कानून

कानून (मराठी: लॉ) समाजमा अमनचयन, शान्ति, सुव्यवस्था एवम् राज्यमा निष्पक्ष न्याय प्रणाली स्थापनाका लागि राज्यको प्रभुसत्ता सम्पन्न व्यक्ति समूह वा राज्यले नै बहुसंख्यक जनताको हितमा बनाइने नियम वा सिद्धान्तहरूको सभ्य सार्थक अभिव्यक्तिलाई कानुन भनिन्छ । सामान्यत: संस्थाहरूको एक समूहको माध्यमबाट लागू हुने नियमहरूको एक प्रणाली हो। यसले विभिन्न बाटाहरूमा राजनीति, अर्थव्यवस्था र समाजको आकार लिन्छ र मानिसहरूको बीचको सम्बन्धमा अग्रणी सामाजिक मध्यस्थको रूपमा कार्य गर्दछ। ३५० ईसापूर्वको लेखनमा,ग्रीक दार्शनिक एरिस्टोटलले घोषणा गरे, कानुनको शासन कुनै पनि व्यक्तिको शासनभन्दा राम्रो हुन्छ। .

कानून
न्यायको देवीले कानुनी शासनको तीन प्रतीक सजिएको ईश्वरको रूपमा न्यायको प्रतीनीधित्व गर्दछ, तरवारले अदालतको बाध्यकारी शक्ति प्रतिकता दिन्छ, तराजुले प्रतिस्पर्धी दावीको नाप जोखको प्रतिनिधित्व गर्दछ र आँखामा छोपाइले निष्पक्षता सङ्केत गर्दछ।।

वास्तवमा कानुन के हो भनेर किटेर एउटै परिभाषा गर्नु कठिन मात्र हैन, असान्दर्भिक पनि हुन्छ । समाजशाश्त्रीय दृष्टिबाट हेर्ने हो भने कानुनले सामाजिक गतिविधियको एक विस्तृत विविधतालाई नियमितता गर्दछ। करार कानुनले व्यापार गर्नको लागि मूल बजारबाट एक बसको टिकट किन्नेदेखि सबै कुरा नियन्त्रित गर्दछ। सम्पत्ति कानुनले व्यक्तिगत र वास्तविक सम्पत्तिको मालिकपन र स्थानांतरणसँग सबन्धित अधिकार र दायित्वको परिभाषा गर्दछ। दुष्कृति कानुन लगानी र वित्तीय सुरक्षाका लागि लिइएको सम्पत्तिमा लागु हुन्छ, जबकि दुष्कृति कानुनले क्षतिपूर्तिको दावीलाई अनुमति दिन्छ, यदि कुनै व्यक्तिको अधिकार वा सम्पत्तिमा हानि पुग्दछ। यदि हानी नोक्सानी दण्ड संहितामा अपराध घोषित गरिएको छ भने फौजदारी कानुनले उपाय प्रदान गर्दछ, जुन उपायद्वारा राज्यले दोषी व्यक्तिलाई मुद्दा चलाउन सक्दछ। संवैधानिक कानुनले कानुन निर्माण, मानव अधिकारको संरक्षण र राजनीतिक प्रतिनिधिहरूको चुनावको लागि एक रूपरेखा प्रदान गर्दछ। प्रशासनिक कानुन सरकारी विभागको निर्णय वा फैसला समीक्षा गर्नको लागि प्रयोग गरिन्छ, जबकि अन्तर्राष्ट्रिय कानुनले व्यापार वातावरण नियमिततादेखि वा सैन्य कारवाहीसम्मको गतिविधिमा सार्वभौम राष्ट्र राज्यहरूको बीचको मामिला नियमित गर्दछ।

