शिक्षा

शिक्षालाई समान्री भाषामा ज्ञान प्राप्त गर्नु वा सिक्नु भन्ने हुन्छ । शिक्षा संस्कृत भाषाको शिक्ष् धातूबाट उधृत गरिएको हो , जसको अर्थ सिक्नु वा सिकाउनु हुन्छ । त्यस्तै शिक्षालाई अङ्ग्रेजीमा Education भनिन्छ। Education शब्द Latin भाषाको Edu र Catum मिलेर बनेको हो । Edu को अर्थ आन्तरिक र Catum को अर्थ बाहिर निकाल्नु हुन्छ। Educationबाट Educere,Educare,हुँदै Education भ‍‍एको हो ।

शिक्षा अदान प्रदान गर्ने प्रक्रिया प्राचीन काल देखि चलिदै आएको छ । "विद्यालयको चौघेराभित्र रहेर दिइने औपचारिक शिक्षालाई मात्र शिक्षा हो" भन्नुलाई शिक्षाको संकुचित अर्थका रूपमा लिईन्छ

भने मानिस जन्मिएदेखि मृत्युपर्यन्त प्राप्त गरिने सम्पुर्ण अनुभवलाई शिक्षा भनिन्छ भन्नु शिक्षाको ब्यापक अर्थ हो।

यसरी हेर्दा शिक्षा भनेको जिवनपर्यन्त चलिरहने प्रक्रिया हो । जसअन्तर्गत ब्यक्तिको बौद्दिक,शारीरिक,सामाजिक,आर्थिक,भौतिक,नैतिक आदि सम्पुर्ण पक्षको वा ब्यक्तिको सर्वाङ्गीण विकास गराउनु नै शिक्षा हो भनिनु शिक्षाको बास्तबिक अर्थ हो।

शिक्षाका केही बहुचर्चित परिभाषाहरू निम्नानुसार छन

पृथ्बीमा ज्ञानभन्दा शुद्द अरु केही छैन ‍‍‍-भागवत गीता

आत्मानुभुती नै शिक्षा हो - शंकराचार्य

प्रत्येक मानिसको मष्तिष्कमा अदृष्य रूपले बिद्यमान संसारको त्यो सर्वमान्य विचारलाई प्रकाशमा ल्याउनु नै शिक्षा हो -सुकरात

शिक्षा भनेको मानिसको आन्तरीक शक्तिको स्बभाविक, सर्वाङ्गीण र प्रगतिशिल विकास हो -पेस्तालोजी

"शिक्षा सबैभन्दा शाक्तिशाली हतियार हो, जसलाई चलाई तिमी संसार बदल्न सक्छौ।"-नेल्सन मण्डेला

ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति हो। शिक्षाले मानिसालाई अन्धकारबाट उज्यालो तर्फ लम्काउँछ। शिक्षा निरन्तर चलीरहने प्रक्रिया हो। यो जन्मे देखि नमरुन्जेलसम्म कुनै न कुनै रूपमा चलिरहेको हुन्छ। ज्ञान सिकाउने तथा विद्यार्थीलाई पढ्न सघाउने काम शिक्षक, गुरु तथा अध्यापकले गर्दछन्। शिक्षा धेरै किसिमको हुन्छ।


शिक्षाका प्रकार

  • साधारण शिक्षा
  • विशिष्ट शिक्षा
  • प्रत्यक्ष शिक्षा
  • अप्रत्यक्ष शिक्षा
  • ब्यक्तिगत शिक्षा
  • सामुहिक शिक्षा

साधारण शिक्षा कुनै पनि व्यक्तिले आफ्नो जीवनको बारेमा प्राप्त गरेको आधारभुत शिक्षा लाइ साधारण शिक्षा भनिन्छ। यस्तो शिक्षाले व्यक्तिलाई साधारण जिवन जिउने आधार दिन्छ।तर विशिष्ट सीप दिदैन।

