पाटन दरबार क्षेत्र

काठमाडौँ उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो । पाटन शहर बरदेवले स्थापना गराएका हुन् । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ । सत्रौँ शताब्दी देखिका कला र सांस्कृतिक सम्पदाले यो क्षेत्र सिँगारिएको छ । यो दरबार क्षेत्र केवल राजपरिवारको बासस्थानका रूपमा मात्र नरहेर तिनताकाको प्रशासनको मूलकेन्द्र पनि थियो । पाटन दरबारको जग यसैले हालेको भनी हालसम्म कसैले पनि ठोकुवा गर्न सकेको पाइँदैन। तथापि सन् १०२४-१०४० सम्मको अवधिमा लक्ष्मीकामदेवले गरेको भन्ने किंवदन्ती भने भेटिन्छ। वि.

सं. १६७५ तिर पाटनका स्वतन्त्र राजा भएका सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासले देखाउँछन्। उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए। साथै देगुतले मन्दिरको पनि निर्माण गराए।

ऐतिहासिक संरक्षित क्षेत्र पाटन दरवार क्षेत्र
युनेस्को विश्व सम्पदा क्षेत्र
पाटन दरबार क्षेत्र
मापदण्ड(iii) (iv) (vi)
सूचीकृत१९७९ (Seventh सत्र)


पाटन दरबारको महत्त्वपूर्ण अङ्ग सुन्दरीचोक पनि एक हो। यहाँ नेवारी वास्तुकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ। यसको निर्माण पनि सिद्धिनरसिंह मल्लले नै गराएका थिए। सुन्दरीचोक नजीकैको तुसाहिटी धारा ज्यादै आकर्षक छ। सन् १६९३ मा मुख्य दरबारको पश्चिमपट्ट निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दुका रूपमा छ। कृष्णमन्दिरकै छेउमा रहेको नेपाली वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा रहेको भीमसेनको मन्दिर श्रीनिवास मल्लले बनाएका हुन्।

पाटन दरबार क्षेत्र
पाटन दरबार क्षेत्र

यसै क्षेत्रमा रहेको प्रसिद्ध मणिमण्डपको निर्माण वि. सं. १७५८ मा योगनरेन्द्र मल्लले गराएका थिए। यी राजालाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उनका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको छ। दरबार अगाडि रहेको आफ्नो शालिकको टाउकोमा एउटा चरा पनि छ। उनले आफू मर्ने बेलामा त्यो मानवनिर्मित चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका थिए भन्ने भनाइ छ।

चोकहरू

पाटन दरबारमा मुख्य ३ वटा चोकहरू छन्। ती हुन्- केशवनारायणचोक, मूलचोक र सुन्दरीचोक। केशवनारायणचोक सबैभन्दा पुरानो चोक हो। यसको निर्माण यसै व्यक्तिबाट भएको हो कतै किटान भएको पाइँदैन। तैपनि वि. सं. १७३१ तिर राजा श्रीनिवास मल्लको शासनकालमा यसको जीर्णोद्दार भएको पाइन्छ। पाटन दरबारमा मल्लकालमा विभिन्न ७ वटा चोकहरू (न्हुछे आगन, किसी, सहापु, न्हासल, दाफोस्वाँ र कुमारी) थिए।

चित्र दीर्घा

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

पाटन दरबार क्षेत्र चोकहरूपाटन दरबार क्षेत्र चित्र दीर्घापाटन दरबार क्षेत्र सन्दर्भ सामग्रीपाटन दरबार क्षेत्र बाह्य सूत्रपाटन दरबार क्षेत्रकाठमाडौँसिद्धिनरसिंह मल्ल

🔥 Trending searches on Wiki नेपाली:

दराजनेपाली चलचित्रहरूको सूचीचिउरीसिन्धुलीगढीहङकङनवलपरासी जिल्लालोकगीतसुधा त्रिपाठीमाटोखस जातिपूँजीवादगण्डकी प्रदेश सभाअन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयआर्थिक विकाससुनसरी जिल्लाप्रेमगीत ३दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसामन्तवादमौलाकालिका मन्दिरसंस्कारनरेन्द्र मोदीसर्लाही जिल्लानेपालको संविधान २०७२नेपालको पहिलो संविधान सभाखनिजनेवारी भाषाविराट कोहलीनेपालका बैङ्कहरूको सूचीभीमसेन थापाभण्डारखाल पर्वव्रतबन्धडिजिटल साक्षरतामध्य-मर्स्याङ्दी जलविद्युतअङ्ग्रेजी भाषासिड्नीविद्यालयलोक सेवा आयोग (नेपाल)नेपालमा मौलिक हक र कर्तव्यडाँफेसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारजनमत सङ्ग्रहन्यायपालिकाविश्वेश्वरप्रसाद कोइरालाकृषिकर्मचारी सञ्चय कोषकुखुरा पालनलक्ष्मीप्रसाद देवकोटासौराहा, चितवनपोखरा महानगरपालिकाराजनीतिफारसी भाषाचतराधामनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलरामप्रसाद ज्ञवालीगोत्रकैलाली जिल्लानेपाल अङ्ग्रेज युद्धवर्षमान पुनमार्कण्डेय ऋषिअन्तर्राष्ट्रिय श्रमिक दिवसकुकुरगोपाल वंशझलकमान गन्धर्वमुख मैथुनसंविधान सभाविनोद चौधरीराष्ट्रिय परीक्षा बोर्डगरिबीचेकराम मन्दिर, अयोध्यामृगौलाभलिबलबाल विकास🡆 More