कानुन प्रणालीले विभिन्न तरिकाबाट अधिकार र जिम्मेवारीहरूको विस्तृत व्याख्या गर्दछन् । सिविल ल क्षेत्राधिकार र कमन ल प्रयोग गर्ने व्यवस्था व्यवस्था बिच प्रायजसो एउटा आधारभुत बिभाजन गरीएको छ। केही देशमा, धर्मले कानुनलाई सुचित गर्दछ। विद्वानहरूले कानुनी इतिहास र दर्शन वा अर्थशास्त्र र समाजशास्त्र जस्ता सामाजिक विज्ञान सहित धेरै दृष्टिकोणबाट कानुनको प्रकृतिको खोजबिन गर्दछन। कानुनको यस अध्ययनबाट समानता, स्वच्छता, स्वतन्त्रता र न्यायसँग सम्बन्ध राख्ने महत्त्वपूर्ण र जटिल मुद्दाहरू उठदछ। "आफ्नो राजसी समानता" मा, १८९४मा लेखक अनातोली फ्रान्सले भनेका छ्न , "यो कानुनले धनी र गरीब जस्तालाई पुल मुनी सुत्न, सडकमा भीख माग्न, र रोटीको टुक्रा चोरी गर्न रोक्दछ।" व्याख्या गर्ने र कानुन बनाउने केन्द्रीय संस्थानहरू भनेको सरकारको तीन मुख्य विभागहरू हुन,, जस्तो कि निष्पक्ष न्यायपालिका, लोकतांत्रिक विधायिका, जवाफदेही कार्यपालिका। कानुन कार्यन्वयन र लागु गर्नको लागि र जनतालाई सेवा प्रधान गर्न, सरकारको कर्मचारीतन्त्र, सेना र पुलिस महत्त्वपूर्ण छन। जबकी यि सबै राज्यका अङ्गहरू कानुनद्बारा निर्मित र वाध्य हुने जिव हुन, स्वतन्त्र कानुन व्यबसाय र एक स्पन्दनशील नागरिक समाजले त्यसको प्रगतिको समर्थन र सुचीत गर्दछन।

कानूनी विषयहरू

सबै कानुनी प्रणालीले केही मुल बिषयमा छलफल गर्दछन, तर प्रत्येक देशले भिन्ना भिन्नै किसिममा उनिहरूको कानुनी विषयलाई बर्गिकारण र पहिचान गराउदछन। तर सामान्य भिन्नता "सार्वजनिक कानुन" ( राज्यसंगै नजिकसम्बन्धित शब्द र प्रशासनिक, संवैधानिक और फौजदारी कानुन संलग्न छन ), र "निजी कानुन" ( जसले करार,दुस्कृति र सम्पत्ति समेट्दछ) बिचको हो। सिविल ल प्रणालिमा, करार दुस्कृति दायित्वको कानुन अन्तर्गत , जबकि र गुठीको कानुन ऐनको शासन वा अन्तर्राष्ट्रिय महासन्धी अन्तर्गत व्यबहार गरीन्छ। अन्तराष्ट्रिय, संवैधानिक र प्रशासनिक कानुन, फौजदारी कानुन, करार, दुस्कृति, सम्पत्ति कानुन कानुन र गुठीको कानुनहरू "पारंपरिक मुख्य विषय"को रूपमा मानिन्छ। जबकी त्यहाँ अरु धेरै विषयहरू छन्, जो धेरैको व्यावहारिक महत्त्वको हुन सक्छ।

अन्तराष्ट्रिय कानून

कानून 
सार्वजनिक अन्तराष्ट्रिय कानुनको लागि लिखित कानुन विकास गर्न दोस्रो विश्व युद्दको समयमा संयुक्त राष्ट्र सङ्घको व्यवस्था सहमत भयो।

अन्तरराष्ट्रिय कानूनले दुई कुरा सिफारीस गर्दछ: सार्वजनिक अन्तरराष्ट्रिय कानुन र निजी अन्तर्राष्ट्रिय कानुन वा कानुनको बिबाद।

