रवि लामिछाने

रवि लामिछाने एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन्। वि.सं.

२०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उनी चितवन २ बाट प्रतिनिधि सभाका सदस्य निर्वाचित भएका थिए। उनी राजनीतिमा प्रवेश गर्नुअघि एक टेलिभिजन प्रस्तोता रहेका थिए।

रवि लामिछाने
नेपालको उपप्रधानमन्त्री
कार्यकाल
वि.सं. २०७९ पौष ११ – वि.सं. २०७९ माघ १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीनारायणकाजी श्रेष्ठ
गृह मन्त्री
कार्यकाल
वि.सं. २०७९ पौष ११ – वि.सं. २०७९ माघ १३
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीबालकृष्ण खाँड
उतराधिकारीनारायणकाजी श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति
पद बहाली
वि.सं. २०७९ असार १७
पूर्वाधिकारीपद स्थापना
प्रतिनिधि सभा सदस्य
पद बहाली
वि.सं. २०८० वैशाख १५
पूर्वाधिकारीआफै
निर्वाचन क्षेत्रचितवन २
कार्यकाल
वि.सं. २०७९ पौष ७ – वि.सं. २०७९ माघ १३
पूर्वाधिकारीकृष्णभक्त पोखरेल
निर्वाचन क्षेत्रचितवन २
व्यक्तिगत विवरण
जन्म (1975-06-11) ११ जुन १९७५ (उमेर ४८)
काठमाडौँ, नेपाल
नागरिकतानेपाली (सन् २००७ अगाडि; सन् २०२३–हाल)
अमेरिकी (सन् २००७–२०१७)
राज्यविहीन (२०१७–२०२३)
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
जीवन साथी(हरू)
इसा लामिछाने
(
वि १९९४; सवि २०१९)

(
वि २०१९)
सन्तान(हरू)
अभिभावकलालचन्द्र लामिछाने (पिता)
जीवनवृति

सन् २०१३ को अप्रिलमा नेपालको न्युज ट्वान्टी-फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेका थिए। वि.सं. २०७९ मा, लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको पदबाट राजीनामा दिएर उनले प्रतिनिधि सभा निर्वाचन लड्न राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने घोषणा गरेका थिए।

पत्रकारिता करियर

सन् २०१३ को अप्रिलमा नेपालको न्युज ट्वान्टी-फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले गिनिज वर्ल्ड रेकर्ड्स कायम गरेपछि उनी चर्चामा आएका थिए। लामिछानेले न्युज २४ मा प्रसारण हुने लोकप्रिय कार्यक्रम 'सिधा कुरा जनतासँग' प्रस्तुत गर्ने गरेका थिए। कार्यक्रमको ढाँचामा लामिछानेले प्रस्तुति दिनुका साथै एक सम्पादकीय दृष्टिकोण समेत राख्ने गर्दथे। लामिछानेले ठगी वा भ्रष्टाचारको मुख्यतया सिकार भएका सर्वसाधारणका गुनासोलाई आफ्नो कार्यक्रममा स्थान दिने गरेका थिए। लामिछानेले सन् २०२१ जनवरीमा न्युज २४ बाट राजीनामा दिएर ग्यालेक्सी फोरके टेलिभिजनमा आफ्नो कार्यक्रमको नयाँ संस्करण सुरु गर्ने घोषणा गरेका थिए। उनले पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा 'सिधा कुरा' नामक कार्यक्रम चलाउने गरेका थिए।

विवाद

वि.सं. २०७६ भदौ महिनामा न्युज २४ मा उनको सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या पश्चात्, उनले रेकर्ड गरेको भिडियोको आधारमा रवि लामिछानेलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो।।पछि यथेष्ट प्रमाण नपुगेको भन्दै चितवन जिल्ला अदालतले आगामी दिनमा मुद्दाको बारेमा अन्तर्वार्ता नगर्ने शर्तमा पाँच लाख धरौटीमा उनलाई रिहा गरेको थियो। नागरिकताकाे विषयमा सर्वाेच्चकाे अन्तरिम आदेश पश्चात गृहमन्त्रीकाे पदबाट नैतिकता आधारमा राजिनामा दिए ।

राजनैतिक वृत्ति

२०७९ असार २ मा, लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनबाट राजीनामा दिने घोषणा गर्दै प्रतिनिधि सभा निर्वाचन, २०७९मा प्रत्यक्ष तर्फको लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। उनले २०७९ असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी नामक नयाँ राजनीतिक दलको गठनको घोषणा गरेका थिए। उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका थिए। २०७९ कार्तिक २७ मा चितवनमा चुनावी अभियानको क्रममा उनको गाडी तोडफोड गरिएको थियो।

