नेपालका जातिहरू:

नेपालका जातिहरूको विभाजन भाषा, जातिय पहिचान तथा जातिप्रथाबाट भएको हो। हरेक जातिहरूमा विवाहवारी आफ्नै जातिमा हुने गर्छ। हरेक जातिको आफ्नो भाषा, संस्कृति र सभ्यता रहने गर्छ। आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा २ले आदिवासी/जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएकोे जाति वा समुदाय भनी परिभाषित गरेको छ।

नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
मगर, नेपालको बहुसङ्ख्यक जनजाति
नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
मैथिल, तराईको बहुसङ्ख्यक भाषिक जाति समुह
नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
दनुवार जातिका बच्चाहरू, एक लोपोन्मुख भाषिक जाति
नेपालका जातिहरू: संख्याको आधारमा सूची:, तस्वीर सङ्ग्रह, सन्दर्भ सामग्रीहरू
नेपालको जातिय नक्सा

संख्याको आधारमा सूची:

२०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा १२५ जातिहरू रहेको छ। बाह्रौँ राष्ट्रिय जनगणना २०७८ ले थप १७ जाति पहिचान गरी जातिहरू १४२ पुगेको छ।

‍‍२०६८ को राष्ट्रिय जनगणना अनुसार

सं. नं. जातिहरू जनसङ्ख्या प्रतिशत
1 क्षेत्री 4,398,053 16.60%
2 पहाडी ब्राह्मण/बाहुन 3,226,903 12.18%
3 मगर 1,887,733 7.12%
4 थारू 1,737,470 6.57%
5 तामाङ 1,539,830 5.81%
6 नेवार 1,321,933 4.99%
7 कामी 1,258,554 4.75%
8 नेपाली मुसलमान (एक जातिका रूपमा लिइएको) 1,164,255 4.39%
9 यादव 1,054,458 3.98%
10 राई जाति 620,004 2.34%
11 गुरूङ 522,641 1.97%
12 दमाइ/ढोली 472,862 1.78%
13 ठकुरी 425,623 1.61%
14 लिम्बु 387,300 1.46%
15 सार्की 374,816 1.41%
16 तेली 369,688 1.40%
17 चमार/हरिजन/राम 335,893 1.27%
18 कोईरी/कुशवाहा 306,393 1.16%
19 मुसहर 234,490 0.89%
20 कुर्मी 231,129 0.87%
21 सन्यासी/दशनामी 227,822 0.86%
22 धानुक 219,808 0.83%
23 दुसाध/पासवान/पासी 208,910 0.79%
123 राउटे 618 0.00%
124 नुराङ 278 0.00%
125 कुसुण्डा 273 0.00%
- अन्य नछुट्टिएको तथा विदेशी 282,321 1.07%
- जम्मा 26,494,504 100.00%

२०७८ को राष्ट्रिय जनगणना अनुसार

राष्ट्रिय जनगणना २०७८ को परिणामले नेपालमा जातजातिः १४२, मातृभाषाः १२४ र धर्मको सङ्ख्या र १० कायम गरेको छ। १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिको सङ्ख्या न्यून भएकाले थप एक नयाँ भाषा लाई ‘अन्य भाषा’ मा राखिइ १२४ वटा मातृभाषा कायम गरिएको थियो। नेपाली मातृभाषी कुल सङ्ख्या एक करोड ३० लाख ८४ हजार ४५७ (४४.८६ प्रतिशत) पछि मैथिली (११.०५ प्रतिशत), भोजपुरी (६.२४ प्रतिशत), थारू (५.८८ प्रतिशत), तामाङ  (४.८८ प्रतिशत), बज्जिका (३.८९ प्रतिशत), अवधी (२.९६ प्रतिशत) र नेपालभाषा (२.९६ प्रतिशत) रहेका छन्। साथै हिन्दु, बौद्ध, इस्लाम, किरात, क्रिश्चियन, प्रकृति, बोन, जैन, बहाई र शिख क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा रहेका नेपालका धर्म रहेका छन्।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले अल्पसङ्ख्यक जातजाति तोक्ने व्यवस्था भएअनुसार ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातजातिलाई अल्पसङ्ख्यकका रूपमा तोकिएको छ। यस अनुसार मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको छ।

तस्वीर सङ्ग्रह

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालका जातिहरू संख्याको आधारमा सूची:नेपालका जातिहरू तस्वीर सङ्ग्रहनेपालका जातिहरू सन्दर्भ सामग्रीहरूनेपालका जातिहरू

🔥 Trending searches on Wiki नेपाली:

मुल्यसौर्यमण्डलप्रजनन स्वास्थ्यकोहलपुर नगरपालिकाराजपत्रबुद्धनेपाल ए क्रिकेट टिमपरमादेशलेखा प्रणालीमेटाघुम्ने मेचमाथि अन्धो मान्छेअमरसिंह थापागङ्गालाल श्रेष्ठकर्मचारी सञ्चय कोषविसं २०७२ को महाभूकम्पबैङ्कमातृभाषाखप्तड बाबाकोत पर्वआगन्तुकबागमती प्रदेश सभानेपालका अञ्चलहरूराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)संविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूकिराँत काललेनिनवादलिम्बू जातिक्षेत्रीनेपालको अन्तरिम संविधान २०६३सुदूरपश्चिम प्रदेशताप्लेजुङ जिल्लायुट्युबचाणक्य नीतिअशोक स्तम्भनेपालका मन्त्रिपरिषद्हरूनेपाली शब्दकोशसंस्कारशुक्रग्रहअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमुद्राजनावरअनुसन्धानपुष्पलाल श्रेष्ठपुष्पकमल दाहालसङ्घीयताआउँउदित नारायण झारामायणनेपालमा कृषिन्युटनको गतिका नियमहरूभाषाविश्व व्यापार सङ्गठनविप्रेषणन्याय परिषद (नेपाल)गोरखालीइन्डियन प्रिमियर लिगविजय मल्लनामकिराँत धर्मवैज्ञानिकरानी राजेन्द्र लक्ष्मीनेपालका नगरपालिकाहरूनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लानेपालको इतिहाससाउदनेपाल वायुसेवा निगमनेपालको झन्डाहात्तीपाइले रोगनिर्वाचनमहाशिवरात्रिवित्तीय विवरणहरूकाँक्रे विहारवसन्तजिमेलसरकार🡆 More