नेपालमा भूकम्पको इतिहास

नेपालको इतिहासमा अभिलिखित वि.सं.

१८९० साल भदौ १२ गते, १९९० साल माघ २ गते २०४५ साल भदौ ५ गते र २०७२ वैशाख १२ गतेको भूकम्पलाई नेपालमा भएका भूकम्पमध्ये ठूलो र विनाशकारी मानिन्छन् । नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । भर्खरै जाजरकोट जिल्लामा गएको भूकम्पले पनि धनजनको क्षति पुगेको छ।

१२१८ को भूकम्प

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो मल्ल

१३१६ को भूकम्प

यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्‍याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

१४६५ को भूकम्प

करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।

१७३७ देखिका भूकम्प

नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौँललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।

१८९० देखि गएका भूकम्प

वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।

१९९० को भूकम्प

नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौँ उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

मिति विवरण न खुलेको

यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।

२०४५ को भूकम्प

हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६.७ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।

२०६८ को भूकम्प

यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।

२०७२ को भूकम्प

२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए । र यो भूकम्प ७. ८ रेक्टरको भूकम्प गएको थियो।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस

Tags:

नेपालमा भूकम्पको इतिहास १२१८ को भूकम्पनेपालमा भूकम्पको इतिहास १३१६ को भूकम्पनेपालमा भूकम्पको इतिहास १४६५ को भूकम्पनेपालमा भूकम्पको इतिहास १७३७ देखिका भूकम्पनेपालमा भूकम्पको इतिहास १८९० देखि गएका भूकम्पनेपालमा भूकम्पको इतिहास १९९० को भूकम्पनेपालमा भूकम्पको इतिहास मिति विवरण न खुलेकोनेपालमा भूकम्पको इतिहास २०४५ को भूकम्पनेपालमा भूकम्पको इतिहास २०६८ को भूकम्पनेपालमा भूकम्पको इतिहास २०७२ को भूकम्पनेपालमा भूकम्पको इतिहास सन्दर्भ सामग्रीहरूनेपालमा भूकम्पको इतिहास यो पनि हेर्नुहोसनेपालमा भूकम्पको इतिहासभुईँचालो

🔥 Trending searches on Wiki नेपाली:

स्नातक तहनेपालको प्रमाणिक समयविद्युतदोस्रो विश्व युद्धबर्बरनेपाल प्रजा परिषद्विश्व सम्पदा क्षेत्रपहिलो विश्वयुद्धपाकिस्तानको प्रधानमन्त्रीसुशासनढोरबराहि मन्दिरनगर कार्यपालिकाराष्ट्रिय सङ्ग्रहालय, छाउनीशरद ऋतुकतारपरराष्ट्र मन्त्रालय (नेपाल)नेपाली भाषानेपालमा खेलकुदइटहरी उपमहानगरपालिकाटिमुरमूल्य अभिवृद्धि करसंयुक्त राज्य अमेरिकाबझाङ जिल्लासमाचारहिमाली प्रदेश (नेपाल)महासागरनेपाली समालाेचनाकाे आधुनिक कालनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालमा बोलिने भाषाहरूधतुरोअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमलुम्बिनीबझाङ १ (निर्वाचन क्षेत्र)वर्णनेपालको संविधान २०७२छिन्नमस्ता भगवतीरक्तचापभण्डारखाल पर्वस्वरवर्ण र व्यञ्जनवर्णद्वापर युगकार्यालयनातासहरीकरणकुलदेवताबागलुङ जिल्लागणतन्त्र दिवस (नेपाल)तत्समनामकरण संस्कारजनमत सङ्ग्रहपरेवापर्वत जिल्लास्थिर लागतनेपाल आयल निगम लिमिटेडमकवानपुर जिल्लाधनुषा जिल्लासमुद्र विज्ञानश्रीमद्भागवत् पुराणकार्यसम्पादन मूल्याङ्कनजिमेलस्याङ्जा जिल्लावराहक्षेत्रविराट कोहलीगङ्गालाल श्रेष्ठबाइसे राज्यहरूनेपाली परम्परागत नापका इकाईनेपालको सर्वोच्च अदालतराई जातिकपडाफेसबुकशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)जलविद्युत🡆 More