सन्दर्भ सामग्रीहरू

शिक्षा नै मानवको तेस्रो अँखा हो।तर आधुनिक ब्याक्तित्व हरूले यसलाई पहिलो आखा नै भन्न रुचाउँछन् किनभने दृश्टिबिहिन ब्यक्तिहरु पनि यसैको कारणले गर्दा नै चर्चामा आइरहेका छन। त्यस्तै गरी शिक्षालाई मुख्य तया तीन प्रकारका छन जुन देहाय बमोजिम छन: १)औपचारिक शिक्षा (formal education) २)अनौपचारिक शिक्षा ( non-formal education ) ३)अनियमित शिक्षा (informal education )

  1. औपचारिक शिक्षा : औपचारिक शिक्षा भनाले कक्षाकोठामा आधारित शिक्षा बुझिन्छ, जुन हामी गुरु वा शिक्षित व्यक्तिबाट हासिल गर्छौ‌‌‍‌। हामी औपचारिक शिक्षा बिध्यालयबाट प्राप्त गर्छौ।
  2. अनियमित शिक्षा: अनियमित शिक्षा भनाले त्यों शिक्षा बुझिन्छ , जुन शिक्षा हामी संरचित पाठ्यक्रम भन्दा बाहिर हासिल गर्छौं।
  3. अनौपचारिक शिक्षा:औपचारिक र अनियमित शिक्षा को कमिलाई पुरागर्न नयाँ शिक्षाको विकास गरियो जसलाई अनौपचारिक शिक्षा भनिन्छ। यस किसिमको शिक्षा दुवै औपचारिक शिक्षा र अनियमित शिक्षाको मिश्रणबाट बनेको हुन्छ ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपालको अर्थतन्त्रबौद्धनाथअधिवक्ताकालिञ्चोक भगवतीरामसार क्षेत्रअगमसिंह गिरीस्वयम्भूनाथराणा शासनकैलास पर्वतनेपालको पञ्चवर्षीय योजनाअक्षांशसल्यान जिल्लाधीरेन्द्र प्रेमर्षिचौबिसी राज्यहरूपृथ्वीनारायण शाहकर्मचारी सञ्चय कोषमोतीराम भट्टबाथदेवकुमारी थापान्यायिक समितिगुठीचेककार्यसम्पादन मूल्याङ्कनजापानकिशोरावस्थाइस्लाम धर्मनेपालमा महिलाको अवस्थाभलिबलफौजदारी कानुनफुटबल खेलमेसोपोटामियाको सभ्यताहोलीओखलढुङ्गा जिल्लाकथानवलपरासी जिल्लाज्योतिषमार्क्सवादनेपालका कूटनीतिक नियोगहरूको सूचीवीरेन्द्र वीरविक्रम शाहशक्ति पृथकीकरणसिद्धिचरण श्रेष्ठविश्व स्वास्थ्य सङ्गठनमानव विकास चरणसङ्गठनटिमुरशाह वंशचाणक्यनारायणहिटी दरबार सङ्ग्रहालयछठसार्की जातिबिरालोनेपालका राष्ट्रिय विभूतिहरूनेपालका दलित वर्गमा पर्ने थरहरूचन्द्र शमशेर जङ्गबहादुर राणासाकेला नाचसाम्यवादरेखा थापाडिजिटल साक्षरताव्यवसायमुख्य पृष्ठतामाङ जातिसमयउपनिवेशचन्द्रमाएघारौँ राष्ट्रिय जनगणना २०६८लाली गुराँसनेपालका विश्वविद्यालयहरूको सूचीमाछादोलखा जिल्लाजनमत सङ्ग्रहकीर्तिपुर नगरपालिकाफ्लोरेन्स नाइटिङ्गेलसिमसारनीमसौर्यमण्डलकोलेस्टेरोलमानव विकास सूचकाङ्क🡆 More