रामवरण यादव

डा.

रामवरण यादव (जन्म २००४ साल माघ २२ गते) नेपालको प्रथम तथा भूतपूर्व राष्ट्रपति हुन। उनी २०६५ साउनमा निर्वाचित भएका नेपालका प्रथम राष्ट्रपति हुन । उनले यस अघि स्वास्थ्य मन्त्रीको रूपमा र नेपाली काँग्रेस पार्टीको महासचिवको रूपमा सेवा गरे ।

रामवरण यादव
रामवरण यादव
१ औं नेपालको राष्ट्रपति
कार्यकाल
२३ जुलाई २००८ – २८ अक्टूबर २०१५
प्रधानमन्त्री
उपराष्ट्रपतिपरमानन्द झा
पूर्वाधिकारीसंविधान स्थापना
उतराधिकारीविद्यादेवी भण्डारी
नेपाली कांग्रेसका महामन्त्री
कार्यकाल
१९९६–२०१०
सभापतिगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारी
उतराधिकारी
व्यक्तिगत विवरण
जन्म२००४ माघ २२
४ फेब्रुअरी १९४८
सपही धनुषा, नेपाल
राजनीतिक दलनेपाली काँग्रेस
जीवन साथीजुलेखा यादव
सन्तान(हरू)डा. चन्द्रमोहन यादव
चन्द्रशेखर यादव (छोरा)
अनीता यादव (छोरी)

यादव बिसं २०४७ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । उनी बिसं २०५६ मा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेद्वारको रूपमा प्रतिनिधि सभाको लागि निर्वाचित भएका थिए। उक्त निर्वाचन पछि उनी स्वास्थ्यमन्त्री भए । वि.सं. २०६४ बैशाखमा, यादवको जनकपुर स्थित निवासमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका लडाकुहरूले आक्रमण गरे। उनीहरूले घरमा कब्जा गरेको एउटा सूचना दिए, यसमा आफ्नो झन्डा फहराए र एउटा बम राखे । बि.सं २०६४ चैत्रको संविधान सभा निर्वाचनमा यादवले धनुषा ५ संसदीय क्षेत्रमा प्रतिस्प्रधा गरे । १०,३९२ मत प्राप्त गरेर त्यो स्थान जिते । पहिलो चरणमा भएको निर्वाचन स्तगित भएपछि, २०६५ साउन ६ मा पुन दोस्रो चरणको निर्वाचन गराईयो । यस दोस्रो चरणको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उमेद्वार राम राजा प्रसाद सिंहलाई २८२ हराउदै उनी नेपालका प्रथम राष्ट्रपतिको रूपमा निर्वाचित भए । उनले संविधान सभा खसेको ५९० मत मध्ये ३०८ मत पाएका थिए । उनले बि.सं २०६५ साउन ८ गते नेपालको प्रथम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरे । प्रधान न्यायाधीश केदारप्रसाद गिरीले उनलाई राष्ट्रपति भवन शितल निवासमा पद र गोपनीयताको शपथ दिलाए । शपथ ग्रहण समारोहमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला लगायत अन्य महानुभवहरू उपस्थित थिए। उनले पनि उपराष्ट्रपति परमानन्द झालाई शपथ गराए ।

व्यक्तिगत जीवन

रामबरण यादवकाको जन्म २००४ माघ २२ गते थानी यादव र राम रति यादवको सन्तानको रूपमा भएको थियो । उनको विवाह जुलेखा यादव सँग भएको थियो। यादवको श्रीमती १९८३ मा मृत्यु भएको थियो । उनका सन्तानहरूमा दुई छोरा (डा. चन्द्रमोहन यादव र ई.चन्द्रशेखर यादव) र एउटी छोरी (अनीता यादव) हुन । यादव अहिले शीतल निवासमा छोरा (चन्द्रमोहन यादव) र छोरी (अनीता यादव)को साथ बस्छन्। उनका कान्छा छोरा (चन्द्रशेखर यादव) संयुक्त राज्य अमेरिकामा छन ।

राजनीतिक जीवन

रामवरण यादव बिद्यार्थी हुँदा देखि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । उनी भारतको कलकत्तामा चिकित्साशास्त्रको बिद्यार्थी हुँदा त्यस समयमा भारतमा स्व-निर्वासनमा रहेका विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, सुवर्ण शम्सेर राणा, पुष्पलाल श्रेष्ठ र सरोज कोइराला जस्ता नेपाली राजनीतिज्ञहरूसँग उनको भेट भयो । यिनै नेताहरूबाट प्रभावित भएर यादव राजनीतिक क्षेत्रमा प्रवेश गरे । उनी वि.सं. २०३७ मा नेपालमा बहुदलीय प्रजातन्त्रको लागि भएको आन्दोलनमा सक्रिय रूपमा लागि परे। चिकित्सकको रूपमा अभ्यासरत रहँदा उनीले आफुलाई नेपाली काँग्रेसको सक्रिय कार्यकर्ताको रूपमा राजनीतिमा स्थापित गराए । बि.सं. २०३७ देखि २०३९ सम्म उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको निजी चिकित्सकको रूपमा काम गरे ।

