सन्दीप लामिछाने: नेपाली क्रिकेट खेलाडी

सन्दीप लामिछाने (अङ्ग्रेजी: Sandeep Lamichhane, जन्म: २०५७ साउन १८) एक भूतपूर्व नेपाली क्रिकेट खेलाडी हुन् जो नेपाली राष्ट्रिय क्रिकेट टोलीको लागि खेल्थिय। दायाँ हाते स्पिन बलर, लामिछानेले इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स, बिग ब्यास लिगमा होबार्ट हुरिकेन र पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर सहित विश्वभर आयोजना हुने प्रमुख ट्वान्टी२० खेल प्रतियोगिताहरूमा खेल्ने गर्दछन्। साउन २०७५ मा, लामिछानेले गिती सङ्ग्रह प्रतीक्षामा समावेश उनको पहिलो गीत उदाश थियो जारी गरेका थिए।

Sandeep lamichhane (Sandy) सन्दीप लामिछाने
सन्दीप लामिछाने: प्रारम्भिक जीवन, खेलजीवनको सुरुवात, टी-२० खेलजीवन
सन्दीप लामिछाने सन् २०१८ मा
व्यक्तिगत जानकारी
नामSANDEEP AKA SANDY
जन्म (2000-08-02) २ अगस्ट २००० (उमेर २३)
आरुचौर, स्याङ्जा , नेपाल
ब्याटिङदायाँ-हाते
बलिङलेग स्पिन गुग्ली
भूमिकाAll-rounder
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
  • NEPAL (वि.सं २०७३–२०८०)
एदिअ पदार्पण (क्याप )१६ साउन २०७५ v नेदरल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२९ माघ २०६७ v अमेरिका
टि२०आई पदार्पण (क्याप २०)१७ जेठ २०७५ v वेस्ट इन्डिज
अन्तिम टि२०आई२१ फागुन २०७६ v थाइल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
वि.सं २०७५—हालदिल्ली क्यापिटल्स
२०७५सेन्ट किट्स र नेभिस प्याट्रियट्स
२०७५नरङ्हार लेओपार्ड
२०७५-२०७७मेलबर्न स्टार्स
२०७६सिलेट सिक्सर्स
२०७६लाहोर कलन्दर
२०७६बार्बाडोस ट्रिडेन्ट्स
२०७६जमैका तलवाह
खेल जीवन तथ्याङ्क
प्रतियोगिता वनडे ट्वान्टी२० सूची क टी-२०
म्याच १० २१ ८८
कुल रन ७८ २४ ११४ ६३
ब्याटिङ औसत १३.०० ४.०० ९.५० ४.८४
१००/५० ०/० ०/० ०/० ०/०
सर्वोच्च स्कोर २८ २८ १०*
कुल बल ५३५ ४५६ १,६५० २,१२४
विकेट २३ ३४ ६५ ११७
बलिङ औसत १६.३० १४.५५ १७.३३ १८.१५
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट
उत्कृष्ट बलिङ ६/१६ ४/२० ६/१६ ४/१०
क्याच/स्टम्प २/– ३/– १०/– १४/–
स्रोत: क्रिकइन्फो, २०७७ असोज २७

सन्दीपले सन् २०१८ मा आइसिसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिज विरुद्ध टि२० मा पदार्पण गरेका थिए। संयुक्त टोलीको प्रतिनिधित्व गर्दै टि२० अन्तर्राष्ट्रिय पदार्पण गर्ने उनी पहिलो नेपाली क्रिकेट खेलाडी समेत हुन्। उनी सन् २०१८ अगस्तमा नेदरल्यान्ड विरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने एघार क्रिकेट खेलाडी मध्ये एक थिए।

प्रारम्भिक जीवन

सन्दिप लामिछानेको जन्म स्याङ्जाको आरुचौर-तालपोखरीमा वि.सं. २०५७ साउन १८ गते भएको थियो। सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारतमा ४ कक्षासम्म पढ्ने क्रममा सन्दिपको क्रिकेट खेलसँग परिचय भएको थियो। सन्दिपले चितवनको नारायणगढ स्थित चितवन क्रिकेट एकेडेमीबाट क्रिकेट सिकेका थिए जहाँ उनलाई पूर्व कप्तान राजु खड्काले क्रिकेट सिकाएका थिए। तात्कालिक राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा प्रशिक्षणको लागि आएको बेलामा उनी सन्दिपको बलिङबाट प्रभावित हुँदै १९ वर्ष मुनिको टोलीमा छनोट गरेका थिए।

