काठमाडौँ उपत्यका (नेवारी: स्वनिगः ) नेपालको राष्ट्रिय (संघिय) राजधानी, एतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो । काठमाडौँ उपत्यका (नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । यस उपत्यकाभित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, तथा ५७ गाउँ विकास समितिहरू गाविस पर्छन् ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | संस्कृति: iii, iv, vi |
सन्दर्भ | १२१ |
सूचीकृत | १९७९ (तेस्रो सत्र) |
विस्तार | २००६ |
सङ्कटग्रस्त | २००३–२००७ |
किंवदन्ती अनुसार काठमाडौँ उपत्यका परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो | महाचीनबाट आएका बोधिसत्व मंजुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितिय प्रकाश अवलोकन गर्नुभएर चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको पानी बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौँ उपत्यका हो|
गोपाल वंश सबैभन्दा पहिलो राज्य हो भन्ने नेपालको इतिहासमा भेटिन्छ। उनीहरूको शासनकाल ५६१ वर्ष सम्म भएको अनुमान गरिन्छ । किबदन्ति अनुसार गोपाल राजाहरूले गाई पाल्थे भने भनाई अनुसार जुन पालेको गाईले दुध दुहुँदा दुध नदिई जंगलको एक ढुंगामा गइ दूध दिने गरेपछि गोपाल राजाले यी ढुंगालाई भगवान भनि आफूले पूजाआजा गर्दै आएपछि जुन क्षेत्रलाई अझ सम्म पनि पशुपतिनाथ, पशुपति मन्दिर भनेर चिनिन्छ ।
किरातहरूले नेपालमा १००० वर्षसम्म शासन गरेका थिये. काठमाडौँका महिष पाल राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए भन्ने इतिहासमा पाईछ किरात जातिहरू चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनारा हुदै शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर जादा-जादै राम्रो अनुकुल् हावा पानीको खोजिमा नेपालको पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेपछि गोपाल बंशी राजालाई हटाएर किरांत काल सुरु भएको हो।
तर त्यति बेला काठमांडू लाई काठमाडौँ भनिन्दैनाथियो यहि किरातीहरूले नामकरण गरेको पाईन्छ त्यति बेला राज, काज, नीति, धर्म को लागि सम्पूर्ण किरातमूलबासी उपस्थिति हुनु पर्ने र नियाम कानुन र धर्मको पुजा-आजको लागि यहि ठाउँमा गइ छिनो-फानो गर्नु पर्ने चलन हुन्थियो तेसैले येस ठाउँ लाई कोठ राखियो थियो र कोठ मा गएर मुधुम गर्नु पर्ने हुदा किरात हरूले कोठ्मुदुम भने गर्थे पछि किरात काल हटेपछि कोठ लाई नबुझेर काठमण्डप, (काठमाडौँ ) बनाएयो/राखियो हो।
अझ पनि नेवार, सुनुवार, राई, लिम्बु, सम्पूर्ण किरात बस्तीहरूमा नि कोठ भन्ने ठाउँ पाइन्छ यहिनै सत्य-थत्य प्रमणित भेटिन्छ
प्रया: एउटै बस्तीमा धेरै कोठ हुन सक्छ तर पहिलो कोठ + कुनै ठाउँ, नाम, जाति वा देब स्थलको नाम हुन्छ जस्तै: कोठ+मन्डू, कोठ+गाउँ यसलाई प्रमुख कोठ मानिन्छ तर यस पछि अर्को ठाउको नाम कोठ राख्नको लागि कोठ लाई अन्तिमा प्रयोक गरिन्छ जस्तै : नगर+कोट, चरि+कोट वा टोल यसलाई उप-कोठ पनि भनिन्छ।
darai chalena
४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थापना । नेपालमा मलल कहाँबाट र कसरी कुन ठाउँबाट आए ।
काठमाडौँ उपत्यका पहाडी भूभागमा पर्ने उपत्यका हो | यस उपत्यकालाई नागार्जुन, फूलचोकी, माण्डपगिरी शिवपुरी गरी चारवटा पहाडले घेरेका छन् | यी पहाडहरू हुन्-
मन्पर्ने माटो ।
यस उपत्यकाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ |
यस उपत्यकामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा अरु स-साना खोलाहरू बग्दछन् |
मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|
ठिकै छ .
शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म|
This article uses material from the Wikipedia नेपाली article काठमाडौँ उपत्यका, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.