म्याग्ना कार्टा

म्याग्ना कार्टा (Magna Carta) वा म्याग्ना कार्टा लिबरट्याटम् (Great Charter of Freedoms वा स्वतन्त्रताको महान चार्टर) इङ्ल्यान्डको एक कानुनी परिपत्र हो जुन सबैभन्दा पहिले सन् १२१५ मा जारी भएको थियो। यो ल्याटिन भाषामा लेखिएको थियो।

म्याग्ना कार्टा
म्याग्ना कार्टा
Cotton MS. Augustus II. 106, one of only four surviving exemplifications of the 1215 text
निर्माण मिति१२१५; ८०९ वर्ष अघि (१२१५)
पाइने ठाउँब्रिटिस लाइब्रेरीमा २ वटा; लिङ्कन क्यासलमा एउटा र स्यालिसबेरी क्याथेड्रलमा एउटा
लेखक(हरू)
  • राजा जोन
  • उनका सामन्त
  • Stephen Langton, Archbishop of Canterbury
उद्देश्यशान्ति सन्धि

म्याग्ना कार्टामा इङ्ल्यान्डका राजा जोनले सामन्तहरूलाई (nobles and barons) केही अधिकार दिए; केहि कानुनी प्रक्रियाको पालना गर्ने वचन दिए; र उनको इच्छा कानुनको सिमाले बाधिने स्वीकार गरे। म्याग्ना कार्टाले राजाको प्रजाको केहि अधिकार रक्षाको स्पष्ट रूपमा पुष्टि गर्यो, जसमा बन्दी प्रत्यक्षीकरण रिट (habeas corpus) उल्लेखनीय छ।

चार्टरको महत्त्व यस तथ्यमा निहित छ कि प्रत्येक पिढी यसको वैधानिक व्याख्या गरेर यो सिद्धान्तमा जोड दिन्थे कि राजाले पनि कानुनको सम्मान गर्न पर्छ। यो सामन्तहरू र सर्वसाधारण जनता दुवैलाई वैधानिकताको प्रतीक बन्यो तथा ब्रिटिश वैधानिक अधिनियमनको श्रीगणेश पनि यहींबाट भएको मानिन्छ।

परिचय

म्याग्ना कार्टा (सन् १२१५ ई.) म्यागना कार्टा अथवा महान्-परिपत्र १५ जून १२१५ मा, थेम्स नदीको किनार स्थित रनीमीड स्थानमा राजा जोनले इङ्ल्यान्डको सामन्तहरूलाई प्रदान गरेका थिए। ह्यालमको शब्दमा, यो कालान्तरमा इङ्लिस स्वतन्त्रताको प्रधान आधार बन्यो,यद्यपि यसको रचयिता, जनस्वातंत्र्य उद्देश्यबाट अनुप्रेरित थिएन। उनीहरू आफ्नो अधिकारको प्रतिपादनमा लागेका थिए। सामन्त (ब्यारन), जो यसको रचनामा संलग्न थिए, इसकी स्वाभावत: आफ्नो स्थिति सुरक्षित गर्दै थिए । उनीहरूलाई दोश्रो वर्गको स्वार्थमा कुनै वास्ता थिएन। त्यसैले चार्टर, राजा र ब्यारनको बिच भएको एक सम्झौता थियो, जुन सामन्तवादी प्रथामा आधारित थियो। चार्टरको दुई तिहाई धारा सामन्तहरूको कष्टको शुचि थियो। तर रचयिताहरूले परिपत्र द्वारा आफ्नो मागको अतिरिक्त सबै वर्गहरूलाई सन्तुष्ट गर्नको लागि प्रशासकीय सुधारहरू पनि समाहित गरेका थिए। चार्टरको उपयोगिता समाप्त भएपछि पनि , यसका धाराहरू सम्मनको दृष्टिले निकै समयसम्म हेरियो।

ऐतिहासिक कारण

चार्टर, राजा जोनद्वारा ब्यारन तथा सामन्तहरूमाथि वर्षौ सम्म लादिएको अन्यायपूर्ण कर र अत्याचारको परिणाम थियो। पोपसँग संघर्ष गरेपछि, जोनले पादरीहरूसँग पनि अत्याचारपूर्ण व्यवहार त्यहीँ मात्रामा जारी राखे। वस्तुत: राजाले समस्त जनताको प्रति एक नृशंसताको नीति अपनाए। फलत: राष्ट्रिय विद्रोहको भावना जागृत हुन थाल्यो। ब्यारन-सामन्त विद्रोहको प्रथम लक्षण १२१२ ई. मा परिलक्षित भयो किंतु वास्तविक अशान्ति त्यस समय फैलियो जब आर्कबिशप स्टेफनको नेतृत्वमा ब्यारनहरूले लण्डनमा सेन्ट पालको गोष्ठीमा आफूले भोगेका कष्टहरूमाथि छलफल गरे र हेनरी प्रथमद्वारा स्वीकृत चार्टरको आधारमा आफ्नो माग राखे। १२१४ मा फ्रान्सले राजा जोनलाई पराजित गरी शान्ति को लागि बाध्य बनाए। इङ्ल्यान्डमा फिर्ता आउँदा ब्यारनहरूको एक संघले आफ्नो मागको शुचि राजाको सामु प्र्मेश गर्यो। जोनले प्रस्ताव स्थापित गर्नको लागि झुटो प्रतिज्ञा गरे र यस बिच युद्धको तयारी सुरु गरे। विदेशबाट भाडाको सेना मगाए तथा चर्चलाई आफ्नो तर्फ मिलाउने प्रयास गरे। तर ब्यारनहरू शक्तिशाली भए। ब्यारनहरूको विद्रोहलाई सर्वसाधारण जनताले अधिक समर्थन र सहयोग गरे किनकि राजा जोनको विदेशी युद्ध तथा आंतरिक दमननीतिले आन्तरिक स्थितिलाई असह्य बनाइदिएको थियो। शक्तिसँग सामना गर्न असमर्थ भएर राजा जोन चार्टरमा हस्ताक्षर गर्न बाध्य भए।