खेलजीवनको सुरुवात

उनले २०७३ वैशाख ४ मा, नामिबिया विरुद्ध सन् २०१५-१७ आइसिसी विश्व क्रिकेट लिग प्रतियोगितामा पदार्पण गरेका थिए। पहिलो खेल पश्चात्, उनलाई नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टोलीमा छनोट गरिएको थियो। आयरल्यान्ड विरुद्धको उनको दोस्रो खेलमा, उनले ह्याट्रिक गर्दै ५ विकेट लिएका थिए जसले गर्दा उनी १९ वर्ष मुनिको टोलीमा, ह्याट्रिक गर्ने पाँचौँ खेलाडी बनेका थिए।

प्रतियोगिताको समाप्तिमा, औसत विकेट दर १७.०७ र स्ट्राइक दर २१.९ को साथ उनले १४ विकेट लिँदै प्रतियोगिताको दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। सेप्टेम्बर २०१६ मा, पूर्व अस्ट्रेलियाली कप्तान माइकल क्लार्कले लामिछानेलाई अस्ट्रेलियामा, सिड्नीमा रहेको वेस्टर्न सबर्ब क्लबबाट खेल्नका लागि आमन्त्रण गरेका थिए। सन् २०१७ एसिसी १९ वर्षमुनिको एसियाली प्रतियोगितामा, उत्कृष्ट प्रदर्शन गरेका सन्दीपलाई खेलको उत्कृष्ट खेलाडीको रूपमा चयन गरिएको थियो। सोही प्रतियोगितामा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित कायम गरेको थियो।

टी-२० खेलजीवन

सन् २०१८ जनवरीमा, उनी सन् २०१८ को इन्डियन प्रिमियर लिगमा लिलामीका लागि खेलाडीहरूको सूचीमा समावेश भएका थिए। उक्त लिलामीमा उनलाई दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेको थियो र इन्डियन प्रिमियर लिगमा अनुबन्धन प्राप्त गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हस्ताक्षरको कारण भारत र नेपाल बीचको सम्बन्ध थप सुदृढ भएको टिप्पणी गरेका थिए।

सन् २०१८ मार्चमा, उनी क्यारिबियन प्रिमियर लिगमा सेन्ट किट्स र नेभिस प्याट्रियट्स नामक क्लबमा खेल्नका लागि छनोट भएका थिए।सोही वर्षको में महिनामा, उनले इन्डियन प्रिमियर लिगमा दिल्लीको लागि पहिलो खेल खेलेका थिए। इन्डियन प्रिमियर लिगमा खेल्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका सन्दीपले, उनले पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरको विरुद्धमा २७ रन खर्चेर एक विकेट लिएका थिए। सो प्रतियोगिता भरि उनले जम्मा ३ खेल मात्र खेलेर उनले ५ विकेट लिन सफल भएका थिए। सन् २०१८ जुनमा लामिछाने मोन्ट्रियल टाइगर्सको लागि टी२० क्यानाडा प्रतियोगिताको उद्घाटन संस्करणमा खेल्नका लागि चयन भएका थिए। प्रतियोगितामा उनले १९.६२ को बलिङ औसतसहित खेलेका सम्पूर्ण ५ खेलमा ८ विकेट लिन सफल भएका थिए। सन् २०१८ सेप्टेम्बरमा, उनलाई अफगानिस्तान प्रिमियर लिग प्रतियोगिताको पहिलो संस्करणमा नङ्गरहार लेओपार्ड्स नामक टोलीमा भित्रिएका थिए जहाँ उनले प्रतियोगिताभरि एक खेल मात्र खेलेका थिए।

