सुर्खेत जिल्ला

सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ। बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रूपमा परिचित थियो। २०२० को दशकमा यस जिल्लाको सदरमुकाम सुर्खेतको तत्कालिन गोठीकाठाबाट सुर्खेतको वीरेन्द्रनगर कायम भएको थियो।

सुर्खेत जिल्ला
बुलबुले ताल
कर्णाली प्रदेशमा सुर्खेत जिल्लाको (गाढा पहेँलो) स्थान।को अवस्थिति
कर्णाली प्रदेशमा सुर्खेत जिल्लाको (गाढा पहेँलो) स्थान।
देशसुर्खेत जिल्ला नेपाल
प्रदेशकर्णाली प्रदेश
सदरमुकामवीरेन्द्रनगर
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, सुर्खेत
क्षेत्रफल
 • जम्मा२,४५१ किमी (९४६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४१७,७७६
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

नामाकरण

  • सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने पाइन्छ।
  • सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु-खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ।
  • सुर नामका देवताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ।

पर्यटकीय क्षेत्र

बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि: मन्दिर, कोटको थुम्को(सिम्ता [बजेडीचौर]),भोटेचुली(खानीखोला), सिम्ताउपत्यका काँक्रेबिहार, बुलबुले ताल आदी।

सहारे को कोट माझखर्क ठाँउ बाइसे चौबिसे राज्य हुँदा राजा बस्ने ठाउँ र त्यही ले गर्दा पन्चायत मा हाल्को गुर्भाकोट र भेरिगङा कोट्माझखर्क पन्चायत नामाकरन गरिएको हो।

देउतिबज्यै सुर्खेतको ऐतिहासिक मन्दिर मध्येको एक हो। बिषेशगरि शिबरात्रीमा यो मन्दिरमा ‍‍‍ठुलो मेला लाग्ने भएपनि दैनिक जसो पुजाआजा गर्नेहरूको निकै घुईचो लाग्ने गर्दछ।

प्रशासनिक विभाजन

जिल्लामा ९ स्थानीय तहहरू छन्, जसमध्ये ५ नगरपालिका र ४ गाउँपालिका छन्।

सुर्खेत जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
गुर्भाकोट नगरपालिका १४ शुभाघाट ४३,७६५
पञ्चपुरी नगरपालिका ११ बाबियाचौर ३२,२३१
भेरीगंगा नगरपालिका १३ भेरीगंगा ३२,५११
लेकबेसी नगरपालिका १० सातखानी ७,११६
वीरेन्द्रनगर नगरपालिका १६ वीरेन्द्रनगर १००,४५८
चिङ्गाड गाउँपालिका अवलचिङ्ग १७,२७५
चौकुने गाउँपालिका १० गुटु २५,२४०
बराहताल गाउँपालिका १० कुनाथरी २६,८०२
सिम्ता गाउँपालिका राकम २५,८४५

सन्दर्भ सामग्रीहरू

Tags:

सुर्खेत जिल्ला नामाकरणसुर्खेत जिल्ला पर्यटकीय क्षेत्रसुर्खेत जिल्ला प्रशासनिक विभाजनसुर्खेत जिल्ला सन्दर्भ सामग्रीहरूसुर्खेत जिल्लाकर्णाली प्रदेशनेपालवीरेन्द्रनगर नगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

दलितइटहरी उपमहानगरपालिकाबैतडी जिल्लानेपालमा दूरसञ्चार सेवानागरिक लगानी कोषमनकामना मन्दिरनेपालको लोकतन्त्र दिवसवीरेन्द्र वीरविक्रम शाहकुकुरफुटबल खेलदासप्रथास्वरवर्ण र व्यञ्जनवर्णविज्ञाननेपालका मल्ल राजाहरूको सूचीनेपालमा हिन्दु धर्मनारायणहिटी दरबार सङ्ग्रहालयतराईरक्तचापनेपालको राष्ट्रपतिनामबौद्धनाथप्रतिनिधि सभा (नेपाल)जनकपुरधाम उपमहानगरपालिकासमूहनेपालको प्रमाणिक समयनातानेपालका मन्त्रिपरिषद्हरूलाली गुराँसधर्म निरपेक्षताजाजरकोट भूकम्प, २०८०विराट कोहलीविद्यादेवी भण्डारीकाठमाडौँ जिल्लानिबन्धप्रतिनिधि सभा निर्वाचन, २०७४विश्वेश्वरप्रसाद कोइरालानेपालको पहिलो संविधान सभानेपालका उपत्यकाहरूनेवार जातिनेपाल रेडक्रस सोसाइटीउदयपुर जिल्लानेपाल दूरसञ्चार प्राधिकरणसत्यमोहन जोशीबाल विवाहदुर्गाभूगोलशिशिर ऋतुस्थानीय कार्यपालिकापारिजात (साहित्यकार)भिरिङ्गीइजरायल–हमास युद्ध, सन् २०२३काफलगौतम बुद्धगुल्मी जिल्लाऊर्जाविकिपिडियानेपालको पत्रकारिताको इतिहासविकासशील देशनेपालको एकीकरणसार्वजनिक सेवा प्रवाहलुम्बिनी प्रदेशराम राज पन्तलेखनाथ पौड्यालबीमासंविधान सभा निर्वाचन, २०६४सिंहदरबारकिराँत जातितानसेन नगरपालिकाम्याग्ना कार्टाबुद्ध धर्मवडा कार्यालय (नेपाल)मनोविज्ञानसुवासचन्द्र नेम्वाङ🡆 More