अर्थ मन्त्रालय (अङ्ग्रेजी: Ministry of Finance) नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने नेपाल सरकारको सबैभन्दा उच्च सरकारी निकायहरू मध्येको एक हो। नेपालमा सर्वप्रथम वि.सं.
२००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनावद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो।
निकाय विवरण | |
---|---|
अधिकार क्षेत्र | नेपाल सरकार |
प्रधान कार्यालय | सिंहदरबार, काठमाडौ |
निकाय कार्यकारी |
|
मातृसंस्थाहरू |
|
वेबसाइट | www.mof.gov.np |
अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरूवात गर्यो। वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको सार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो।
कल्याणकारी राज्य व्यवस्थाको अवधारणा अनुरूप देशको उपलब्ध आर्थिक स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै सामाजिक न्यायको आधारमा आर्थिक उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाई स्वदेशी, निजी एवम् सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र एवम् आत्मनिर्भर गराउनु अर्थ मन्त्रालयको मूल उद्देश्य रहेको छ।
नेपाल सरकारको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनाको लक्ष्य, नीति र मार्गदर्शन अनुरूप वाषिर्क बजेटको माध्यमद्वारा देशको आर्थिक क्रियाकलापलाई योजनाबद्ध गरी निश्चित समय तालिकामा आबद्ध गर्नु र सरकारका कार्य र कार्यक्रमहरूलाई विभिन्न इकाईहरूमा व्यवस्थित गरेर साधनको सामयिक तथा समुचित उपयागे एवमं परिचालन गर्नु पनि यस मन्त्रालयको उद्देश्य रहेको छ।
नेपाल सरकारको (कार्य विभाजन) नियमावली, २०६४ बमोजिम अर्थमन्त्रालयको कार्यक्षेत्र र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ :
This article uses material from the Wikipedia नेपाली article अर्थ मन्त्रालय (नेपाल), which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.