बाँके जिल्ला

बाँके नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला हो। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रूपमा यो जिल्ला रहिआएको छ। यातायात, विद्युत, उद्योग तथा विकासका हरेक पूर्वाधारको राम्रो विकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडिएको छ। यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौं देखि हरेक धर्म र जातजातिका मानिसहरू मिलेर बसोबास गरी भाइचाराको सन्देश दिनु हो।

बाँके जिल्ला
बागेश्वरी मन्दिर, नेपालगन्ज
लुम्बिनी प्रदेशमा बाँकेको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा बाँकेको (गाढा पहेँलो) स्थान
देशबाँके जिल्ला नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामनेपालगन्ज उपमहानगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, बाँके
जनसङ्ख्या
 • जम्मा६०३३९३
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

नामाकरण

यस जिल्लाको नाम बाँके रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् :-

  • परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गइ थोरै मानिसहरू मात्र यस क्षेत्रमा बाँकी रहेकोले "बाँकी मानिसले बसोवास गरेको ठाउँ" भन्दै जाँदा पछि अपभ्रंस भइ यस ठाँउलाई बाँके भन्न थालिएको पाइन्छ।
  • सत्ययुगमा सतीदेवीको जीव्रो पतन भइ त्यस ठाँउमा वाक्यस्वरी देवी उत्पन्न भइ स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जाँदा पछि बाँकेमा परिणत भएको भनाइ पनि रहेको छ।
  • परापूर्वकालमा यहाँका मानिसहरूले घाम, पानी, हुरी, वतास आदिबाट सुरक्षित रहन वरिपरी घुमाएर बाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बाँके घरहरू रहेको बस्तीलाई "बाँके बस्ती" भन्दै जाँदा पछि जिल्लाको नाम नै बाँके रहन गएको हो भन्ने जनश्रुति पनि पाइन्छ।
  • कतै कतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरीन्छ।

प्रशासनिक विभाजन

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये १ उपमहानगरपालिका, १ नगरपालिका र ६ गाउँपालिका छन्।

बाँके जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
नेपालगन्ज उपमहानगरपालिका २३ नेपालगन्ज ७२,५०३
कोहलपुर नगरपालिका १५ कोहलपुर ८७,३००
राप्तीसोनारी गाउँपालिका अगैया ५९,९४६
नरैनापुर गाउँपालिका नरैनापुर ३४,९४२
डुडुवा गाउँपालिका बनकट्टी ४५,०१९
जानकी गाउँपालिका खजुराखूर्द ४६,५३६
खजुरा गाउँपालिका खजुरा ५५,००६
बैजनाथ गाउँपालिका रामपुर ६९,२८२

सन्दर्भ सामग्रीहरू

Tags:

नेपाललुम्बिनी प्रदेश

🔥 Trending searches on Wiki नेपाली:

नेपाल आयल निगम लिमिटेडहरिवन नगरपालिकानेपालका राजनीतिक दलहरूको सूचीराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममुलुकी ऐनपृथ्वीसहिदनेपालका हिमालहरूको सूचीनेपाली भाषायोगमाया न्यौपानेपाठ्यक्रमम्याग्दी जिल्लासामन्तवादछिमेकी (कथा)बाख्राबूढानीलकण्ठ मन्दिरउच्च अदालतऊर्जाराष्ट्रिय स्वतन्त्र पार्टीअम्लपित्तरामपुर नगरपालिकाकेकी अधिकारीनेपालको कानूनी इतिहासविद्यादेवी भण्डारीनेपालको झन्डानामकरण संस्कारसम्भोगदोस्रो विश्व युद्धलुम्बिनी२०२२ फिफा विश्वकपअन्तर्राष्ट्रिय प्रमाणिक समयअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालत्रिभुवन विश्वविद्यालयनेपालका मल्ल राजाहरूको सूचीकाफलभगांकुरलिम्बू जातिभारतनेपालको भूगोलआयुर्वेदकम्पनीवीर अस्पतालसात सालको क्रान्तिबागेश्वरी मन्दिर, नेपालगन्जसुगौली सन्धिहात्तीसमूहलेखनाथ पौड्यालकान्तिपुर दैनिकसंस्कृतसंविधानगर्भपतनराष्ट्रिय वाणिज्य बैंकमकवानपुर जिल्लागरिबीभारतीय संविधानको आठौँ अनुसूचीभीमदत्त पन्तकिशोरावस्थातियानजिनरस (काव्य शास्त्र)बालकृष्ण समब्याडमिन्टननेपालका अञ्चलहरू१८औँ सार्क शिखर सम्मेलनराष्ट्रिय प्रजातन्त्र पार्टीलोक सेवा आयोग (नेपाल)रञ्जिता श्रेष्ठकाभ्रेपलान्चोक जिल्लाशारीरिक व्यायामजयपृथ्वीबहादुर सिंहनेपालको प्रशासनिक विभाजनमहिनादार्चुला जिल्लास्थिर लागतपाकिस्तानको प्रधानमन्त्रीशिव🡆 More