सन् २०१८ अक्टोबरमा, उनलाई बिग ब्यास लिगका लागि मेलबर्न स्टार्सद्वारा हस्ताक्षर गरिएको थियो। उक्त खेलमा सहभागी हुने पनि उनी एकमात्र नेपाली खेलाडी हुन्। पछि सोही महिना, उनलाई सन् २०१८-२०१९ बङ्गलादेश प्रिमियर लिगमा सिलेट सिक्सर्सका लागि छनोट गरिएको थियो। सन् २०१८ नोभेम्बरमा, लामिछानेलाई पाकिस्तान सुपर लिगको चौथो संस्करणमा लाहोर कलन्दरस टोलीमा छनोट गरिएको थियो। सन् २०१९ मार्चमा, सन् २०१९ इन्डियन प्रिमियर लिग प्रतियोगिता अगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्द्वारा सुझाव गरिएका आठ खेलाडीहरू मध्ये उनी एक हुन्। त्यसको अघिल्लो महिना, लामिछानेले इन्डियन प्रिमियर लिगमा खेल्नु उनको लागि ठूलो पाठ भएको र यसले उनको क्रिकेट खेल जीवन परिवर्तन गरेको बताएका थिए।

सन् २०१९ जुनमा, उनी टोरोन्टो राष्ट्रिय टोलीमा आबद्ध भएका थिए जहाँ उनले सन् २०१९ टि२० क्यानडा प्रतियोगितामा खेल्ने अवसर प्राप्त गरेका थिए। सन् २०२० जुलाईमा, उनलाई जमैका तालवाज नामक टोलीमा छनोट गरिएको थियो जहाँ उनले यस टोलीको प्रतिनिधित्व गर्दै सन् २०२० क्यारिबियन प्रिमियर लिगमा खेलेका थिए। सन् २०२० नोभेम्बरमा, उनलाई सन् २०२०-२१ बिग ब्यास लिग क्रिकेट प्रतियोगितामा, होबर्ट हुरिकान्सको लागि छनोट गरिएको थियो। सन् २०२१ मार्चमा लामिछानेलाई ओर्सेस्टरसायरले इङ्ल्यान्डमा सन् २०२१ टी-२० ब्लास्ट खेल्नको लागि अनुबन्धित गरेको थियो। यद्यपि जुन २०२१ मा उनलाई संयुक्त अधिराज्यको लागि कार्य प्रवेशाज्ञा अस्वीकार गरेपछि ओर्सेस्टरसायरले उनलाई रिहा गरेको थियो। सन् २०२२ जुलाईमा उनलाई लङ्का प्रिमियर लिगको तेस्रो संस्करणको लागि दाम्बुला जायन्ट्सले हस्ताक्षर गराएको थियो।

अन्तर्राष्ट्रिय खेलजीवन

सन् २०१८ जनवरीमा, उनलाई सन् २०१९ आईसीसी विश्व क्रिकेट लिग द्वितीय विभागमा नेपालको टोलीमा छनोट गरिएको थियो। नामिबिया विरुद्ध टोलीले खेलेको आफ्नो पहिलो खेलमा, सन्दीपले ४ विकेट लिँदै १८ रन खर्चिएका थिए भने उनलाई खेलको सर्वोत्कृष्ट खेलाडीको रूपमा पुरस्कार प्रदान गरिएको थियो। उनले उक्त खेलमा, वसन्त रेग्मीसँग अन्तिम विकेटको लागि १८ रनको महत्वपूर्ण साझेदारी गरे जसको कारण नेपालले नामिबियालाई १ विकेटले पराजित गर्न सफल भएको थियो।

संयुक्त अरब इमिरेट्ससँगको तेस्रो खेलमा, विरोधी टोलीलाई ११४ रनमा रोक्नको लागि सन्दीपले ३० रन दिएर महत्वपूर्ण तीन विकेट लिएका थिए। नेपालले आफ्नो ६ विकेट गुमाउँदै २८.५ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको थियो।