==चार्टरका धाराहरू== धारा १ मा चर्चको स्वतन्त्रता सम्बन्धी विषय

परिणाम र प्रभाव

हस्ताक्षर गरेपछि चार्टरको प्रतिहरू प्रत्येक सामन्त एवं पादरीहरूको प्रदेशमा वर्षमा दुई पटक उच्च स्वरमा सार्वजनिक घोषणा कि लागि पठाइयो। राजा जोनले यद्यपि हस्ताक्षर गरे पनि , कार्यान्वित गर्न आपति प्रकट गरे। उनले पोपलाई एक विशेष पोपादेश द्वारा यस चार्टरलाई अवैध सिद्ध गर्न अनुरोध गरे। भाडाको सैनिक एकत्रित गरेर ब्यारनहरू विरुद्ध युद्धको घोषणा गरे। एक वर्षसम्म गृहयुद्ध चल्यो र १२१६ ई.मा जोनको मृत्यु भएपछि गृहयुद्ध बन्द भयो। राजा जोनको मृत्यु पछि, चार्टरको अन्तर्कालीन धाराहरू हटाएर, पुनर्घोषित गरियो। १२२५ ई. मा केहि परिवर्तन उपरान्त चार्टरको फेरि घोषणा भयो। एडवर्ड षष्टम् सम्म प्रत्येक माध्यमिक युगका शासकले चार्टरलाई वैध बताए।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

म्याग्ना कार्टा परिचयम्याग्ना कार्टा ऐतिहासिक कारणम्याग्ना कार्टा परिणाम र प्रभावम्याग्ना कार्टा यो पनि हेर्नुहोस्म्याग्ना कार्टा सन्दर्भ सामग्रीहरूम्याग्ना कार्टा बाह्य कडीहरूम्याग्ना कार्टाबेलायतरोमन भाषा

🔥 Trending searches on Wiki नेपाली:

खप्तड बाबाकर्मचारी सञ्चय कोषगर्भपतनसंविधान सभा निर्वाचन २०७०चितवन राष्ट्रिय निकुञ्जनेपालका प्रधानमन्त्रीहरूको सूचीसमाजशास्त्रविकिमिडिया फाउन्डेसननेपालका राजानेवार जातिक्षेत्रीनजिरविराटनगर महानगरपालिकाबागमती नदीसामुदायिक वनगोत्रनेवारी भाषाभलिबलबालश्रमसन्दीप लामिछानेनेपाल-भारत सम्बन्धनेपालका तालहरूको सूचीदार्चुला जिल्लाशिक्षासदर चिडियाखाना, नेपालरत्ननगर नगरपालिकावित्तीय विवरणहरूनेपाली साहित्यको इतिहाससङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)समाजमहादेशचिठीनेपाल रेडक्रस सोसाइटीपुतलीवेदान्तवडा कार्यालय (नेपाल)जनसाङ्ख्यिकीय लाभांशकाफलनेपालको संस्कृतिवासुकी इन्डिकस्एकोद्दिष्ट श्राद्धललितपुर महानगरपालिकानेपालमा महिलाको अवस्थाअन्नप्राशन संस्कारनेपालका जातिहरूनेपालको निसानछापब्याडमिन्टननेपाली समालाेचनाकाे आधुनिक कालउखान-टुक्कादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनआयुर्वेदवीरेन्द्रनगर नगरपालिकावेब खोज संयन्त्रसुगौली सन्धितराईमिकी माउसशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जब्राह्मणसमूहइलाम नगरपालिकानेपालका दलित वर्गमा पर्ने थरहरूरगतअर्थशास्त्रकोदोचतराधामट्रेड युनियननेपालमा दूरसञ्चार सेवानेपाली परम्परागत नापका इकाईनेपाल सम्वत्कुम्भ मेलाजिल्ला समन्वय समितिसिन्धु घाटीको सभ्यताविद्युतभारद्वाज गोत्ररवि लामिछाने🡆 More