नमस्ते

नमस्कार अथवा नमस्ते मा अभिवादन गर्ने एक प्रचलित चलन हो   । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा उनीसँग विदाई गर्ने समय, दुवैमाप्रयोग गरिन्छ। नमस्कार गर्ने समय व्यक्तिको पीठ आगाडि तर्फ झुकी, छातीको मध्यमा हात एक आपसमा जोडी, औंलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति ‘नमस्ते’ या ‘नमस्कार’ शब्द भन्दै अभिवादन गर्दछ । हातको यो मुद्रालाई नमस्कार मुद्रा भनिन्छ ।

नमस्ते अथवा नमस्कारको अर्थ

‘नमस्कार’ एक संस्कृत शब्द हो जुन संस्कृत को ‘नमः’ शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु । हाम्रो लेख ” मनुष्य कुन घटकले बनेको हुन्छ रु”, मा हामीले बताएका छौं कि प्रत्येक व्यक्ति भित्र परमात्मा ९ईश्वरीय तत्व० हुन्छजसलाई हामीआत्माभन्छौं । नमस्कार गर्ने समय एक व्यक्तिको आत्मा दोस्रो व्यक्तिको आत्मालाई अभिनन्दन अनि नमस्कार गर्दछ ।

‘नमस्ते’ अनि ‘नमस्कार’ शब्द पर्याय हुँदाहुँदै पनि ती दुवै बीच एक आध्यात्मिक अन्तर छ क्ष् नमस्कार शब्द नमस्ते भन्दा अधिक सात्विक छ

नमस्कार गर्नुको उद्देश्य

नमस्कार अर्थात अर्को व्यक्तिमा दैवी रूप देख्नु, यसले आध्यात्मिक शक्तिलाई बढ़ाउछ अनि दैवी चेतना आकर्षित गर्दछ । यदि नमस्कार यस्तो आध्यात्मिक भाव ले गर्ने कि हाम्रो सामुन्य व्यक्तिको आत्मालाई नमस्कार गरिरहेका छ, यसले हामीमा कृतज्ञता अनि भक्तिको भावना जागृत गर्दछ । यो आध्यात्मिक विकासमा सहायता गर्दछ ।

नमस्कार गर्ने समय यदि हामीयस्तो विचार राख्छौ कि “तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधीनस्त छु, मलाई कुनै पनि ज्ञान छौनअनि तपाई सर्वज्ञ हुनुहुन्छ”, यो अहंकार कम गर्नअनि विनम्रता बढ़ाउनमा सहायक हुन्छ ।

मुख्यतया नमस्कार तिन प्रकारका हुन्छन् ।

सामान्य नमस्कार: कुनै व्यक्तिसँग भेटिदा सामान्य तया दुवै हातलाई जोडेर नमस्कार गरिन्छ । प्रत्येक दिन कयौ मानिसहरूसँग भेटिन्छौ र हामी नमस्कार गर्छौ । यसप्रकारको नमस्कारलाई सामान्य नमस्कार भनिन्छ ।

पद नमस्कारः यस प्रकारको नमस्कार हामी आफनो परिवार, नाता, बृद्ध तथा बाबा आमाको पैतला छोएर गर्छौ । परिवार बाहेक गुरु तथा आध्यात्मिक व्यक्तिहरूको पैताला छोएर नमस्कार गर्ने गर्छौ ।

साष्टांग नमस्कार : यस प्रकारको नमस्कार मन्दिरहरूमा मात्र गरिन्छ । मठ मन्दिरमा देवि देवताको शरणमा गरिने नमस्कार साष्टांग नमस्कार हो । मंदिरमा नमस्कार गर्ने समयमा खाली खुट्टा हुनु पर्दछ ।

नमस्कार गर्नुको फाइदाहरु : राम्रो भावना र राम्रो तरिकाले गरिएको नमस्कारको पहिलो फाइदा यो हुन्छ कि यसले मनमा स्वच्छ भावनाको विकास हुन्छ । जसले गर्दा सकरात्मक सोचको विकास हुन्छ । नमस्कारले अर्को व्यक्तिले तपाईप्रतिको राम्रो भावनाको विकास गर्दछ । यसप्रकार नमस्कार आध्यात्मिक र व्यवहारिक दुवै तरिकाले फाइदाजनक छन । यसले अन्य ब्यत्ति प्रति नम्रत बढ्छ साथै मन्दिरमा नमस्कार गर्नाले व्यक्तिको कृतज्ञताको भावना विकास हुन्छ । जसले मन र मस्तिष्क शान्त रहन्छ ।

नमस्ते दुई हात जोडेर हिन्दूहरू द्वारा एक अर्कासँग भेट भएको बेला अभिवदन गरिने शब्द हो। यस भावको अर्थ सबै मनुष्यहरूको हृदयमा एक दैवीय चेतना र प्रकाश छ जो अनाहत चक्र (हृदय चक्र)मा स्थित छ भन्ने हुन्छ। यो शब्द संस्कृतको नमस शब्दबाट निकालिएको हो।

