अर्घाखाँची जिल्ला

अर्घाखाँची नेपालको लुम्बिनी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम सन्धिखर्क हो। पाणिनि तपोभूमि,दुर्वाशेश्वर् गुफा, मालिका मन्दिर, खिदीम, आलम देवीको मन्दिर, सुपा देउराली, छत्र मन्दिर, नर्तनाचल पर्वत, परसुरामेश्वर, ऐतिहासिक पौवा अर्घाकोट, पाली पन्थीटोलको लाकुरीरूखमा अबस्थित देविस्थान मन्दिर लाकुरीकोरूख यहाका प्रमुख पर्यटकिय स्थलहरू हुन। अर्घाखाँची जिल्लाको पूर्वमा पाल्पा, उत्तरमा गुल्मी, पश्चिममा प्युठान तथा दाङ र दक्षिणमा कपिलवस्तु तथा रूपन्देही जिल्लासँग जोडिएको छ। अर्घाखाँची जिल्लाका सबै गाविसहरूमा सडक सुविधा उपलब्ध छ।

अर्घाखाँची जिल्ला
अर्घाखाँची जिल्लामा रहेको उपत्यका
अर्घाखाँची जिल्लामा रहेको उपत्यका
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको (गाढा पहेँलो) स्थान
देशअर्घाखाँची जिल्ला नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामसन्धिखर्क
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, अर्घाखाँची
क्षेत्रफल
 • जम्मा११९९ किमी (४६३ वर्ग माइल)
 • क्रम०७७
जनसङ्ख्या
 • जम्मा१७७२००
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

नामाकरण

अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दहि चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर असुल गर्ने ठाउँ वा व्यक्तिलाई खजाञ्चि भन्ने प्रचलन भएकोले त्यसैबाट अपभ्रंश भई हुन गएको हो भन्ने बुझिन्छ। यसरी यस जिल्लाको नाम अर्घाखाँची रहन गएको भन्ने जनविश्वास पाइन्छ।

इतिहास

नेपाल एकिकरण पूर्व वाइसे राज्यहरूको रूपमा रहेका अर्घा र खाँची दुई राज्य यस क्षेत्रमा रहेको र एकीकरणको शिलशिलामा ती दुई राज्यलाई तत्कालिन पाल्पा राज्यमा गाभिएको थियो। एकिकरण पछि अर्घा र खाँची मिलेर अर्घाखाँचीको नामाकरण भएको हो। २०१८ सालसम्म यो जिल्ला गुल्मी जिल्ला अन्तरगत पर्दथ्यो भने नेपाललाई ७५ जिल्लामा विभाजन गरे पश्चात यो छुट्टै जिल्लाको रूपमा स्थापित भयो।

प्रशासनिक विभाजन

जिल्लामा ६ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ३ गाउँपालिका छन्।

अर्घाखाँची जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
सन्धिखर्क नगरपालिका १२ सन्धिखर्क ४०,४२२
शीतगङ्गा नगरपालिका १४ ठाडा ४३,३७३
भूमिकास्थान नगरपालिका १० नुवाकोट ३२,६४०
छत्रदेव गाउँपालिका छत्रगन्ज २५,३३६
पाणिनी गाउँपालिका दुर्गाफाट २६,४२४
मालारानी गाउँपालिका खनदह २८,०४४

सन्दर्भ सामग्रीहरू

Tags:

अर्घाखाँची जिल्ला नामाकरणअर्घाखाँची जिल्ला इतिहासअर्घाखाँची जिल्ला प्रशासनिक विभाजनअर्घाखाँची जिल्ला सन्दर्भ सामग्रीहरूअर्घाखाँची जिल्लाकपिलवस्तु जिल्लाखिदीमगुल्मी जिल्लादाङ जिल्लानेपालपाल्पा जिल्लाप्युठान जिल्लामालिका मन्दिररुपन्देही जिल्लालुम्बिनी प्रदेशसन्धिखर्क नगरपालिकासाततले गुफासुपादेउराली मन्दिर

🔥 Trending searches on Wiki नेपाली:

नेपाल वित्तीय प्रतिवेदन मानहरूहोलीच्याटजिपिटीयौनछाउपडीमानिसनेपालमा महिला अधिकारमानव संसाधन व्यवस्थापनठकुरीनेल्सन मन्डेलासती प्रथाजैविक विविधताव्यवस्थापन लेखाविधिहाम्रो पात्रोवाच्य (व्याकरण)आम निर्वाचन २०१५किराँत जातिविष्णुअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालकाठमाडौँसमानुपातिक प्रतिनिधित्व प्रणालीश्राद्धरेखा थापाकास्की जिल्लाप्रदेश प्रमुख (नेपाल)किराँत कालझोला (चलचित्र)पृथ्वीनारायण शाहबराहक्षेत्र नगरपालिकानेपालको मन्त्रिपरिषद्सहस्राब्दी विकास लक्ष्यगर्भपतनअर्घाखाँची जिल्लापरराष्ट्र मन्त्रालय (नेपाल)ऋग्वेदकवितानेपाल खाद्य संस्थानयातायातबाथकम्प्युटरभन्ज्याङविकिपिडियासिख साम्राज्यशैव सम्प्रदाययुनेस्कोब्रेजर्सबाँसफेसबुक मेसेन्जरपाब्लो पिकासोरवि लामिछानेनेपालका दलित वर्गमा पर्ने थरहरूमोतीराम भट्टमदन भण्डारी राजमार्गचाँगुनारायण मन्दिरचापागाईंशिक्षण विधिनेपालमा महिलाको अवस्थासैजननेपाल रेडक्रस सोसाइटीतनहुँ जिल्लाश्रवणकुमारराष्ट्रिय सभा निर्वाचन, २०८०बाइसे राज्यहरूकाफलमारुनी नाचनेवारी भाषातामाङ जातिडेउडा गीतचुरेइन्द्रेणीसमयगाउँखाने कथानेपालको इतिहासगुगलनेपाल बैंकदाङ जिल्लाभिरिङ्गी🡆 More