नेपाली काङ्ग्रेसका निवर्तमान राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा (एमाले)का कृष्णभक्त पोखरेललाई ३४ हजार ३१२ मतले पराजित गर्दै लामिछाने विजयी भएका थिए। उनले ४९,२६४ मत प्राप्त गरेका थिए। चुनाव पछि, उनको पार्टीले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको लागि मनोनयनलाई समर्थन गरेको थियो। लामिछानेले सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपप्रधान सहित गृहमन्त्रीमा नियुक्त भएका थिए। ११ पुुुस २०७९ मा उनले शपथ लिएका थिए। सर्वोच्च अदातलले नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद  गएको छ । अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गरेपनि उनले नेपालको नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएका हुन् । फैसला पार्टी अध्यक्ष, सांसद र मन्त्रीको पद  गएको छ ।

व्यक्तिगत जीवन

रवि लामिछानेले इशा लामिछानेसँग विवाह गरेको २४ वर्ष बितिसकेको थियो। सम्बन्ध विच्छेद हुनुभन्दा १० वर्ष अघिदेखि नै उनीहरु छुट्टिएका थिए। उनले २०७५ माघ ७ मा नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका थिए। लामिछानेका पहिलो श्रीमतीसहित दुई छोरी छन्।

लामिछाने सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक थिए। अमेरिकी नागरिकता परित्याग गरेपछि उनको पहिलेको नेपाली नागरिकता पुनर्जीवित भएको थियो। प्रतिनिधि सभा निर्वाचन, २०७९मा उनको चुनावी अभियानका क्रममा उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको थियो। उजुरीकर्ताले अमेरिकी नागरिक हुँदा लामिछानेले नेपाली नागरिकता नत्यागेको र नेपाली कानुनमा दोहोरो नागरिकताको व्यवस्था नभएको दाबी गरेका थिए।

सन्दर्भ सामग्रीहरू

Tags:

रवि लामिछाने पत्रकारिता करियररवि लामिछाने विवादरवि लामिछाने राजनैतिक वृत्तिरवि लामिछाने व्यक्तिगत जीवनरवि लामिछाने सन्दर्भ सामग्रीहरूरवि लामिछानेचितवन २ (निर्वाचन क्षेत्र)प्रतिनिधि सभा निर्वाचन, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी

🔥 Trending searches on Wiki नेपाली:

ताप्लेजुङ जिल्लादुधनेपाली कांग्रेससङ्खुवासभा जिल्लानेपालको जनआन्दोलन २०६३सरस्वतीआन्तरिक राजस्व विभाग (नेपाल)कलामौद्रिक नीतियःमरि पुन्हिमौलाकालिका मन्दिरभ्रष्टाचारनेपालका मल्ल राजाहरूको सूचीभानुभक्त आचार्यरुद्राक्षग्रहसहरीकरणमानव विकास सूचकाङ्कललितपुर जिल्लाभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूसंस्कृतनरेन्द्र मोदीमहिनानवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाकश्यप गोत्रमुनामदनमध्यवर्ती क्षेत्रअल्बर्ट आइन्स्टाइनकुपोषणबागमती प्रदेश सभाक्षेत्रीखस ब्राह्मणशिरुवा पर्वचाणक्य नीतिनेपालका राजाहरूको सूचीहिन्दी भाषाजयपृथ्वीबहादुर सिंहश्रीमद्भागवत् पुराणबसाइँ (उपन्यास)फुटबल खेलवैदिक साहित्यव्यवस्थापिकासिद्धिचरण श्रेष्ठरेडियो नेपालवाच्य (व्याकरण)जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीसमाजवादस्वर्गद्वारीमानव संसाधन व्यवस्थापनएचटिएमएलइरानसार्वजनिक सेवा प्रवाहरारातालश्रीमान् गम्भीरबोधिचित्तनेपालका प्रधानमन्त्रीहरूको सूचीकोशी प्रदेशराई जातिनागरिक समाजकोदोआर्थिक विकासपृथ्वीको वायुमण्डलरानीमहलमहोत्तरी जिल्लानेपालका सहरहरूको सूचीलागु पदार्थज्ञानेन्द्र वीरविक्रम शाहपशु पालनझारबाथपृथ्वीनारायण शाहस्वरवर्ण र व्यञ्जनवर्णनेपालको लोकतन्त्र दिवसबुद्ध धर्मशब्दकोशदिगो विकासका लक्ष्यहरूनेपालको एकीकरणनेपालको शिक्षा मन्त्रीहरू🡆 More