  • सार्वजनिक अन्तरराष्ट्रिय कानूनले सर्वभौम राज्यहरू बीचको सम्बन्धमा सरोकार राख्दछ। परम्परा, जेनेभा महासन्धी जस्ता सर्बभौम राष्ट्रहरू बिचको व्यबहार र संन्धी सार्वजनिक अन्तर्राष्ट्रिय कानुनको विकासको लागि स्रोत हुन। सार्वजनिक अन्तर्राष्ट्रिय कानुन संयुक्त राष्ट्र सङ्घ (जुन दोस्रो विश्व युद्ध रोक्न लीग अफ नेशंस की विफलता पछि स्थापना गरीएको थियो) अन्तरराष्ट्रिय श्रम सङ्गठन वा विश्व व्यापार सङ्गठन, वा अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता सार्वजनिक अन्तराष्ट्रिय सङ्गठनले निर्माण गर्न सक्दछ्न। सार्वजनिक अन्तर्राष्ट्रिय कानुनको कानुनको रूपमा विशेष स्थान छ किन भनें त्यहाँ कुनै अन्तर्राष्ट्रिय पुलिस बल छैन र अदालत(जस्तो कि अन्तराष्ट्रिय न्यायलय संयुक्त राष्ट्र सङ्घ प्राथमिक न्यायिक संयुक्त राष्ट्र के अंगको रूपमा ) लाई अवज्ञा नमान्नेलाई दण्डित क्षमताको अभाब छ। जबकी,विश्व व्यापार सङ्गठन जस्ता केही निकायहरूसंग, व्यापार प्रतिबंधले भरोसा दिईएको बाध्यकारी मध्यस्थता र विवाद समाधानको प्रभावी प्रणाली व्यापार छ।
  • निजी अन्तर्राष्ट्रिय कानूनले निजी पक्षहरू बीचको कानुनी विवाद कुन क्षेत्राधिकारमा सुनिनु पर्दछ र कुन क्षेत्राधिकारको कानुन लागू गरीनु पर्दछ भन्ने कुरामा सरोकार राख्दछ। आजकल, व्यबसायहरू समुन्द्रपारको कारोबारसँग व्यापार गर्न साथसाथै, बढोतरी रूपमा पूंजी र श्रम आपूर्ति शृङ्खला सीमा पार स्थानांतरण सक्षम छन्। न्युयोर्क महासन्धी १९५८. अन्तर्गतको वाणिज्य मध्यस्ततामा निर्कोल गरिनु पर्ने व्यवसायहरूको संख्या बढदो छ।

संबैधानीक र प्रशासकिय कानून

कानून 
फ्रान्सको मानिस र नागरिकको अधिकारको घोषणापत्र, जसको सिध्दान्तको अहिले पनि संबैधानिक मुल्य छ।

संवैधानिक तथा प्रशासनिक कानुनले राज्यको मामिलाहरू सञ्चालन गर्दछ्न।

कार्यपालिका, विधायिका र न्यायपालिका एवं मानव अधिकार वा राज्यको बिरुध्द व्यक्तिहरूको नागरिक स्वतन्त्रता बीचको दुबै सम्बन्धमा संवैधानिक कानुनले सरोकार राख्दछ। अधिकांश न्यायालय, संयुक्त राज्य अमेरिका र फ्रान्स, जस्ता क्षेत्रधिकारहरूमा अधिकारको घोषणा पत्रसहितको साथ छुटै सहिताबद्द संविधान छ। संयुक्त अधिराज्य लगायत केहीमा त्यस्तो कागजात छैन। सामान्यतय "संविधान" ति कानुनहरू हुन, जसले ऐन, नजीर र सवैधनीक परम्पराद्वारा राज्य संयन्त्रको गठन गर्दछ। ईन्ट्रीक विरुद्द क्यारिङ्गट्न (Entick v Carrington) भनीएको एउटा मुद्दाले कमन लबाट लिईएको एउटा संवैधानिक सिद्धांतको व्याख्या गरेको छ। शेरिफ क्यारिङ्गट्नद्वारा ईन्ट्रीक माहासयको के घर की तलाशी लिईएको थियो। जब ईन्ट्रीक माहासयले अदालतमा उजुर गरे, सरकारको एउटा मन्त्री ईअल्द हैलिफैक्स(Halifax)बाट भएको वारंट वैध अख्तियार थियो भनि शेरिफ क्यारिङ्गट्नले तर्क गरे। जबकी, त्यहाँ कुनै लिखित विद्यायिकी प्राबधान वा अदालती अख्तियार थिएन। नेतृत्वकर्ता न्यायाधीश, लर्ड काम्डेनले भनेका छन,

"समाजमा मानिस प्रवेश गर्नुको महान उद्देश्य उनहरूको सम्पत्ति सुरक्षित गर्नको लागि थियो। यो अधिकार सबै परिस्थितिमा पवित्र सञ्चार गर्न नमिल्ने स्थितिमा संरक्षण गर्नु पर्छ, जहाँ यसलाई सम्पूर्णको भलाइमा केही सार्वजनिक कानुनले दुर गर्ने वा संक्षिप्त गर्ने गरिएन। यदि कुनै क्षमा पाईदैन वा पेश गरिदैन भने कितावको सन्तपना प्रतिवादी बिरुद्दको अख्तियार हो। वादी सँग फैसला हुनै पर्छ।"

