सन्दुक रुइत: नेपाली आँखा डाक्टर

डा.

सन्दुक रुइत (BS) २०११ भदौ १९, शनिवार मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति 'रुईतेक्टोमी'का सुरुवातकर्ता पनि हुन। उनले आपनै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गरेका छन्। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई आज देश–दुनियाँमा ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

सन्दुक रुइत
सन्दुक रुइत: परिवार र प्रारम्भिक जीवन, तिलगंगा आँखा केन्द्र, अन्य देशहरूमा रुइतेक्टोमि
डा. सन्दुक रुइत
जन्मसन् १९५५
ताप्लेजुङ
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशाOphthalmologist [Eye Surgeon]
जीवनसाथीनन्दा रुइत
सन्तानएक छोरा दुइ छोरीहरू
वेबसाइटwww.tilganga.org

परिवार र प्रारम्भिक जीवन

डा. रुइत तमोरखोलाको शिरमा रहेको ओलाङचुङ गोलामा हुर्किए, जहाँ पुग्न अहिले पनि जिल्ला सदरमुकामबाट चार दिन लाग्छ। बुबा सोनाम, नेपाल-तिब्बतबीच नुन, चामल, घोडा, च्याङ्ग्रा व्यापार गर्नुहुन्थ्यो। बुबाका ६ मध्ये तीन छोराछोरी कलिलैमा बिते। डाक्टर् बन्ने सपना भएका उनी जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुगे। त्यहाँको मिसनरी स्कूल सेन्ट रोबर्ट्समा भर्ना भएँ। सन् १९६२मा चीन-भारतबीच सीमा युद्ध भयो र ती युद्धसँगै दार्जलिङका स्कूल बन्द भए। उनलाई बुबाले काठमाडौँ ल्याउनुभयो र सिद्धार्थ वनस्थली स्कूलमा भर्ना गरिदिनुभयो। सन् १९७०मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास भए।

त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा 'जनरल फिजिसियन'का रूपमा तीन वर्ष बिताए। फेरि भारत गए र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाले। तीन वर्ष एम्समा पढेपछि १९८४मा नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागीरे भए। त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए। अस्ट्रेलिया बसेकै वेला उनलाई अमेरिका-युरोप-अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो। उनले ती प्रस्तावलाई हेरेनन् र नेपालमै आए।

तिलगंगा आँखा केन्द्र

मुख्य लेख तिलगंगा आँखा केन्द्र

उनले एउटा hello guys आँखा अस्पतालको सपना देखेको थिए, जसलाई अस्ट्रेलियाका डा.हलोजले साथ दिए। यो अस्पताल खोल्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा.रीता गुरुङलगायतले साथ दिएका थिए। यसरी १९९४ जुनमा जन्मियो-तिलगंगा आँखा केन्द्र जुन अस्पताल अहिले मानव संसाधन तालीम केन्द्र बनेको छ।

अन्य देशहरूमा रुइतेक्टोमि

उनले धेरै बिकसोन्मुख देशहरूमा गएर आफ्नो सेवा दिएका छन्। उत्तर कोरियामा उनले गरेको काम नेशनल जियोग्राफिकले एउटा वृतचित्रको रूपमा प्रसारण गरेको थियो

पुरस्कार तथा सम्मान

सन्दर्भ सामग्रीहरू

बाह्य सामाग्रीहरु

Tags:

सन्दुक रुइत परिवार र प्रारम्भिक जीवनसन्दुक रुइत तिलगंगा आँखा केन्द्रसन्दुक रुइत अन्य देशहरूमा रुइतेक्टोमिसन्दुक रुइत पुरस्कार तथा सम्मानसन्दुक रुइत सन्दर्भ सामग्रीहरूसन्दुक रुइत बाह्य सामाग्रीहरुसन्दुक रुइततिलगङ्गा आँखा अस्पतालरमन म्याग्सेसे पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

राम शाहदशावतारप्रजननदरअर्घाखाँची जिल्लाभिरिङ्गीछिन्नमस्ता भगवतीमोतीराम भट्टभुटानसंस्कृतनेपालका विकास क्षेत्रहरूबहादुर शाहहात्तीपाइले रोगविश्वव्यापीकरणइटालीव्रतबन्धसम्भोगपाटन दरबार क्षेत्रकूटनीतिबाल विवाहविस्तृत शान्ति सम्झौतासूर्यविनायकनेपाली साहित्यको इतिहासवेदनेपाल वित्तीय प्रतिवेदन मानहरूसर्पग्लोबल आईएमई बैंकहनुमान जयन्तीमदन भण्डारी राजमार्गधरान उपमहानगरपालिकासमानुपातिक प्रतिनिधित्व प्रणालीभूपरिवेष्ठित राष्ट्रसंविधानपहिलो विश्वयुद्धराई जातिमनकामना मन्दिरॐ नमः शिवायगुरुप्रसाद मैनालीफिफाकार्यपालिकामहिला विरुद्धका हिंसाहरितगृह प्रभावसञ्चारमौरिससडेउडा गीतअन्तिम संस्कारकारकनेपालका नगरपालिकाहरूशिक्षा४२ सालको पर्वस्वरवर्ण र व्यञ्जनवर्णगायत्री मन्त्रमहाकाव्यश्रेष्ठसौर्यमण्डलसिन्धुली जिल्लाधर्मभक्त माथेमाअङ्कक्व्होलासोथार गाउँपालिकाभक्तपुर दरबार क्षेत्रप्रजातन्त्र दिवससेतो गुराँसलाली गुराँसनेपालको प्रमाणिक समयज्ञानेन्द्र वीरविक्रम शाहस्वास्थ्यसोह्र श्राद्धलेखनाथ पौड्यालअफ्रिकामहात्मा गान्धीसिद्धिचरण श्रेष्ठविकिप्रतिनिधि सभा (नेपाल)धरहराराजनीतिक दलविकिमिडिया कमन्सचार धामदूरसञ्चार🡆 More