दाङ जिल्ला

दाङ जिल्ला नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा जिल्ला हो। यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश,पूर्वमा प्युठान, अर्घाखाँची र कपिलवस्तु जिल्ला, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत जिल्ला पर्दछन्। विभिन्न धरातलीय बनावटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट शुरु भई २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ। यस जिल्लामा कूल २ उपमहानगरपालिका १ नगरपालिका एवम् ७ गाउँपालिका छन्।

दाङ जिल्ला
दाङ जिल्लाको रहेको विश्वको सबैभन्दा ठूलो त्रिशुल
दाङ जिल्लाको रहेको विश्वको सबैभन्दा ठूलो त्रिशुल
लुम्बिनी प्रदेशमा दाङको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा दाङको (गाढा पहेँलो) स्थान
देशदाङ जिल्ला नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामघोराही उपमहानगरपालिका
क्षेत्रफल
 • जम्मा२९५५ किमी (११४१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६७६ २७७
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली भाषा

नामाकरण

हापुर रतनपुर बगिया निवासी श्री टेकनाथ गौतमका अनुसार दाङ देउखुरी जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका र पानी ढली बुझिन्छ। पहाडका मैदानलाई बुझाउने संस्कृतको “द्रोण” शब्दबाट दाङ र पहि– लो बस्ती दवपुरबाट देवपुरी भन्दा भन्दै देउखुरी बनेको हो।

इतिहास

अघिदेखि दाङको उत्तरी काँठ पहाडी राजाहरूका अधिनमा र दक्षिणको मैदान भाग थारु राजाका अधिनमा थियो। बिक्रमको चौधौँ शताब्दीको आखिरतिर यो जुम्लाको अधिनमा थियो। वि.सं.१४८० तिर सवारी कोटका राजा रतन पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षित नामले दाङका राजा भए।

केही समयपछि उनले बझाङबाट राजकुमार झिकाई आफ्ना ठाँउमा राजा बनाएर आफुले नाथ संप्रदायको दीक्षा लिई त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागे। रतननाथले छाड्दा दाङ राज्यको विसतार शिवराज इलाकाको अर्रासोता देखि पश्चिम राप्तीसम्मको तुलसिपुर भनिने इलाकामा पनि थियो। नेपालको एकिकरणका बेला सम्वत् १८४३ मा दाङका राजा नवल सिंहले तापाका लडाईमा विरगति प्राप्त गरे।

पछि उनका राजकुमार दिलेर सिंहले पूरा दाङ देउखुरीको रक्षा गर्न सकेनन्। आफ्नो आधा राज्य तल्सीपुरको तराई मात्र बचाई त्यहीका मात्र राजा भै बसे। गोर्खालीले जितेको दाङको देउखुरी पृथ्वीनारायण शाहकी छोरी सल्यानका युवराज्ञीलाई विर्ता भनी दिए। वि. सं. १८६५ मा सल्यानको राज्य नेपालमा मिल्दा दाङ देउखुरी पनि नेपालमा मिल्यो। वि.सं. १८९४ सालमा दरबारका कुनै कुमारीको विवाह गरिदिंदा सल्यानी राजा बंशज तेजबहादुर शाहलाई राजा पद र पश्चिमी दाङ फलाबाङ राजाका नामले प्रदान गरियो र दाङ देउखुरी खण्डीत भयो।

फलावाङ राज्य वि.स. २०१८ सालमा उन्मूलन भएपछि दाङको पश्चिमी भाग र अघिदेखि सल्यानतर्फ रहेको दाङको उत्तरी पानी ढली २०३० सालतिर दाङ देउखुरीमा मिलेपछि दाङ देउखुरी आजको अवस्थामा आयो।

प्रशासनिक विभाजन

जिल्लामा १० स्थानीय तहहरू छन्, जसमध्ये २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका छन्।

दाङ जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
घोराही उपमहानगरपालिका १९ घोराही २००,५३०
तुलसीपुर उपमहानगरपालिका १९ तुलसीपुर १४१,५२८
लमही नगरपालिका लमही ३४,२८५
गढवा गाउँपालिका गढवा ३८,५९२
राजपुर गाउँपालिका गंगदी २८,४१०
शान्तिनगर गाउँपालिका शान्तिनगर २५,२०३
राप्ती गाउँपालिका मसुरिया ५२,१५८
बंगलाचुली गाउँपालिका कमिरेचौर २२,८७७
दंगीशरण गाउँपालिका हेकुली २१,४८४
बबई गाउँपालिका हापुरे २७,४६९

सन्दर्भ सामग्रीहरू

Tags:

दाङ जिल्ला नामाकरणदाङ जिल्ला इतिहासदाङ जिल्ला प्रशासनिक विभाजनदाङ जिल्ला सन्दर्भ सामग्रीहरूदाङ जिल्लाअर्घाखाँची जिल्लाउत्तर प्रदेशकपिलवस्तु जिल्लानेपालप्युठान जिल्लाबाँके जिल्लारोल्पा जिल्लालुम्बिनी प्रदेशसल्यान जिल्लासुर्खेत जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

लक्ष्मीप्रसाद देवकोटाजिमेलगर्भावस्थाकालिकोट जिल्लाभक्तपुर नगरपालिकानेपाल रेडक्रस सोसाइटीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासभुँडीफोर गरुडराजनीतिनेपालमा बोलिने भाषाहरूबोधिचित्तनेपालको उपराष्ट्रपतिमुद्रासतिदेवीनेपाली चलचित्रहरूको सूचीभारतगाउँपालिकाराष्ट्रिय सभा निर्वाचन, २०८०डिजिटल साक्षरतामहावीर पुनसेतो मछिन्द्ननाथ मन्दिरआम निर्वाचन २०१५नाटकनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भगवानसंयुक्त राज्य अमेरिकापृथ्वीकैलाली जिल्लामनकामना मन्दिररामपरालको आगो (कथा)धरान उपमहानगरपालिकानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपालका औद्योगिक क्षेत्रहरूको सुचीनिजामती सेवासुनिल नारायणरोहित शर्माजनसाङ्ख्यिकीय लाभांशअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालजगेडासङ्गठनमुख्यमन्त्री (नेपाल)घरेलु हिंसासिन्धुलीगढीफुटबल खेलसञ्चारस्थानीय तह निर्वाचन, २०७४पुष्पकमल दाहालसर्पगन्धानेपालमा भ्रष्टाचारजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीवीरेन्द्र वीरविक्रम शाहनेपालको पहिलो संविधान सभाआर्यप्रदेश प्रमुख (नेपाल)विद्युततारानाथ शर्मानेपालको राष्ट्रपतिपाँचधर्के लोखर्केफेसबुकराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)प्रतिनिधि सभा निर्वाचन, २०७९जलवायु परिवर्तनडिजिटल वस्तु पहिचानअर्थशास्त्रनेपालको अन्तरिम संविधान २०६३कृष्ण जन्माष्टमीदक्षिण कोरियानेपालको राष्ट्रिय जनगणनाबारा जिल्लाफेसबुक मेसेन्जरसाम्यवादगण्डकी प्रदेशचिठीसुनसरी जिल्ला🡆 More