जाजरकोट जिल्ला

जाजरकोट जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यो जिल्लाको सदरमुकाम खलङ्गा हो। ऐतिहासिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिने बाईसे राज्यहरू मध्येको एक राज्य जाजरकोट पनि हो। यहाँ समशितोष्ण किसमको हावापानी पाइने गर्दछ।

जाजरकोट जिल्ला
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको (गाढा पहेँलो) स्थानको अवस्थिति
कर्णाली प्रदेशमा जाजरकोट जिल्लाको (गाढा पहेँलो) स्थान
देशजाजरकोट जिल्ला नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामखलङ्गा
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, जाजरकोट
क्षेत्रफल
 • जम्मा२,२३० किमी (८६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१७१३०४
 • घनत्व७७/किमी (२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण

झारकोट शब्दको अपभ्रंश भै जाजरकोट नाम दिइएको जनश्रुती रहेको पाइन्छ। पहिले यो ठाउँमा चारैतिर बाक्लो झारजङ्गल भएको र बिचमा कोट जस्तो परेको डाँडा भएकोले यसलाई झारकोट भन्दा भन्दै जाजरकोट भएको भन्ने भनाइ छ।

इतिहास

पौराणिक कालमा कर्णाली भेगमा (हाल जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातीका मल्ल राजाहरूले एउटा विशाल राज्यको स्थापना गरेको पाइन्छ। अहिलेको जाजरकोट जिल्लाको क्षेत्रपनि त्यसताका सोहि राज्यमा थियो। धेरै राजाहरूले राज्य गरिसकेपछि ई.स. १८३३ ताका जुम्ला राज्य टुक्रिएर स साना बाईसे चौबिसे राज्यको उदय भएको थियो। सोहि समयमा शाके सम्वत १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए। ईतिहास अनुसार त्यतिबेलाको जाजरकोट एउटा साम्राज्यको रूपमा विकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गङ्गा नदीसम्म, पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको थियो। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रूपमा मान्यता दिएको र राज्य रजौटा ऐन २०१७ अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ।

प्रशासनिक विभाजन

जिल्लामा ७ स्थानीय तहहरू छन्, जसमध्ये ३ नगरपालिका र ४ गाउँपालिका छन्।

जाजरकोट जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
भेरी नगरपालिका १३ खलङ्गा ३३,५१५
छेडागाड नगरपालिका १३ कार्कीगाउँ ३५,२९५
नलगाड नगरपालिका १३ दल्ली २८,८५८
कुसे गाउँपालिका थर्पु मार्म २०,६२१
शिवालय गाउँपालिका शिवालय १५,२६९
जुनीचाँदे गाउँपालिका मजकोट २१,७३३
बारेकोट गाउँपालिका रोकायागाउँ १८,०८३

सन्दर्भ सामग्रीहरू

Tags:

जाजरकोट जिल्ला नामाकरणजाजरकोट जिल्ला इतिहासजाजरकोट जिल्ला प्रशासनिक विभाजनजाजरकोट जिल्ला सन्दर्भ सामग्रीहरूजाजरकोट जिल्लाकर्णाली प्रदेशखलङ्गा, जाजरकोटनेपाल

🔥 Trending searches on Wiki नेपाली:

खोटाङ जिल्लाजाजरकोट जिल्लारारातालसन्दीप लामिछानेअर्जुन कुमालनेपालका औद्योगिक क्षेत्रहरूको सुचीसुर्खेत जिल्लानेपालका राजनीतिक दलहरूको सूचीपर्वत जिल्लाप्रतिनिधि सभा निर्वाचन, २०७४अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालपुष्पकमल दाहालगढीमाईविकिमिडिया फाउन्डेसनचन्द्र शमशेर जङ्गबहादुर राणानेपालको प्रधानमन्त्रीनेपाल ए क्रिकेट टिमनीति शाहकुकुरसर्लाही जिल्लामहाभारतलक्ष्मीप्रसाद देवकोटाइन्द्रबहादुर राईनेपालका विश्वविद्यालयहरूको सूचीजनशक्तिसामाजिक सञ्जालचिठीसात सालको क्रान्तिमुख्यमन्त्री (नेपाल)मानव विकास सूचकाङ्कमहालेखा नियन्त्रकको कार्यालयशाह वंशहुलाक सेवा विभाग, नेपालभरतपुर महानगरपालिकामहानगरपालिकाकम्पनीअल्पविकसित देशनन्दकिशोर पुनमानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीपरेवातिलगङ्गा आँखा अस्पतालप्रेमविसं १९९० को महाभूकम्पराउटे जातिनेपालको संस्कृतिनेवारी भाषाबझाङ जिल्लाभूपरिवेष्ठित राष्ट्रउपमहानगरपालिकानेपालका संरक्षित क्षेत्रहरूको सूचीसुधा त्रिपाठीसूचना प्रविधिब्लगअलौ पर्वनेपालको सङ्घीय संसदकाठमाडौँ उपत्यकानेपालको कानूनी इतिहासनेपाल राष्ट्र बैङ्करुपन्देही जिल्लाआर्थिक विकासलोक सेवा आयोग (नेपाल)नेपालको जनआन्दोलन २०६३जङ्गबहादुर राणाविकिपिडियासामन्तवादभक्तपुर दरबार क्षेत्रगाईमदन पुरस्कारजैविक विविधतासगरमाथा राष्ट्रिय निकुञ्जचाँगुनारायण मन्दिरआगन्तुकविश्वकोशअङ्ग्रेजी भाषानेपालको राष्ट्रपति🡆 More