सामन्तवाद (अङ्ग्रेजी: Feudalism/ फ्युडलिज्म) मध्यकालीन युगमा इङ्ल्यान्ड र यूरोपमा प्रचलीत प्रथा थियो। सामन्तवादको उत्पत्तिको मूल कारण राजनीतिक अराजकता थियो।
सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो। यो सामन्तहरूको कयौं श्रेणिहरु थिए जसमा शीर्ष स्थानमा राजा हुने गर्थ्यो। राजापछि विभिन्न कोटिका सामन्त हुने गर्थे र सबैभन्दा निम्न स्तरमा किसान या दास हुन्थे। यो व्यबस्था रक्षक र अधीनस्थ मानिसहरूको सङ्गठन थियो। राजा समस्त भूमि तथा जमिनको स्वामी मानिन्थ्यो। सामन्तगण राजाका प्रति स्वामिभक्ति प्रस्तुत गर्थे, राजाको रक्षाको लागि सेना सुसज्जित गर्ने काम सामन्तहरूको हुने गर्थ्यो, र बदलामा राजाबाट जमिन पाउँथे। सामन्तगण भूमिको क्रय-विक्रयको अधिकारी नहीं थे। प्रारम्भीक समयमा सामन्तवादले स्थानीय सुरक्षा, कृषि तथा न्यायको समुचित व्यवस्था गरेर समाजको प्रशंसनीय सेवा गरेको थियो। कालान्तारमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरूको उद्देश्य बन्यो। साधन-सम्पन्न नयाँ शहरहरूको विकास, बारूदको आविष्कार, तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्तशाही पतन भयो।
राजनीतिक अराजकता नै सामन्तवादको उत्पत्तिको मूल कारण थियो। रोमन साम्राज्यको पतन पछि युरोपको इतिहासमा नवौँ र दसौं शताब्दी घोर अराजकताको युग थियो। बर्बर जातिको आक्रमणले गर्दा केन्द्रीय शासन छिन्नभिन्न हुनथाल्यो। धनजनको सुरक्षा भएन। युरोपका सारा राज्यहरू टुक्राटुक्रा हुन थाले। यस्तो भयानक परिस्थितिको मुकाबिला गर्ने एक नयाँ व्यवस्थाको आवस्यकता पर्न थाल्यो। ठूलाठूला जमिनदारहरूले आफ्ना परिवारको सुरक्षाको लागि किल्ला जस्ता ठूल्ठूला घरहरु बनाउन थाले। गरीबहरू त्यस किसिमको प्रबन्ध मिलाउन असमर्थ थिए। अत: तिनीहरु ठूलाठूला जमीन्दारहरूले बनाएका घरहरूमा शरण लिन पुगे। आफूहरू समेत तिनीहरूकै संरक्षणमा रहन लागे। जमीनदारहरूले आफ्नो र आफ्ना संरक्षणमा आउनेहरूको रक्षाको लागि हातहतियारले सुसज्जित लडाकुहरू राख्न थाले। हतियारले सुसज्जित लडाकुहरु नाइट (अङ्ग्रेजी: Knight कहलाउँथे। तिनीहरूको भरणपोषणको लागि भूमी दिइन्थ्यो, जसलाई मेनर (अङ्ग्रेजी: Manor) भनिन्थ्यो। प्रत्येक मेनरको एक गाउँ हुन्थ्यो र नाइट त्यस मेनरको मालिक हुन्थ्यो। कैयौँ शताब्दीसम्म ठूलाठूला जमीनदारहरूले नै सरकार चलाए। एउटा बलियो केन्द्रीय सरकारको साटो कैयन् साना साना सरकारको उत्पत्ति भयो। त्यसप्रकारको व्यवस्थालाई नै सामन्तवाद भनिन्छ।
मध्यकालीन युरोपीय समाज मूलतः तीन श्रेणीमा विभाजित थियो।
शासकवर्ग सँग असीमित जमीन थियो। त्यति विशाल भूमीको प्रवन्ध यिनीहरू आफैं गर्न सक्दैनथे। त्यसैले यी भूमिपतिहरूले आफ्नी जमिनको केही भाग सानासाना भूमिपतिहरूलाई दिने गर्थे। बदलामा यिनीहरूबाट सैनिक सेवा र आवश्यकता परेमा आर्थिक मद्दत लिने गर्थे।
यस्तै शर्तमा केही जमिन अर्ध गुलाम (Serfs) लाई दिइएको हुन्थ्यो। यी अर्ध गुलामहरूलाई भिलेन (Villen) पनि भनिन्थ्यो। यिनीहरूले आफ्नो मालिकको खेतमा हप्ताको तीन दिन काम गर्नु पर्थ्यो। भूमिपतिको मेनर छाडेर उनीहरू कहिं पनि जान सक्दैनथे। मेनर बिक्री भएको खण्डमा उनीहरू समेत बिक्री भएको मानिन्थ्यो। यिनीहरूको हालत बडो दयनीय हुन्थ्यो। यिनीहरू मेनरमा नै जन्मन्थे, हुर्कन्थे र मर्थे। यहि नै सामन्तवादको आर्थिक स्वरुप थियो। सामन्तवर्ग सर्फसको शोषण गरी बडो ठाँटबाँटको जिन्दगी बिताउँथे।
सिद्धान्त: राज्यको सम्पूर्ण जग्गामा राज्यको स्वामित्व भएकाले राजाले जागिरको रूपमा जग्गाको वितरण गरिदिन्थे। यसको बदलामा जागिरदारहरूले राजालाई आवस्यक परेको बेलामा एक निश्चित सङ्ख्याको सेनासहित मद्दत गर्नुपर्दथ्यो। जुन इलाकामा वा प्रदेश जागिरको रूपमा पाएको हुन्थ्यो त्यहाँ शान्तिसुव्यवस्था कायम राख्ने काम पनि जागिरदारको नै हुन्थ्यो। तिनीहरूले आफ्नो सुविस्ता अनुसार कानून पनि बनाउँथे। त्यसैले विभिन्न इलाकामा विभिन्न किसिमको कानून हुन्थ्यो। राजाको सेवा गर्नु भूमिपतिको परम कर्तव्य थियो। राज्यप्रति बफादार रहनु, फौजीसेवा गर्नु र अन्य प्रकारबाट राजालाई मदत पुर्याउनु नै भूमिपतिको धर्म थियो। यसै प्रकार साना जमिनदारले ठूलो जमिनदार प्रति, साधारण किसानले स-साना जमिन्दारप्रति आफ्नो कर्तव्य गर्नु पर्थ्यो। राजाको सम्बन्ध साधारण जनतासँग प्रत्यक्ष रूपमा हुदैनथ्यो। सर्फ ( दास, गुलाम ) जो खेत जोत्दथे, तिनीहरूको कुनै अधिकार थिएन।
समाजको स्वरुप एउटा पिरामिड जस्तो थियो। यसको सबैभन्दा माथी राजा र तल्लो भागमा सर्फ थिए। सामन्तसँग प्रशस्त धन सम्पत्ति हुन्थ्यो। राजाले उनको रक्षा गर्थे, किसान सेवा गर्थे र किसानको अवस्था बडो दयनीय थियो।
This article uses material from the Wikipedia नेपाली article सामन्तवाद, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.