केन्याविरुद्धको चौथो खेलमा, सन्दीपले पाँच विकेट लिएर खेलको उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका थिए।लामिछानेको उत्कृष्ट प्रदर्शनका कारण उनलाई आइसिसी विश्व क्रिकेट लिग द्वितीय विभागको सर्वोत्कृष्ट खेलाडीको रूपमा घोषित गरिएको थियो। सन्दीपले प्रतियोगिताभर ६ खेल खेल्दै १७ विकेट लिन सफल भएका थिए।

सन् २०१८ फेब्रुअरीमा, अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले लामिछानेलाई सन् २०१८ क्रिकेट विश्वकप छनोट खेलको उत्कृष्ट दश खेलाडीको रूपमा चयन गरेको थियो। प्रतियोगिता पश्चात्, परिषद्ले लामिछानेलाई उदीयमान खेलाडी घोषित गरेको थियो। सन् २०१८ मे महिनामा, उनले आईसीसी विश्व ११ बाट खेल्दै वेस्ट इन्डिविरुद्ध टी-२० मा पदार्पण गरेका थिए।

सन् २०१८ जुलाईमा, नेपालले नेदरल्यान्ड विरूद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियको शृङ्खलाको लागि उनलाई नेपाली टोलीमा सामेल गरेको थियो। क्रिकेट विश्वकप छनोटको बेलामा, एकदिवसीय खेल खेल्ने मान्यता प्राप्त गरेपछि नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो। खेल अगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले उनलाई नेपालको लागि मुख्य खेलाडीका रूपमा नामकरण गरेको थियो। सन् २०१८ जुलाईमा, उनले नेदरल्यान्ड विरुद्धको एमसीसी त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपालको लागि टी २० खेलमा पदार्पण गरेका थिए। उनले सन् २०१८ अगस्त १ (वि.सं. २०७५ साउन १६) मा नेदरल्यान्ड विरूद्ध नेपालको लागि एकदिवसीय खेलमा पदार्पण गरेका थिए।

सन् २०१८ अगस्तमा, उनी सन् २०१८ एसिया कप छनोट प्रतियोगिताको लागि नेपालको टोलीमा अटाउन सफल भएका थिए। सन् २०१८ अक्टोबरमा, उनलाई आइसिसी विश्व ट्वान्टी २० एसिया छनोट प्रतियोगिताको लागि पूर्वी उप-क्षेत्रीय समूहमा नेपालको टोलीमा राखिएको थियो। प्रतियोगिताको क्रममा उनी अग्रणी विकेट लिने खेलाडी बनेका थिए जहाँ उनले खेलेका सम्पूर्ण ६ खेलमा २४ विकेट लिन सफल भएका थिए।

सन् २०१९ जुनमा उनलाई सन् २०१८-१९ आइसीसी टि२० विश्वकप एसिया छनोट प्रतियोगिताको क्षेत्रीय फाइनलका लागि नेपालको टोलीमा राखिएको थियो।मेरिलबोन क्रिकेट क्लबको नेपाल भ्रमणको क्रममा उनले मेरिलबोन क्रिकेट क्लबको विरुद्ध नेपालको लागि सन् २०१९ नोभेम्बर ६ (वि.सं. २०७६ कार्तिक २०) मा प्रथम श्रेणीको नेपाली खेलाडीको रूपमा खेलमा पदार्पण गरेका थिए। सन् २०२० फेब्रुअरी १२ (वि.सं. २०७६ माघ २९) मा, सन् २०२० नेपाल त्रि-राष्ट्र शृङ्खला संयुक्त राज्य अमेरिका विरुद्धको खेलमा लामिछानेले एकदिवसीय खेलमा पहिलो पटक ६ विकेट लिएका थिए। सन् २०२० फेब्रुअरी २९ (वि.सं. २०७६ फागुन १७) मा, सन् २०२० एसिया कप छनोट खेलको पूर्वी क्षेत्र समूहमा मलेसियाको विरुद्धको खेलमा लामिछाने ट्वान्टी २० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली बलर बनेका थिए। सन् २०२० सेप्टेम्बरमा, उनी सहित नेपालका १८ जना क्रिकेट खेलाडीहरूलाई नेपाल क्रिकेट सङ्घले केन्द्रीय अनुबन्धनमा हस्ताक्षर गरेको थियो।

