मनकामना मन्दिर

मनकामना मन्दिर गोरखाको एक महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ। दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यो मन्दिर को पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ। पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराय पछि यहिं आएर लखन थापा मगरले देवि लाई बलि भेट गरेको थाह पाइन्छ।

मनकामना मन्दिर
मनकामना मन्दिर
वि.स. २०७२ सालको महाभुकम्प पछि पुननिर्माण गरिएको मनकामना मन्दिर ।
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
देवतादुर्गा भगवती
जिल्लागोरखा जिल्ला
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा

ठेगाना

मनकामना मन्दिर, गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहुँको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य देख्न सकिन्छ ।

कसरी जाने

केबुलकारबाट ११ मिनेटमै मनकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनकामना पुग्छन्। साथै आबु खैरेनिबाट गोरखा तर्फ अबुवा भन्ने ठाँउबाट मनकामनासम्म मोटर बाटो पुगेको हुदा मोटरबाट पनि जान सकिन्छ। अबुवाबाट लुदिखोला,बेलबोटे, खहरेगाउ, भोगटेनी, गाल्धुक हुदै ढाडबारी बसपार्क पुगिन्छ। सुन्तला बगैचाको बिचमा रहेको बसपार्कबाट मन्दिरमा पुग्न ५ मिनेट लाग्छ। हाल् आएर त्यो मोटरबाटो मनकामना केबलकार नजीकै पुगेको हुदा २ मिनेटमा नै पुग्न सकिन्छ।

सन्दर्भ सामग्री

Tags:

अष्टमीगोरखा जिल्लादसैँदेविपृथ्वीनारायण शाहमगर जातिराम शाहशक्तिपीठ

🔥 Trending searches on Wiki नेपाली:

जनसाङ्ख्यिकीय लाभांशबालश्रमछुवाछुतनेपालका सहिदहरूगर्भपतनइलाम २ (निर्वाचन क्षेत्र)बुढासुब्बा मन्दिरसाकेला नाचललितपुर जिल्लालोकतन्त्रराष्ट्रिय सभा (नेपाल)नेपालको पञ्चवर्षीय योजनानेपालका प्राकृतिक सम्पदाहरूको सूचीपाथीभरा देवी (ताप्लेजुङ)नेपालमा भ्रष्टाचारसंयुक्त राज्य अमेरिकात्रिभुवन वीरविक्रम शाहप्रतिव्यक्ति आयडिजिटल साक्षरताप्राथमिक उपचारनेपाल प्रहरीऔद्योगिक क्रान्तिइटालीविकिपिडियाआत्रेय गोत्रप्राइभेट लिमिटेड कम्पनीश्रीकृष्ण श्रेष्ठनेपाली परम्परागत नापका इकाईमाध्यमिक विद्यालयपाटन दरवारजङ्गलनेपालका जातिहरूफिफासिन्धुली जिल्लाप्रतिनिधि सभा (नेपाल)रामप्रसाद ज्ञवालीविस्तृत शान्ति सम्झौतारुसखस ब्राह्मणगणतन्त्र दिवस (नेपाल)नेपाल टेलिभिजनमलेसियाकृषि विकास बैंकमदन भण्डारी राजमार्गइलाम नगरपालिकानवलपरासी जिल्लापानीशार्दूलविक्रीडित छन्दअधिकारलागत लेखाविधिआँखानेपालका हिन्दू मन्दिरहरूको सूचीश्राद्धगोपालप्रसाद रिमालनेपालको राष्ट्रपतिस्थानीय तहसिन्धुपाल्चोक जिल्लानेपाल सशस्त्र प्रहरी बलप्रजननदरअन्तर्राष्ट्रिय तिथि रेखानेपालका राजनीतिक दलहरूको सूचीदराजओलाङ्चुङ गोलासूर्यसुपादेउराली मन्दिरविद्यालयकार्ल मार्क्सदशरथ चन्दकाजुएचटिएमएलमहिनादूरसञ्चारहात्ती🡆 More