हलो

हलो (अन्य नाम: फाली, अङ्ग्रेजी: Plough , Plow )जमीन जोत्ने प्रयोग गरिने कृषि औजार हो । यसको सहायताले बीउ छर्नु भन्दा पहिले जमीनको आवश्यक तयारी गरिन्छ । कृषिमा प्रयुक्त औजारहरूमा हलो सबै भन्दा प्राचीन हो, हलो कुनै न कुनै रूपमा इतिहासमा प्रचलित पाइएको छ । हलोले जमिनको माथिल्लो सतहलाई पल्टाइन्छ । जसले नयाँ पोषक तत्व माथी आउने गर्छ तथा खर-पतिङ्गर एवं बालीका डाँठ आदि जमीनमा दबिन्छन् । यी दबिएका खर पतिङ्गरहरू कुहिएर मलको रूपमा परिवर्तन हुन्छन् । जमिन जोत्नाले जमीनमा हवाको प्रवेश पनि हुन्छ जसले गर्दा जमीनमा आद्रता (चिसोपना) बनाइ राख्ने शक्ति बढ्छ । हलो गोरु जोत्दा गोरुले तान्ने काठ या फलामबाट बनाइएको औजार हो जसको टुप्पामा सियो अथवा फाली रहेको हुन्छ । हलो ठाउँ अनुसार फरक फरक प्रकारको हुन्छ ।

हलो
बङ्गलादेशमा गोरुको सहायताले हलो जोतिरहेको किसान
हलो
परम्परागत रूपमा हलोको प्रयोग गरिदैँ आएको छ ।

हलो जोत्ने व्यक्तिलाई हली भन्दछन् । नेपालमा विशेष गरी गोरु अथवा राँगाले हलो तानेको पाइन्छ । धान रोप्ने खेतमा पहिलो पटक जोत्नुलाई बाँझो मार्नु, दोस्रो पटक जोत्नुलाई राँटा मार्नु, तेस्रो पटक जोत्नुलाई हिल्याउनु र चौथो पटक जोत्नुलाई दाँदे लाउनु भनिन्छ । पाखा बारीमा डल्ला फुटाउन लिडुल्को लाईन्छ । जुवामा लामो डोरी बाँधेर लिडुल्कामा अड्काइन्छ र त्यसमाथि हली चडेर गोरु अथवा राँगा धपाएपछि थिचिएर डल्ला फुट्छ ।

भागहरू

हलो 
हलोको विभिन्न भागहरू

यो चित्रमा देखिएका हलोका विभिन्न भागहरूमा राखिएका सङ्ख्या तल क्रमबद्ध गरेर नामहरू राखिएका छन् । हलोको बनोट अनुसार हलोका भागहरूको बनोट पनि फरक फरक हुन्छन् ।

  1. जुवा
  2. हरिस
  3. अनौ
  4. जोतारो
  5. फाली
  6. हल्लुडो

यो पनि हेर्नुहोस्


कनारी सोईलो पाटी मुन्द्रो

Tags:

आद्रताकृषिगोरु

🔥 Trending searches on Wiki नेपाली:

दोस्रो विश्व युद्धसंयुक्त अधिराज्यसुवासचन्द्र नेम्वाङअन्तर्राष्ट्रिय तिथि रेखाशिक्षानासो (कथा)भानुभक्त आचार्यतिलिचो तालबाजुरा जिल्लापाल्पा जिल्लादमौलीनेपाली विकिपिडियारामायणखुकुरीत्रिभुवन विश्वविद्यालयनेपालमा हिन्दु धर्ममुनामदननेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)विद्युत धारावित्तीय विवरणहरूजेठी मधुअछाम जिल्लामुटुलुम्बिनी प्रदेशअष्टाङ्गयोगसाउदी अरबनेपालका मल्ल राजाहरूको सूचीदाहालगाईखड्काखस ब्राह्मणसोभियत सङ्घनेपालको सङ्घीय संसदमङ्गलवारनेपालका राष्ट्रिय निकुञ्जहरूॐ जय जगदीश हरेमहाभारत पर्वत शृङ्खलाबाँसनेपालको प्रधानन्यायाधीशबाथजलवायु परिवर्तनसमाजवेदसंयुक्त राष्ट्रसङ्घका महासचिवग्रहअंशुवर्मासेतो गरुडगुजरानवालाडिजिटल वस्तु पहिचाननेपाल विद्युत प्राधिकरणलाली गुराँसघोडाघोडी तालबालश्रमउपमहानगरपालिकाइलाम जिल्लाखनिजसार्की जातिइन्डियन प्रिमियर लिगनेपालको संस्कृतिनेपालका प्रमुख नदीहरूको सूचीमुस्ताङ जिल्लामष्टो देवताकालिञ्चोक भगवतीसर्पगन्धाकृष्णमदन पुरस्कारमदन भण्डारीकम्प्युटर हार्डवेयरटेलेनर पाकिस्तानगगन थापायातायातयोगमाया न्यौपानेएड्सन्युटनको गतिका नियमहरूविकिपिडियानेपालको राजनीतिचेपाङ जाति🡆 More