रामवरण यादव 
राष्ट्रपति राम बरण यादव

रामवरण यादव बि.सं २०४७ साल अघि भएका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागि परिरहे । त्यस आन्दोलन क्रममा उनले नौ महिना सम्म जेलमा बिताए। बि.सं २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणा भएपछि भएको प्रतिनिधि सभाको चुनावमा उनी धनुषा जिल्लाको क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा उठे र विजयि पनि भए । उनी बि.सं २०४८ देखि २०५१ सम्म नेपालका स्वास्थ्य राज्यमन्त्री भए । उनले पुन: बिसं २०५६ देखि २०५८ सम्म नेपालका स्वास्थ्य मन्त्रीको कार्यभार सम्हाले । रामवरण यादवले नेपाली काँग्रेस पार्टीमा धेरै जिम्बेवारीपूर्ण पदहरू निर्बाह गरिसकेका छन । उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्डका सदस्य र पार्टीको अनुशासन समितिका सदस्य थिए । राष्ट्रपति हुनु पूर्व उनी नेपाली काँग्रेस पार्टीका महासचिव थिए ।

रामवरण यादव 
अनिता यादवसँग राष्ट्रपति राम बरण यादव
रामवरण यादव 
राष्ट्रपति राम बरण यादव र वहा कि छोरी अनिता यादवसँग भारत कि राष्ट्रपति प्रतिभा देवि सिंह पाटिल र भारत का प्रधानमन्त्री मनमोहन सिंह

सन्दर्भ सूची

बाह्य कडीहरू

Tags:

रामवरण यादव व्यक्तिगत जीवनरामवरण यादव राजनीतिक जीवनरामवरण यादव सन्दर्भ सूचीरामवरण यादव बाह्य कडीहरूरामवरण यादवनेपाली कांग्रेस

🔥 Trending searches on Wiki नेपाली:

माधवप्रसाद घिमिरे (साहित्यकार)रामायणअफ्रिकाबुलबुले तालअन्तर्राष्ट्रिय श्रमिक दिवसशिवसार्वजनिक सेवा प्रवाहढोरबराहि मन्दिररुस-युक्रेन युद्धजलवायु परिवर्तननेपालको प्रधानन्यायाधीशपहिलो विश्वयुद्धसिन्धुलीगढीनेपालको पत्रकारिताको इतिहासउत्प्रेरणादेउकी प्रथाकृष्णरोल्पा जिल्लासंस्कृतकाठमाडौँ जिल्लातेन्जिङनोर्गे शेर्पापानीक्यानडाविश्व व्यापार सङ्गठनपूँजीवादबासठ्ठीहरणछिन्नमस्ता भगवतीआम निर्वाचन २०१५नारायणगोपाल गुरूवाचार्ययमबुद्धबाल विवाहव्यवसायनाटककेकी अधिकारीमहाभारत पर्वत शृङ्खलानेपाल रेडक्रस सोसाइटीआन्तरिक लेखापरीक्षणप्रजातन्त्र दिवसपञ्चैबाजानेपाल वित्तीय प्रतिवेदन मानहरूयोगी नरहरिनाथसरोज कुमार यादवगङ्गालाल श्रेष्ठसहिद दिवसवडा समिति (नेपाल)शिरुवा पर्वनेपालका राजनीतिक दलहरूको सूचीनेपालका प्रधान सेनापतिहरूमहेन्द्र वीरविक्रम शाहधर्मभक्त माथेमासर्लाही जिल्लानेपाल सरकारआगन्तुक शब्ददेउवाक्रिस्टियानो रोनाल्डोस्वास्थ्यभक्तपुर नगरपालिकाकूटनीतिगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालालोक सेवा आयोग (नेपाल)नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लानबिल बैंकभाषासाउदी अरबधनगढी उपमहानगरपालिकाआयुर्वेदइलाम नगरपालिकाइस्लाम धर्मपरिवारधर्मचुट्किलात्रिभुवन विश्वविद्यालयलुम्बिनीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपाली शब्दकोश🡆 More