मौलिक संवैधानिक सिद्धान्त, जोन लकबाट प्रेरित है छ। उनले व्यक्तिले केही पनि गर्न सक्दछ, तर त्यो चाँही कानुनद्वारा मनाही गरिएको हुन सक्छ, राज्यले कुनै पनि काम गर्न सक्दैन कुछ तर त्यो चाँही कानुनद्वारा अख्तियारी दिएको हुन्छ।........। . प्रशासकिय कानुन जनताको लागि राज्यको अंगलाई उत्तरदायी रूपमालागि सञ्चालन गर्ने मुख्य कार्यबिधी हो। स्थानिय निकाय, सार्वजनिक सेवा वा सरकारी मन्त्रालयहरूबाट गरिएको कारवाही वा निर्णयले कानुनलाई अनुसरण गर्दछन वा गर्दैनन भनि निश्चित गर्न न्यायिक पुनरावलोकन गर्नको लागि मानिसहरूले अनुरोध गर्न सक्छन। प्रथम विशेष प्रशासनिक अदालत कौन्सिल डिइटाट (Conseil d'État) १७९९मा स्थापान गरिएको थियो, जब नेपोलियनले फ्रान्समा सत्ता लिएका थिए।

फौजदारी कानून

समाजमा अपराध हुन नदिन, अपराधलाई निर्मुल पार्न सम्भव नभएननि न्यूनिकरण गर्ने प्रयास गरी शान्तिपूर्ण समाजको स्थापना गर्नु साथै अपराध गर्ने अपराधीलाई कानुन अनुरुप दण्ड दिनु फौजदारी कानुनको उद्देश्य हो। अत: अपराध र अपराधीको बारेमा परिभाषित र व्यवस्थित गरिएको कानुन फौजदारी कानुन हो।

सन्दर्भ सामग्री

अनलाईन स्रोतहरू

वाह्य सेतु

Tags:

कानून ी विषयहरूकानून सन्दर्भ सामग्रीकानून वाह्य सेतुकानूनग्रीक भाषानियमराजनीतिसमाज

🔥 Trending searches on Wiki नेपाली:

हिन्दु धर्मको इतिहासनेपालको राष्ट्रपतिगरुड पुराणसन ह्युङ-मिनयोगलियोनेल मेसीविश्वेश्वरप्रसाद कोइरालाभण्डारखाल पर्वतनहुँ राज्यसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमौसमदक्षिण कोरियाप्रेमगीत ३बिष्णुप्रिया मणिपुरीनेपाली राष्ट्रिय क्रिकेट टोलीसगरमाथाकैलाली जिल्लाविनोद चौधरीसौर्यमण्डलविकसित देशनिजामती सेवाकोहलपुर नगरपालिकामानिसजानकी मन्दिरपुनर्जागरणश्रेष्ठस्वस्तिमा खड्काकर्णाली नदीनेपालतेह्रथुम जिल्लाभिटामिनविकिमिडिया कमन्समहानगरपालिकानवदुर्गाझापा जिल्लामृगौलाबर्दघाट नगरपालिकाझारनेपालको पहिलो संविधान सभाचल्ती खातागौरी (शोककाव्य)फाफ डू प्लेसीमानव संसाधन व्यवस्थापन२०१९-२० कोरोना भाइरस प्रकोपइलाम १ (निर्वाचन क्षेत्र)कार्ल मार्क्सनिर्वाचन प्रणालीताप्लेजुङ जिल्लाकुशल भुर्तेलभीमसेन थापाक्रिस्टियानो रोनाल्डोमेटाप्रियङ्का कार्कीव्यवस्थापिकासंयुक्त राष्ट्रसङ्घका महासचिवपुराणसप्तरी जिल्लानेपालको निसानछापकृषि विकास बैंकमुस्ताफिजूर रहमाननेपालका प्रमुख नदीहरूको सूचीसामाजिक विज्ञानमाधवप्रसाद घिमिरे (साहित्यकार)बालकृष्ण समझमक घिमिरेनेपालको शिक्षा मन्त्रीहरूनेपालको जनआन्दोलन २०६३त्रिभुवन विश्वविद्यालयचितवन राष्ट्रिय निकुञ्जमदन पुरस्कारविस्तृत शान्ति सम्झौतावैदेशिक रोजगारभारतका राज्य तथा सङ्घ राज्य क्षेत्रको राजधानीहरूएकल सङ्क्रमणीय मत प्रणालीतन्तु🡆 More