बझाङ जिल्ला नेपालको सुदूरपश्चिम प्रदेशमा अवस्थित एउटा जिल्ला हो। यस जिल्लामा १० गाउँपालिकाहरू र २ नगरपालिकाहरू छन्।
बझाङ जिल्ला | |
---|---|
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
सदरमुकाम | चैनपुर |
सरकार | |
• प्रकार | जिल्ला समन्वय समिति |
• अङ्ग | जिल्ला समन्वय समिति, बझाङ |
क्षेत्रफल | |
• जम्मा | ३,४२२ किमी२ (१३२१ वर्ग माइल) |
जनसङ्ख्या (२०७८) | |
• जम्मा | १८९०९७ |
• घनत्व | ५५/किमी२ (१४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
भाषाहरू | नेपाली |
यस जिल्लाको नाम कसरी बझाङ रह्यो भन्ने सम्बन्धमा ऐतिहासिक रोचक कथाहरू छन। एक मान्यता अनुसार बझाङ्गी राजाका पूर्वज रावल तथा सिंहहरूले रानाकोट चौधारी तथा ब्यासी गाविसमा पर्ने एउटा शिखरमा दरवारकोट बनाउने क्रममा त्यहाँ एउटा कालो चिल्लो दर्शनीय शिलाढुङ्गा फेला परेछ। उक्त शिलालाई त्यस कोटबाट तल खोलामा फ्याँक्दा बारम्बार साविककै ठाउमा आएर बसेको देखेपछि राजाले उक्त शिलालाई कालभैरबको रूपमा स्थापित गरी पूजा गरे। अति अग्लो उक्त कोटमा कालान्तरमा चट्याङबाट बज्र परेछ। तर कालभैरबको प्रभावले उक्त वज्र प्रभावहीन भई दरबारमा कुनै क्षति नपुगेकोले त्यस ठाँउलाई बज्रङ्ग भनिएछ। कालान्तर पछि उक्त शब्द अपभ्रंस भै बझाङ हुन गएको हो भन्ने मान्यता भए पनि वास्तविक तथ्यको आधार र पौराणिक धार्मिक मान्यता अनुसार तारकासुर (ताडकासुर) को स्थानीय नाम मष्ट(मष्टो) हो। मष्टो मध्ये सबै भन्दा जेठो मष्ट/मष्टो डंडारमष्टो को जन्म स्थान बझाङ जिल्लाको भाते खोला हो। वर्तमान मष्ट /मष्टो भनिनेको प्राचीन नाम तारकासुर(ताडकासुर) का बाबुको नाम बज्रांग को अपभ्रंसबाट बझाङ्ग जिल्लाको नाम रहेको हो
बझाङको पूर्वमा वाजुरा र हुम्ला जिल्ला, पश्चिममा वैतडी र दार्चुला जिल्ला, उत्तरमा हुम्ला जिल्ला र चीनको स्वाशासित क्षेत्र तिब्बत, दक्षिणमा वैतडी र डोटी जिल्ला अवस्थित छन्। कूल क्षेत्रफल ३४२२ वर्ग किलोमिटर भएको यस जिल्लामा २ वटा संसदीय निर्वाचन क्षेत्र, ११ वटा इलाका क्षेत्र तथा ४७ वटा गाविस रहेका छन्। जम्मा १६७०२६ जनसङ्ख्या भएको यस जिल्लामा सरदर परिवार सङ्ख्या ५.८ छ भने जनघनत्व प्रति वर्ग किमी ४५ रहेको छ। यस जिल्लाको शैक्षिक स्थिति नियाल्दा प्रा.वि. २८२, नि.मा.वि ५५, मा.वि. ३९, उ.मा.वि. २५, क्याम्पस ५, निजीस्रोत विद्यालय ३२ तथा इङ्गलिस वोडिङ्ग स्कूल ५ रहेका छन्। यस जिल्लाको साक्षारता दर ३९ प्रतिशत छ भने वाषिर्क प्रतिव्यक्ति आय रु.४९३० रहेको छ। यहाँ ठाउँ अनुसार मस्टो का विभिन्न रुप, विभिन्न भवानि र केदार (महादेव को सर्बोच्च रुप) लाई आ-आफ्नो कुल देवता मान्ने गरिन्छ।
जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये दुई सहरी नगरपालिका र १० गाउँपालिका छन्।
स्थानीय तह | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या |
---|---|---|---|
जयपृथ्वी नगरपालिका | ११ | चैनपुर | २२,१९१ |
बुङ्गल नगरपालिका | ११ | खिरातडी | ३३,२२४ |
तलकोट गाउँपालिका | ७ | मेलविसौनी | ११,५५७ |
खप्तडछान्ना गाउँपालिका | ७ | माझीगाउ | १५,८९३ |
थलारा गाउँपालिका | ९ | कोटभैरव | १७,९५२ |
बित्थडचिर गाउँपालिका | ९ | देउलेख | १७,१५४ |
सूर्मा गाउँपालिका | ५ | देउलीचौर | ९,०२२ |
छबिसपाथिभेरा गाउँपालिका | ७ | व्याँसी | १६,२९६ |
दुर्गाथली गाउँपालिका | ७ | चौधारी | १२,९७२ |
मष्टा गाउँपालिका | ७ | भातेखोला | १४,९५१ |
केदारस्युँ गाउँपालिका | ९ | रायल | २१,३०७ |
साईपाल गाउँपालिका | ५ | काँडा | २,१८२ |
This article uses material from the Wikipedia नेपाली article बझाङ जिल्ला, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.