सन् २०२१ अक्टोबर ११ का दिन लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले महिनाको उत्कृष्ट खेलाडी घोषित गरेको थियो। सन् २०२१ को डिसेम्बरमा नेपाल क्रिकेट सङ्घले पूर्वउपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ज्ञानेन्द्र मल्ललाई अनुशासन तोडेको भन्दै बर्खास्त गरेपछि लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको नयाँ कप्तान घोषणा गरेको थियो।

व्यक्तिगत जीवन

सन्दीप लामिछानेले १४ चैत २०७६ मा, कोरोना राहत कोषमा रू. १ लाख दिने घोषणा गरेका थिए। उनलाई २०७७ मङ्सिरमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसको १५ दिन पश्चात् उनी सङ्क्रमण मुक्त भएका थिए।

विवाद

सन्दीप लामिछानेविरुद्ध एक किशोरीले २०७९ भदौ २१ गते जबर्जस्ती करणी गरेको आरोप लगाएर प्रहरी वृत्त गौशालामा किटानी जाहेर दर्ता गराएकी थिइन्। उक्त घटना पश्चात् नेपाल क्रिकेट सङ्घले उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरेको थियो।

सम्मान

  • राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी सङ्घको वर्षको उत्कृष्ट युवा खेलाडी: सन् २०१७
  • क्रिकेट खेलाडी सङ्घ नेपाल उत्कृष्ट वर्ष क्रिकेट खेलाडी: सन् २०१८

सन्दर्भहरू

बाह्य कडीहरू

Tags:

सन्दीप लामिछाने प्रारम्भिक जीवनसन्दीप लामिछाने खेलजीवनको सुरुवातसन्दीप लामिछाने टी-२० खेलजीवनसन्दीप लामिछाने अन्तर्राष्ट्रिय खेलजीवनसन्दीप लामिछाने व्यक्तिगत जीवनसन्दीप लामिछाने विवादसन्दीप लामिछाने सम्मानसन्दीप लामिछाने सन्दर्भहरूसन्दीप लामिछाने बाह्य कडीहरूसन्दीप लामिछाने

🔥 Trending searches on Wiki नेपाली:

अगमसिंह गिरीहिमालयन बैंक लिमिटेडभलिबलविकिमिडिया कमन्सनारायणहिटी दरबार सङ्ग्रहालयऐँसेलुस्वास्थ्यबैतडी जिल्लामकै पर्वहरितगृह प्रभावखस जातिगाउँ सभानेपाल सरकारधर्मन्युटनको गतिका नियमहरूबीमाॐ मणि पद्मे हूँपाठ्यक्रमचन्द्रमासगरमाथायोगमाया न्यौपानेसंयुक्त राज्य अमेरिकागणितउखान-टुक्काराजतन्त्ररामकृष्ण शर्मानेपालको लोकतन्त्र दिवसराई जातिकाठमाडौँ जिल्लागाईतारा ताललम्कीचुहा नगरपालिकापश्चिम रुकुम जिल्लासंस्कारकाँक्रे विहारनेपालको सैन्य दर्जादुधअन्तर्राष्ट्रिय नारी दिवसविक्रम सम्वत्आमा (वि.सं. २०२१ चलचित्र)शिखरिणी छन्दतामाङ जातिसरस्वतीरामकृष्ण ढकालनेपालको सङ्घीय संसदरामायणक्रोकस सिटी हलमा आक्रमणमुख्यमन्त्री (नेपाल)नेपालमा कृषिमधेश प्रदेशविराट कोहलीभौतिक विज्ञानपुष्पकमल दाहालबज्रयोगिनी मन्दिरमूल्य अभिवृद्धि कररेडियोपानीगुगलबेलरुपन्देही जिल्लानम्रता श्रेष्ठअष्ट चिरञ्जीवीआगोपर्यटननेपालका राजाहरूको सूचीनेपालका गाउँपालिकाहरूविश्व व्यापार सङ्गठनवनस्पतिअरिजीत सिंहविश्वका अग्ला हिमालहरूसमाससन्दुक रुइतसहकारीमारुनी नाचसुनपारिस्थितिक प्रणालीसीता🡆 More