म्याग्दी जिल्ला: जिल्ला

म्याग्दी नेपालको गण्डकी प्रदेश साविक धवलागिरी अञ्चलको मध्यपहाडमा अवस्थित जिल्ला हो। पूर्वमा कास्की र पर्वत जिल्ला, पश्चिममा बागलुङ, डोल्पा र रुकुम जिल्ला, उत्तरमा मुस्ताङ र डोल्पा जिल्ला तथा दक्षिणमा बागलुङ जिल्लाले घेरिएको म्याग्दी जिल्ला ८३º०८ देखि ८३º५३ पूर्वि देशान्तर र २८º२० देखि २८º४७ उत्तरी अक्षांस अन्तर्गत रहेको भू-भाग म्याग्दी जिल्ला अन्तर्गत पर्दछ। यस जिल्लाको कुल क्षेत्रफल २,२९७ वर्ग किलोमिटर (२,२९,७०६ हे.) रहेको छ। जिल्लाको वर्तमान सिमाना २०३१ सालमा पर्वत र मुस्ताङबाट २० गाविसहरू (गाउँ पञ्चायत) यस जिल्लामा गाभिन आएपछि कायम हुन आएको हो। हाल यो एक नगरपालिका सहित ६ स्थानिय तह छन । २०१८ सालको सीमा विभाजन अनुसार गण्डकी नदी पारिका इलाकाहरू क्रमशः मुस्ताङ र पर्वत जिल्लामा रहेका थिए। तत्कालीन म्याग्दी जिल्लामा २१ गाविस (गाउँ पञ्चायत) मात्रै रहेका थिए।

म्याग्दी जिल्ला

जिल्लाको नामाकरण

म्याग्दी जिल्ला: जिल्लाको नामाकरण, भौगोलिक अवस्था, जिल्लाको इतिहास 
तोरीपानी गाउँ

प्रशिद्ध हिमशिखर, नदीनाला, र धार्मिक स्थलको नामबाट अञ्चल तथा जिल्लाका नामाकरण गर्ने प्रचलनमा धौलागिरी हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम उत्तरबाट दक्षिण पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामाकरण भएको हो। झण्डै पुरै जिल्लाभरी फैलिएको यस नदीको नाम म्याग्दी रहनमा विभिन्न भनाईहरू रहेको पाइन्छ जुन निम्न लिखित छन :-

  • दुर्गा सप्तसतिमा बर्णित "जयन्ति मङ्गलाकाली भद्रकाली कपालिनी" भन्ने पद्यांशको देवी भगवतीको सय नाम मध्ये एक "मङ्गला" नामबाट नै नदिको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको हो।
  • नदीको पुरानो नाम "माया नदी" रहेको र यसको अपभ्रंश हुन गई म्याङ्गदी हुँदै म्याग्दी भएको हो।

भौगोलिक अवस्था

  • अक्षांश:- २८ डिग्री २०" देखि २८ डिग्री ४७" उत्तर
  • देशान्तर:- ८३ डिग्री ८" देखि ८३ डिग्री ५३" पूर्व
  • सिमाना:- पूर्व- कास्कीपर्वत, पश्चिम-बागलुङ, डोल्पारुकुम, उत्तर-मुस्ताङडोल्पा तथा दक्षिण-बागलुङ
  • क्षेत्रफल:- २२९७.०६ वर्ग किलोमिटर
  • औसत लम्बाइ:- ६३ किलोमिटर उत्तर– दक्षिण
  • औसत चौडाइ:- ३६.५ किलोमिटर पूर्व– पश्चिम
  • भौगोलिक अवस्था:- पहाडी प्रदेश
  • सबभन्दा अग्लो स्थान:-८१६७ मिटर
  • सबभन्दा होचो स्थान:- ८१२ मिटर
  • सदरमुकाम:- बेनी

जिल्लाको इतिहास

ऐतिहासिक रूपमा रहेको तत्कालिन पर्वत राज्य वर्तमान म्याग्दी डोल्पा बागलुङ पर्वतका साथै मुस्ताङ सम्म फैलिएको थियो। पौराणिक दृष्टिकोणबाट हेर्दा ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको स्थान "जड" जडभरत गुफाको नामले हाल म्याग्दीको गलेश्वरमा पर्दछ र वर्तमानको "राखु" नै राजा रहुगणको राजधानी रहेको अनुमान गरिन्छ। यसैगरी प्रशिद्ध ऋषि पुलत्यसको आश्रम "पुला" हालको पुलाचौरमा रहेको र निजका नाति विश्वका छोरा लंकाका प्रतापि राजा रावणको जन्म भुमि यहि क्षेत्र रहेको अनुमान गरिन्छ।

म्याग्दी जिल्ला: जिल्लाको नामाकरण, भौगोलिक अवस्था, जिल्लाको इतिहास 
राजा कालु थापा क्षत्री, ताकमका प्रथम बगाले थापा राजा

श्रीशाके ११११ बिक्रम सम्बत १२४६ तिर प्रथम थापा राजा कालु थापा क्षत्रीले ताकम राज्यको स्थापना गरेका थिए। उनी बगाले कुलका आत्रेय गोत्रका खस क्षत्रिय राजा थिए । चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए । पुलाचौरमा जेठा पूर्णखर (पुन्याकर) थापा, ताकममा माहिँला तारापति थापा, रुकुमकोटका साहिँला विरु थापा र ज्यामरुककोटमा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए । बगाले थापा वंशावलीको कथन:

वि. सं १५४५ मा कर्णाली प्रदेशका मल्ल राजा आनन्द बम मल्लका नाति डिम्ब बम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफनो राज्यमा गाभी बर्तमान धौलागिरी अञ्चलका सवै जिल्लाहरू समेटिएको तत्कालिन विशाल पर्वत राज्यको स्थापना गरेका थिए र वर्तमान म्याग्दी जिल्ला उक्त पर्वत राज्यको एक भागको रूपमा रहन पुग्यो। इतिहासकारहरूले पर्वतमा मल्ल राजाका चौध पुस्ताले शासन गरेको बताए पनि अन्तिम मल्ल राज्य कीर्तिबम मल्लले पुलामी बानियाँहरूको नाममा बिसं १८३६मा गरिदिएको ताम्रपत्रमा राजा-९ स्पष्ट रूपमा अङ्कित भएको हुँदा मल्ल बंशका ९ वटा राजाले मात्र तत्कालिन पर्वत राज्य समालेको देखिन्छ। साथै राजा कीर्ति बम मल्लले बर्तमान म्याग्दीमा पर्ने ढोलठानामा दरबार खडा गरी बसेको र बेनिमा ठाना राखेको थिए भनिन्छ।

रणबहादुर शाहको राज्य कालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए। एकीकरण पछि र राणा शासनकालमा यो जिल्ला पाल्पा प्रशासन अन्तर्गत रहेको थियो। बिसं १९८५मा बागलुङ जिल्लामा छोटि गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुदै आएकोमा बिसं २०१८ सालको जिल्ला विभाजनबाट म्याग्दी जिल्लाको नाममा अलग अस्तित्व कायम गरियो।

बिसं २०१५ सालको महानिर्वाचनमा ७ नम्बर क्षेत्रमा रहेको यो जिल्ला बिसं २०१८मा २१ वटा गाँऊ पञ्चायत सहित म्याग्दी जिल्लाको रूपमा स्थापित हुन पुग्यो। बिसं २०३२ सालमा पर्वत र मुस्ताङ जिल्लाबाट २० वटा गाउँ पञ्चायतहरू गाभिन आए पछि यस जिल्लालाई ४० गाउँ विकास समिति र ९ इलाकामा विभाजन गरिएको थियो। बिसं २०४८ सालपछि यो जिल्ला ४० गाविस ११ इलाका र २ वटा निर्वाचन क्षेत्रमा विभाजन हुन पुग्यो। तर बिसं २०४८को जनगणनालाई आधार मानी बिसं २०५१ सालमा यो जिल्लालाई एउटा मात्र निर्वाचन क्षेत्रमा कायम गरियो।

यो पनि हेर्नुहोस


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

म्याग्दी जिल्ला जिल्लाको नामाकरणम्याग्दी जिल्ला भौगोलिक अवस्थाम्याग्दी जिल्ला जिल्लाको इतिहासम्याग्दी जिल्ला यो पनि हेर्नुहोसम्याग्दी जिल्ला सन्दर्भ सामग्रीहरूम्याग्दी जिल्ला बाह्य कडीहरूम्याग्दी जिल्लाकास्की जिल्लागण्डकी नदीडोल्पा जिल्लाधौलागिरी अञ्चलनेपालपर्वत जिल्लाबागलुङ जिल्लामुस्ताङ जिल्लारुकुम जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

कानूनमोरङ जिल्लाअन्तिम संस्कारमगर जातिहलोसरकारगाउँपालिकानेपालको एकीकरणकृष्णबैजनाथ गाउँपालिकानेपालको चलचित्रको इतिहासजाजरकोट जिल्लाप्रविधिनेपालका सर्वोच्च आठ हिमालनामसामन्तवादरेखा थापाकम्पनीनेपाल आयल निगम लिमिटेडउखान-टुक्कानेपालका राजानगर सभाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासरामवरण यादवनन्दकिशोर पुनभलिबलराष्ट्रिय वाणिज्य बैंकसहिद दिवसगौरा पर्वमन्दाक्रान्ता छन्दमहाभारतमदन भण्डारी राजमार्गसिन्जा उपत्यकाराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमकाठमाडौँ उपत्यकाबागमती नदीबंगलामुखी मन्दिरगाउँखाने कथाचतराधामसिक्किमविस्तृत शान्ति सम्झौताभुल्ने पो हो की ?नेपालको पत्रकारिताको इतिहासदाङ जिल्लादेशक्षेत्रप्रताप अधिकारीधरहराअर्घाखाँची जिल्लाकाभ्रेपलान्चोक जिल्लाव्यवस्थापनविद्यालयनेपालका प्रदेशहरूसत्यमोहन जोशीअर्थसङ्घीयताअमरसिंह थापाझमक घिमिरेसाझा पुरस्कारच्याटजिपिटीगाउँ सभारुपन्देही जिल्लानेपालका राजनीतिक दलहरूको सूचीक्यानडानेपालका मल्ल राजाहरूको सूचीथाइरोइडजाभाडेउडा गीतजनमत सङ्ग्रहखप्तड बाबासिङ्गोम्बा रसुवास्वास्थ्यअफ्रिका🡆 More