व्याकरण वाच्य

वाच्य भनेको भनाइ हो । वाक्यमा रहेका कर्ता, कर्म र क्रियामध्ये कुन भनाइ मुख्य रहेको छ भनी छुट्याउने व्याकरणिक कोटिलाई वाच्य भनिन्छ । अर्थात् कर्ता, कर्म र भावको बोध गराउने वाक्यलाइ वाच्य भनिन्छ ।

नेपालीमा वाच्य तीन प्रकारको हुन्छन् :क) कर्तृवाच्य, ख) कर्मवाच्य र ग) भाववाच्य

कर्तृवाच्य :

कर्ताको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्तृवाच्य भनिन्छ । अर्को शब्दमा कर्ता जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्तृवाच्य भनिन्छ । कर्तृवाच्यको कर्तामा परिवर्तन गर्दा त्यसको असर क्रियामा पर्दछ । कर्तृवाच्यको वाक्य सकर्मक र अकर्मक दुवै क्रियाबाट बन्न सक्छ । कृर्तवाच्यको क्रिया सकर्मक छ भने कर्मवाच्य र अकर्मक छ भने भाववाच्यमा परिवर्तन गर्नुपर्छ ।

जस्तै : सकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ चिठी लेख्छ ।
  2. म भात खान्छु
  3. विनोदले भात खायो ।
  4. भाइ भकुन्डो खेल्छ ।
  5. गोठालोले घाँस काट्यो ।

अकर्मक क्रिया प्रयुक्त कर्तृवाच्य

  1. भाइ रोयो ।
  2. म हाँस्छु ।
  3. हरि मेचमा बस्छ ।
  4. विनोद हिँड्यो ।

कर्मवाच्य

:कर्मको भूमिका मुख्य रूपमा रहने वाच्यलाई कर्मवाच्य भनिन्छ । अर्को शब्दमा कर्म जुन लिङ्ग, वचन र पुरुषको हुन्छ, क्रियापद पनि सोहीअनुसारको प्रयोग गरिन्छ भने त्यसलाई कर्मवाच्य भनिन्छ । कर्मवच्यको क्रियापद सकर्मक क्रियाबाट मात्र बन्दछ । कर्मवाच्यबाट कर्तृवाच्यमा वाच्य परिवर्तन गर्न सकिन्छ ।

जस्तै :

कर्मवाच्य कर्तृवाच्य
१. आफू त परीक्षा लेखिन्छ । म त परीक्षा लेख्छु ।
२. भाइबाट कलम किनियो । भाइले कलम किन्यो ।
३. रमेशबाट भात खाइएला । रमेश भात खाला ।
४. माधवबाट भकुन्डो खोलियो । माधवले भकुन्डो खेल्यो ।
५. मबाट मासु खाइन्छ । म मासु खान्छु ।

रविना ले कपी र किताब किनिन्

भाव वाच्य

वाक्यमा क्रिया वा क्रियाको अर्थ मुख्यरूपमा रहने वाच्यलाई भाववाच्य भनिन्छ । भाववाच्यको क्रियापद अकर्मकबाट मात्र बन्छ । क्रियाको धातुपछि ‘इ’ थपिएर भाववाच्यको क्रिया बन्छ । यसबाट वाच्य–परिवर्तन गर्दा कर्तृवाच्यमा गरिन्छ ।

जस्तै :uniharu khub nachaxan

भाववाच्य कर्तृवाच्य
१. (रामद्धारा) हाँसिन्छ। आफु त क्लबमा आनन्दले नाच्छु।
२. (विनोद्धारा) घर गइनेछ । विनोद घर जानेछ ।
३. आफू त कतै गइन्न । म त कतै जान्न ।
४. सुत्नसम्म सुतिएछ । सुत्नसम्म सुतेछु ।
५. (रामबाट) चाँडै हिँडियो । राम चाँडै हिँड्यो ।

सन्दर्भ सामग्रीहरू

Tags:

व्याकरण वाच्य कर्तृवाच्य :व्याकरण वाच्य कर्मवाच्यव्याकरण वाच्य भाव वाच्यव्याकरण वाच्य सन्दर्भ सामग्रीहरूव्याकरण वाच्य

🔥 Trending searches on Wiki नेपाली:

गर्ग गोत्रचाँगुनारायण मन्दिरनागरिक समाजमोरङ जिल्लावासलातशिक्षाआसियानमाधवप्रसाद घिमिरे (साहित्यकार)सहिदमौसमराष्ट्रिय प्रजातन्त्र पार्टीनेपाली ध्वनिविज्ञानपृथ्वीनारायण शाहकालिकोट जिल्लानुवाकोट जिल्लावाच्य (व्याकरण)कास्की जिल्लाफाकफोकथुम गाउँपालिकापारिजात (साहित्यकार)क्रिकेटहाम्रो पात्रोकाठमाडौँ जिल्लानेपालका प्रमुख नदीहरूको सूचीसोलुखुम्बु जिल्लाथारू जातिनेपालको प्रमाणिक समयसम्पति शुद्धीकरणसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाली भाषानेपाल कानुन व्यवसायी परिषद्वराहक्षेत्रसंयुक्त राज्य अमेरिकाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकुँवरराउटे जातिभाषाविज्ञानमधेश प्रदेशपूर्वीय चिन्तन परम्परामदन पुरस्कारपिनासलुम्बिनी प्रदेश सभाराउत (थर)कोइली (प्रजाति)मेटान्युटनको गतिका नियमहरूसूर्य (देवता)अन्तर्राष्ट्रिय नारी दिवसविष्णुरस (काव्य शास्त्र)क्यूआर कोडसुदूरपश्चिम प्रदेश सभासम्भोगबैजनीउधौलीधनकुटा जिल्लाडिल्लीबजार कारागारचूडाकर्म संस्कारमहाकाव्यधनवज्र वज्राचार्यश्राद्धजनसाङ्ख्यिकीय लाभांशहोमियोप्याथी चिकित्सा पद्धतीराणा वंशपञ्चैबाजानैतिक दृष्टान्तनाजी जर्मनीनेपाल राष्ट्र बैङ्कनयाँ वर्षदुबईसर्लाही जिल्लारुसनेपाल विद्युत प्राधिकरणस्नातक तहखोटाङ जिल्लादाइजो🡆 More