गौरा पर्व

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो। गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन्। गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन्। धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ। सुदूपश्चिमेलीहरूले धुमधामका साथ मनाइने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ। गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ। यो पर्व सुदूरपश्चिममा एक ठूलो पर्वको रूपमा मनाइन्छ । साथै यस पर्वमा सरकारले देशभर गौरा पर्व मनाउने समुदायलाई सार्वजनिक विदा दिने गर्दछ।

गौरा पर्व
गमरा
गौरा पर्व
गौरा पर्वको अवसरमा नृत्यको एक दृष्य
आधिकारिक नामगौरा पर्व
वैकल्पिक नामगौरा, गमरा, गोःरा, होबलो .
प्रकारहिन्दु
प्रारम्भभाद्र कृष्ण षष्ठी
समापनभाद्र कृष्ण अष्टमी
आवृत्तिबार्षिक
सम्बन्धितसुदूरपश्चिम (नेपाल), कुमाउँ (भारत)

मनाउने तरिका

गौरा पर्वमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाइने अन्नको समिश्रणलाई बिरुडा भन्ने गरिन्छ। महिलाहरूले गौरा पर्व सुरु भएको दोस्रो दिन भोलि पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रूपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ। पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूजाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पुजा–अर्चना गरी महिलाहरूले दुबधागो चढाउने गर्छन्। अष्टमीका दिन त्यही दुबधागो अभिषेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ। सुदूरपश्चिममा महिलाले लगाउने दुबधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्त्व रहेको छ।

प्राचीन कथा

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरूले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नु परेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो। यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ। गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख, सुख बाँड्नुका साथै माया, प्रेम बाँड्ने गरिन्छ।

चित्र दीर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

गौरा पर्व मनाउने तरिकागौरा पर्व प्राचीन कथागौरा पर्व चित्र दीर्घागौरा पर्व यो पनि हेर्नुहोस्गौरा पर्व सन्दर्भ सूचीगौरा पर्व बाह्य कडीहरूगौरा पर्वअष्टमीकुमाऊँ मण्डलकृष्ण पक्षचैत गीतडेउडा गीतडोटी राज्यतिलदतिवनधमारीधानपार्वतीभदौशिवषष्ठीसुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

🔥 Trending searches on Wiki नेपाली:

कोरियाली भाषाजनमत सङ्ग्रहनेपालको संविधान २०७२ मा बालबालिकाको हककोशी प्रदेश सभाढुङ्गे युगदेउथलको लडाइँकालीगण्डकी जलविद्युत आयोजनाट्विटरव्यवस्थापन सूचना प्रणालीनगरपालिकामहिला शिक्षानेपालको पत्रकारिताको इतिहासप्रवेशिका परीक्षासामुदायिक वनसती प्रथाझमक घिमिरेविसं २०७२ को महाभूकम्पजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीसमासबेरोजगारीहिमाली प्रदेश (नेपाल)योनीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालशिरीषको फूलरौतहट जिल्लापारिजात (साहित्यकार)नेपालको संविधानअनुराधा कोइरालानेपालमा पाइने चराहरूको सूचीरोहितकुमार पौडेलशिक्षास्नातक तहमष्टो देवतामानव विकास सूचकाङ्ककथानकराष्ट्रिय सभा (नेपाल)नेपाली परम्परागत नापका इकाईकार्ल मार्क्सधर्मपृथ्वीनारायण शाहसिक्किमबालेन शाहनेपालको सैन्य दर्जाआमापुष्पकमल दाहालसङ्गीत तालनेपालको जनआन्दोलन २०६३समाचारमहासागरसुवासचन्द्र नेम्वाङनेपाल प्रहरीडोल्पा जिल्लातराईसप्तरी जिल्लामधेश प्रदेशउपमहानगरपालिकादराजमोरङ जिल्लादिपेन्द्र ऐरीमिडियाविकीगरुड पुराणकावासोती नगरपालिकासिमसारपाथीभरा देवी (ताप्लेजुङ)रोहित शर्मासमाजवादकार्यसम्पादन मूल्याङ्कनशब्दकोशफेवाताललोकतन्त्रआगोदरबार हत्याकाण्डसूर्य🡆 More