किराँत काल नेपालको इतिहासको एक काल खण्ड हो, जुन समयमा नेपालमा किराँतीहरूले शासन गर्दथे। प्रथम किराँती राजा यलम्बरले किराँत अधिराज्यको स्थापना गरेका थिए। काठमाडौँ उपत्यकामा पाइएका नियोलिथिक उपकरणहरूबाट यो थाहा पाइन्छ कि नेपालमा मानिसको बसोबास कम्तिमा पनि ९ हजार वर्ष पहिलादेखि हुँदै आएको छ| यसले देखाएको छ कि मानिसहरू जुन शायद किराँत जातिका थिए लगभग २५०० वर्ष अगाडि यहाँ बसोबास गर्दथे। पुर्खाको कथन अनुसार हामी नौलाख किराँती जंगली र पहाडीहरूको एक भुमिपुत्र मुलबासी हो, जुन मध्य एसिया, भारत र हिमालयबाट आएर बस्न थाले। नेपालमा २७ देखि ३२ किराँत राजाहरूले करिब ८०० वर्ष शासन गरे भन्ने कुरा विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख गरिएको छ । ति किराँत राजा का सन्तानहरू मध्ये मा सुनुवार, देवान, राई, लिम्बु, याक्खा, गुरुङ, मगर, आदि इत्यादी जो नेपालमा मूल बासिको रुप मा चिनिन्छ। किराँतहरूको सम्पूर्ण दाजु, भाईहरु राजा हुने चलन चल्ती लाई किराँत शासन भनिन्छ: सबै ३२ किराँत राजा को एक सूची तल दिइएको छ ।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
काठमाडौँ पछि बनेपा, धुलिखेल, पाँचखाल केहि वर्ष राज्य गरेको प्रमाण भेटिन्छ त्यस पछि वल्लो किरात कोईच सुनुवारहरूले भोटेकोशी देखि दुधकोशी सम्म राज्य गरेको थिए सन् १७६८ पछि पृथ्वीनारायण शाहले वल्लो किराँत का कोइच राजासँग लडाई नगरी मुखिया पद दिने संझौता गरे पछि वल्लो किराँत सबै नेपाल राज्यमा गाभिएको थियो
माझ किराँत खम्बुवानका खम्बुहाङहरू लाई पनि राइ पद दिएर खम्बुवानलाई पनि नेपाल राज्यमा गाभे भने पल्लो किराँत मोराङ राज्य देवान (राजा)हरूले राज्य गरेको थिए,फेदाप लिम्बुवानका लिम्बुहरू पृथ्वीनारायण को पक्षमा युद्ध लडेका थिए भने धेरै समय सम्म पनि लडाई गर्दा पनि हारजित नभए पछि लिम्बु हाङ (राजा) र पृथ्वीनारायण शाह बिच नुनपानी सन्धि गरि लिम्बु हाङ (राजा)हरुलाई लिम्बुवान र सुब्बा पद दिई संझौता गरी पल्लो किराँत मोराङ राज्यलाई पनि नेपाल राज्यसँग गाभे ।
This article uses material from the Wikipedia नेपाली article किराँत काल, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.