृ शिक्षाप्रतिष्ठानबेहेरेश्वर प्राथमिक विद्यालय भोजपुर
विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल
भोजपुर क्याम्पस, भोजपुर
महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगर (बि.ए.)

सुरुवाती जीवनी

विद्यादेवी भण्डारीको जन्म भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा भएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय भण्डारी वि.सं. २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। उनको वि.सं. २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगत रूपमा विवाह भएको थियो। मदन भण्डारीको वि.सं. २०५० साल जेठ ३ मा विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि यिनी राजनीतिमा पुनः सक्रिय भएकी थिइन्। मदन भण्डारीको निधनपछि रिक्त काठमाडौँ १ मा वि.सं. २०५० सालमै भएको उपनिर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा भण्डारीको परिचय व्यापक हुन पुगेको थियो।

राजनितिक जीवन

भोजपुर क्याम्पसमा कला सङ्कायमा प्रवीणता प्रमाण पत्र तहको अध्ययनको थालनिसगै वि.सं. २०३५ देखि नेकपा मालेको युवा लिगमा सङ्गठित हुँदै विद्याले राजनीतिक जीवनको थालनी गरेकी थिइन्। भण्डारी वि.सं. २०५४ सालमा नेपालगञ्जमा भएको एमालेको छैटौँ महाधिवेशनदेखि एमालेको केन्द्रीय समितिमा रहेर काम गरेकी छन्। करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल महिला सङ्घकी अध्यक्ष छिन्। वि.सं. २०६५ सालमा बुटवलमा भएको आठौँ र काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

भण्डारी वि.सं. २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन्।

वैवाहिक जीवन

मदन भण्डारी सहकर्मी नेता अशोक राईसँग भोजपुर घुम्न जाँदा विद्यासँग पहिलो भेट भएको थियो। पछि विद्या उच्च शिक्षाका लागि विराटनगर गएपछि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस त्यतिबेला राजनीतिको एउटा केन्द्र थियो। मदन भूमिगत राजनीति गरिरहेको समयमा त्यही भूमिगत राजनीतिकै सिलसिलामा विद्या र मदनको सम्बन्ध गहिरिएको थियो। कठोर भूमिगत कालमै वि.सं. २०३९ सालमा विद्या र मदन वैवाहिक बन्धनमा बाँधिएका थिए।

शिक्षा

बेहेरेश्वर प्राथमिक विद्यालय भोजपुरबाट प्राथमिक शिक्षाको शुरुवात गरेकी विद्याले विद्योदय व्यवसायिक सेकेन्डरी स्कुल, भोजपुरबाटै एसएलसी उत्तिर्ण गरिन्। भोजपुर क्याम्पस, भोजपुरमाबाट प्रवीणता प्रमाण पत्रको अध्ययन पुरा गरी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि.ए.अध्ययन गरेकी हुन्।

यो पनि हेर्नुस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

विद्यादेवी भण्डारी सुरुवाती जीवनीविद्यादेवी भण्डारी राजनितिक जीवनविद्यादेवी भण्डारी वैवाहिक जीवनविद्यादेवी भण्डारी शिक्षाविद्यादेवी भण्डारी यो पनि हेर्नुसविद्यादेवी भण्डारी सन्दर्भ सामग्रीहरूविद्यादेवी भण्डारी बाह्य कडीहरूविद्यादेवी भण्डारीनेपालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)फोर्ब्समदन भण्डारीरक्षा मन्त्रालय (नेपाल)वन तथा वातावरण मन्त्रालय (नेपाल)स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)

🔥 Trending searches on Wiki नेपाली:

मनमोहन अधिकारीमस्कोवराहक्षेत्रसत्यमोहन जोशीहुलाक सेवा विभाग, नेपालनेपालमा पर्यटनभाषामहाकाव्यभूमध्यरेखाअङ्ग्रेजी भाषाधनकुटा जिल्लागोरखापत्रबारा जिल्लापुतलीस्थिर लागतनेपाली साहित्यको इतिहासगणतन्त्रहलोपाकिस्तानको प्रधानमन्त्रीपूर्वीय दर्शनचीनदोस्रो विश्व युद्धनेपालको झन्डाभलिबलस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)कतारसंयुक्त अरब इमिरेट्ससाझा पुरस्कारनैतिक दृष्टान्तबराह अवतारनेपाली रुपैयाँघामका पाइलाहरू (उपन्यास)परिवारछुवाछुतमानव संसाधन व्यवस्थापनरगतसिद्धिचरण श्रेष्ठनिजामती सेवाहिमालयचीनको जनवादी क्रान्तिइन्टरस्टेलर (चलचित्र)नेपाल स्काउटनामकरण संस्कारनागरिक लगानी कोषधर्म निरपेक्षताभुईँचालोहनुमान चालीसादैलेख जिल्लामौलिक जरोकिलो पार्टीनिजीकरणराजनीतिक दलनेपालमा भूकम्पको इतिहासतानसेन नगरपालिकाहमासइलाम नगरपालिकाकोदोवित्तीय विवरणहरूशुक्रराज शास्त्रीसिन्धु घाटीको सभ्यतानेपालका विकास क्षेत्रहरूटिकटकआकाशमकवानपुर जिल्लाललितपुर महानगरपालिकासूर्यहेपाटाइटिस बीरस (काव्य शास्त्र)सल्यान जिल्लारत्ननगर नगरपालिकापोखरा महानगरपालिकापूँजीवादधतुरोबालश्रमरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो🡆 More