जीवन बीमा

जीवन बीमा बीमा कम्पनी र बीमा गर्ने ब्यक्ती बिच भएको एउटा कानुनी करार हो जसमा बीमितले निश्चित रूपले एकैपटक वा किस्ताबन्दिका रूपमा पटकपटक निश्चित बीमाशुल्क बुझाएबापत बीमकले निजको मृत्‍यु भएमा निजको परिवारलाई वा बीमा अबधी पछि निजलाई नै कुनै निश्चित रकम दिने सम्झौता भएको हुन्छ । बीमा एेन २०४९ का अनुसार जीवन बीमा ब्यवसाय भन्नाले कुनै ब्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्‍यु भएमा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी ब्यवसाय सम्झनु पर्दछ । मानिसको जिबनमा धेरै जोखिमहरू हुन्छन । सबैभन्दा ठुलो जोखिम मृत्‍यु हो । रोगब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट मानिसको अकाल मृत्‍यु हुनसक्छ । यसरी परिवारको सदस्य नरहदा उक्त परिवारलाई आर्थिक समस्या पर्न सक्दछ । बीमा चालु रहेको अवस्थामा बीमा अवधिभित्र बीमा गर्ने मानिसको मृत्‍यु भएको खण्डमा बीमा कम्पनीले उसको इच्छाइएको ब्याक्तिलाई बीमांक रकम र बोनस प्रदान गर्दछ । बीमा गर्ने ब्याक्ति बीमा अबधिसम्म जिवित रहेको खण्डमा उ स्वयमले बीमांक रकम र बीमा अवधिको बोनस रकम प्राप्त गर्दछ ।

जीवन बीमाका केही निश्चित कानुनी सिद्दान्तहरू

जीवन बीमाका केही कानुनी सिद्दान्तहरु निम्नबमोजिम छन ।

  • बीमा योग्य हित

कुनै घटनासँग आफ्नो आर्थिक हित गासिएको हुनुपर्छ अर्थात क्षति नहुँदा केही कुरा प्राप्त हुने र क्षति भएमा केही कुरा गुम्न जाने अवस्थालाई हितको संलग्नता भए नभएको जाच्ने कडिको रूपमा लिईन्छ । यही आर्थिक हितको संलग्नतालाई लिएर बीमा गरिने भएकोले बीमायोग्य हितको अनिबार्यता जीवन बीमामा रहन्छ । आफ्नो जीवनमा , पती वा पत्निको जीवनमा, अभिभावक र बालकको जीवनसँग सम्बन्धित, साहु र आसामीको जीवनसँग सम्बन्धित तथा आफ्नो कामदारहरूको जीवनसँग सम्बन्धित जोखिम जीवन बीमाको बीमायोग्य हित अन्तर्गत पर्दछन ।

  • परम सद्बिश्वासको सिद्धान्त

बीमा ब्यवसाय विश्वाशमा गरिने एक करार हो । अन्य ब्यवसायको करारनामा गर्दा विषय बस्तुको निरिक्षण लगायतका कार्यहरु गर्नु पर्दछ भने बीमा करार ब्यक्ती तथा कम्पनिको लिखित भनाइमा आधारित हुन्छ । यस करारमा आफुले जानेबुझे सम्मको तथ्य तथा विवरणहरु कुनै कुरा नलुकाइ सम्पूर्ण रूपमा उदाङो पार्नु पर्दछ । यसको उल्लङ्घन अर्थात कुनै कुराको पूर्ण जानकारी नदिएमा वा जानिबुझी लुकाएको प्रमाणित भएमा करार बदर हुने , भुक्तानी प्राप्त हुन नसक्ने वा दन्ड जरिवाना समेत हुन सक्दछ ।

यो पनि हेर्नुहोस्

१९ ओटा १. एसिएन लाईफ इन्स्योरेन्स कम्पनी लि. २. नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लि.

सन्दर्भ सामग्रीहरू

Tags:

करारबीमा

🔥 Trending searches on Wiki नेपाली:

एसियाली विकास बैङ्कनिजीकरणलियोनेल मेसीसम्पति शुद्धीकरणहस्तमैथुनवसन्तबहादुर कुँवरपाटन दरबार क्षेत्रकिशोरावस्थाजैविक विविधतासिद्धिचरण श्रेष्ठबजेटमलावीराष्ट्रिय स्वतन्त्र पार्टीन्यायपालिकाएनसेलयमबुद्धसगरमाथानयाँ वर्षशम्भुप्रसाद ढुङ्गेलदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवगायत्री मन्त्रसात सालको क्रान्तिसूचनाअम्ल वर्षासीतापेरूविश्वका प्रमुख शासन प्रणालीसमासयार्चागुम्बाओलम्पिक खेलबिस्केट जात्राविवाहइलाम २ (निर्वाचन क्षेत्र)सुर्खेत जिल्लापिनासगङ्गा नदीगोपाल वंशनरिवलकास्की जिल्लानेपालको चलचित्रको इतिहासनेपालका वनस्पतिहरूब्राजिलआमा समूहटेलिभिजननेपालका प्रधानमन्त्रीहरूको सूचीॐ मणि पद्मे हूँनेपालका दलित वर्गमा पर्ने थरहरूरौतहट जिल्लानेपाल राष्ट्र बैङ्कबसाइँ सराईप्रदेश प्रमुख (नेपाल)नबिल बैंकविक्सनरीनेपालको पहिलो संविधान सभाचाँगुनारायण मन्दिरकम्प्युटर मनिटरगुरुङ जातिकर्मचारी सञ्चय कोषराजनीतिक दलबनेपा नगरपालिकामदन पुरस्कारस्थानीय तह निर्वाचन, २०७४झापा जिल्लापूर्वी रुकुम जिल्लाविश्वेश्वरप्रसाद कोइरालानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)थापादासप्रथानेपालमा धर्मसमूहसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूकिराँत कालपञ्चैबाजाकारकनेपाललोक सेवा आयोग (नेपाल)कोत पर्वनेपाल सरकारनेपालमा मौलिक हक र कर्तव्य🡆 More