बीमा (insurance) भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ ।
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा हुँदैन । त्यसैले भोलिका दिनमा हुनसक्ने जोखिमको न्यूनीकरण गर्न तथा भविष्यमा हुने जोखिम अरूलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानुनी विधि वा बीमा कम्पनीसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो ।
बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा सञ्चालन हुने तथा विदेशी ठूला कम्पनीसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनीहरू आधिकारिक, भरपर्दो र विश्वासीलो मानिन्छन् ।
'बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘जिम्मेवारी लिनु ।’ त्यसैले विश्लेषकहरूले बीमालाई ‘जोखिम हस्तान्तरण’ को रूपमा पनि लिने गरेका छन् ।
जोखिम हस्तान्तरण वा वितरण गर्ने विधि चिनियाँ र भारतीय व्यापारीहरूले क्रमशः ईसा पूर्वको तेस्रो र दोस्रो सहस्राब्दी रूपमा अभ्यास गरेका थिए। नदीमा यात्रा गर्ने चिनियाँ व्यापारीहरूले कुनै पनि जहाज पल्टिँदा नोक्सानीलाई सीमित गर्न धेरै जहाजहरूमा आफ्ना सामानहरू पुन: वितरण गर्थे ।
बिमाको अवधारणा ईसापूर्व तेस्रो शताब्दीका धर्मशास्त्र, अर्थशास्त्र र मनुस्मृति जस्ता हिन्दू शास्त्रहरूमा पनि पाइन्छ।
भविष्यको अनिश्वितता न्यूनिकरण
बीमाको उत्पत्ती कहिले र कहाँबाट भएको हो एकिन नभएता पनि विद्वानहरूको भनाइअनुसार ४५०० ईशापुर्व बेबिलोनिया, ग्रिस तथा रोम तिर प्रचलन थियो । आधुनिक जीवन बीमाको सुरुवात १५ औँ शताब्दीदेखि सुरु भएको र बीमाको जन्मदाता बेलायत भएको कुरा मानिन्छ । जीवन बीमा गर्ने पहिलो व्यक्ति विलियम गिबर्न (William Gibborn) हुन ।
बीमालाई जीवन बीमा, निर्जीवन बीमा र पुर्नबीमा गरी तीन किसिमले छुट्याइएको छ ।
यो एउटा लामो करार हो । जसले निश्चित भुक्तानी अवधिसम्म किस्ता तिरी बीमा अवधिको अन्त्यमा बोनस सहित भुक्तानी प्राप्त गर्दछ । यदि विमीतको बीमा समय अवधि बिचमै अकालमा मृत्यु हुन गएमा बीमा कम्पनीसँग भएको करारको आधारमा बीमा कम्पनीले विमीतको आश्रित परिवारलाई बोनस सहित विमाङ्क फिर्ता गर्दछ । यो नै बीमाको नियम हो । मानिसको जोखिमलाई ग्रहण गर्नुको साथ साथै यदि विमीतको अकालमा मृत्यु भयो भने उसको आश्रित परिवारको पनि जोखिम ग्रहण गर्दछ ।
बीमा समितिले ‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो ।
‘जीवन बीमा’ भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । मुलतः ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।
बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि (बिमा गर्ने व्यक्ति) बिमितले बीमा शुल्क तिर्नुपर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै (बिमा गर्ने व्यक्ति) बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।
निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यस अन्तरगत जीवन बीमा गर्ने व्यक्ति (बिमित) आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपी तोकिएको समय अवधि भित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । यदी बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटीएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।
सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमित (बीमा गर्ने व्यक्ति) ले बीमाशुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।
यो बीमा सम्पतिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुनको लागि गरिने करार हो । यसमा विमित कम्पनी वा व्यक्तिले बीमा गरिसकेपछि दुबै हानी नोक्सानी र जोखिमबाट मुक्ति प्राप्त गर्दछ । यो बीमामा बीमा गरिएको अवधिमा कुनै हानी नोक्सानी वा दुर्घटना भएमा बीमा कम्पनीले कुनै रकम तिर्नु पर्दैन ।
मानिसले आर्जन गरेको चल–अचल सम्पत्तिको सुरक्षा गर्नका लागि गरिने बीमा हो । जस्तै घर, उद्योग कलकारखाना, गाडी, मोटरसाइकल वा यस्तै प्रकारका सम्पत्ति हानी नोक्सानी भएमा सो को क्षतिपूर्ती होस् भनेर निर्जिवन बीमा गरिन्छ ।
यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरी तथा भूकम्प लगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानीको क्षतिपूर्ति प्राप्त गर्न तथा यस्ता जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति र राहत पाउन बीमा गर्ने गरिन्छ ।
यस अर्न्तगत व्यबसायीक कृषि र पशुपालनमा पनि बीमा हुने गर्दछ । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ ।
यसरी बीमा गरीसकेपछि तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने हुँदा बीमा गर्नु अत्यन्तै आवश्यक मानिन्छ ।
निर्जिवन बीमा अन्र्तगत सरकारले लघु बीमा कार्यक्रम पनि अनिवार्य गरेको छ । जसका लागि निर्जिवन बीमा कम्पनीहरूले पुल प्रकृयामा सञ्चालन गर्ने भएको छ । लघु बीमाका लक्षित वर्ग भनेको न्यून आम्दानी हुने मानिस हुन् । न्युन आम्दानी भएका सबै नागरिक सम्म पुग्न बीमा कम्पनीले अत्याधिक स्रोत र साधनको प्रयोग गर्नु पर्ने हुँदा बढि खर्चिलो बन्न जान्छ । त्यसैले कम्पनीहरूले पूल प्रणालीको अवधारणा अघि सारेका हुन् । हाल पुल म्यानेजरको रूपमा प्रुडेसियल इन्स्योरेन्स रहेका छन् ।
बीमाकाे पनि बीमा पुनर्बीमा हो । बीमा कम्पनीले आफुले उठाएको बिमीतरूको सम्पूर्ण जोखिम बहन गर्नु पर्ने भएकोले उक्त जोखिमलाई बीमा कम्पनीको माध्यमबाट अर्को कम्पनीमा बीमा गर्नु गराउनु नै पुर्नबीमा हो । हाल नेपालमा नेपाल पुर्नबीमा नामक एक मात्र पुर्न बीमा कम्पनी रहेको छ ।
This article uses material from the Wikipedia नेपाली article बीमा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.