यस भावमुद्राको अर्थ हो एक आत्माले अर्को आत्मालाई आभार प्रकट गर्नु।


''''नमस्कार ( नमस्ते, पाउ लागि ) लाई नेपालका विभिन्न भाषामा यसरी सम्वोधन गरिन्छ । कतै छुट त भएको छैन ? हेरौ । आफूले जानेको थपौ‌ । , ज्वज्वलपा, तारेमाम– नेवारी (नेपाल),

२, बन्दगी– राजवंशी, ३, सेवा–राई , ४, सेवारो –लिम्बू, ५, सेमूना : चाम्लिङ राई, ६, सेउपाखा – धिमाल, ७, सेवानुङ : भुजेल ८, टासीदेलेक– शेर्पा ९, छ्याज्यलो, फ्याफूल –गुरुङ, १०, मिझोर, झोर्ले – मगर ११, अछा सक्ले , गोड् लाग्छुन - पूर्वेली थारू १२, बङ्गी– ताजपुरिया १३, दर्शन– क्षेत्री १४, जदौ – खष भाषा १५, रामराम –मारवाडी, पश्चिमी थारू १६, प्रणाम : मैथिली १७ ल्हासो, फ्याफूल्ला– तामाङ, या फ्यासी मुः :- तीनगाउँले थकाली

१८ सलाम अलेकुम : इस्लाम धर्मालम्वी १९ जय मशिह : इसाइ धर्मालम्वी २० प्रणाम : कृष्ण प्रणामी २१ राधे राधे : बैष्णव २२ जय श्रीमन नारायण : श्रीबैष्णव २३ लाल सलाम : नेकपा २४ जय नेपाल : नेपाली कांग्रेस २५जय मधेश: मधेशवादी दल २६ जय नेपाल नेपाल प्रहरी २७ ॐ : पतञ्जली योग समितिका अनुयायी २८ ढोग गरे : मातापिता अभिभावकलाई सानाबाट २९ (छड्के) सलाम : सेना (?) ? ३० जय गुरूदेव : जीवन जीउने कला ( श्रीश्री रविशंकर मार्गी ) ३१ जय ओशो : ओशो सन्याशी ३२ साइराम : साइ भक्त ३३ सक्ले : खवास ( कौशिया) ३३राधे श्याम –निम्वार्गी वैष्णव , ३४हरेकृष्ण – अन्तर्राष्ट्रिय कृष्ण भावनावृत्त सङ्घ (इस्कोन) ३५जय सीयाराम – रामानन्दजी वैष्णव , ३६जय भोले– शिवमार्गी–, ३७हरि ओम – सिद्धाश्रम योगसाधक , ३८ओम शान्ति– बह्मकुमारी राजयोग केन्द्रका अनुयायी, ३९आदेश –गोरखनाथ सम्प्रदाय , ४०जय प्रभु सदानन्द जी– सदानन्द तत्वज्ञानी , ४१ नमस्कारम् –स‌ंस्कृत ४२ सेवाढोग - माझी,जैदेउ-आदेेश

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कान्तिपुर दैनिकजनक शिक्षा सामग्री केन्द्रटोखा नगरपालिकाऊर्जातेह्रथुम जिल्लागोपाल वंशसुपादेउराली मन्दिरव्यवस्थापिकादर्शननेपाल आयल निगम लिमिटेडविकिपिडियाप्रदेश सभा निर्वाचन, २०७९मदन पुरस्कारराजनीतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबागेश्वरी मन्दिर, नेपालगन्जआमा (वि.सं. २०२१ चलचित्र)डोल्पा जिल्लाअल्लोसुमना श्रेष्ठधनुषा जिल्लाअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननेपाल सशस्त्र प्रहरी बलगोरखा जिल्लाअमरसिंह थापाजीवनीनेपाल बीमा प्राधिकरणयुनिकोडमा नेपाली भाषाको प्रयोग र समसामयिक आवश्यकताआन्तरिक नियन्त्रण प्रणालीचट्याङसिद्धार्थ बैंकवाणिज्य बैंकखस ब्राह्मणमिडियाविकीसरस्वतीनेपालमा मौलिक हक र कर्तव्यनेपालका राष्ट्रिय विभूतिहरूदैलेख जिल्लानेपाली सेनाअगमसिंह गिरीमौसमसहिद स्मारक ए-डिभिजन लिगहलेसी महादेव१ वैशाखसंयुक्त अधिराज्यबागमती प्रदेशमकैयार्चागुम्बाकविताभक्तपुर दरबार क्षेत्रकोशी प्रदेश सभाजात्रा (नेपाल)पशुपतिनाथ मन्दिरस्वतन्त्र व्यापारनेपालका राजनीतिक दलहरूको सूचीराष्ट्रिय परीक्षा बोर्डलियोनेल मेसीधादिङ जिल्लानेपालको भूगोलदमाई जातिइन्टरनेटपोखरा महानगरपालिकानेपालको संविधानपूँजीवादअर्घाखाँची जिल्लातन्तुमहिला विरुद्धका हिंसाब्याडमिन्टननेपालमा धर्मदाङ जिल्लाक्रिस्टियानो रोनाल्डोनेपाल राष्ट्र बैङ्कयुरोपनेपालका कूटनीतिक नियोगहरूको सूचीनेपालको संविधान २०७२ मा बालबालिकाको हक🡆 More