वि.सं.
२००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले २००८ साल असार १ - (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो। यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ।
दरखास्त परिषद् | |
निकाय विवरण | |
---|---|
प्रधान कार्यालय | अनामनगर, काठमाडौँ |
कर्मचारीहरू | १६००[स्रोत नखुलेको] |
निकाय कार्यकारी |
|
भगिनी विभाग | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय |
वेबसाइट | Official Web site |
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ। सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ। आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ। आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ।
नेपाल सरकारको वैधानिक कानुन, २००४ मा सरकारी नोकरीका लागि उम्मेदवारहरूको दरखास्त आएमा योग्यता वा ल्याकत जाँचबुझ गरी सरकारमा सिफारिस गर्न दरखास्त परिषद्को व्यवस्था भएको देखिए तापनि २००८ सालमा भएको प्रजातान्त्रिक व्यवस्थाको सुरूवात पछि लोक सेवा आयोगको खाँचो महसुस भयो। यसै क्रममा नेपालको अन्तरिम शासन विधान, २००७को धारा ३७मा व्यवस्था भए अनुसार २००८ असार १ गते नेपाल पब्लिक सर्भिस कमिसनको नामबाट विधिवत् रूपमा लोक सेवा आयोगको स्थापना भएको हो ।
नेपालको संविधान, २०७२ बमोजिम लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार निम्न बमोजिम छन :
लोक सेवा आयोग कार्यविधि ऐन, २०६६ अनुसार आयोगले देहायको कुनै एक वा एकभन्दा बढी तरीकाद्बारा उपयुक्त उम्मेदवार छनौट गर्नेछ :-
उम्मेदवार छनौट प्रक्रियाको लागि आयोगले बार्षिक कार्यतालिका तयार गर्दछ । जसमा विभिन्न चरणमा हुने छनौट प्रकृयाहरूको बिवरण समेत उल्लेख हुन्छ ।
सम्बन्धित निकायवाट रिक्त पद पूर्ति गर्न माग प्राप्त भए पछि लोक सेवा अयोगले सम्वन्धित ऐन नियम अनुसार पद पूर्तिको लागि संख्या निर्धारण गर्ने गरिन्छ । यसरी पदसंख्या निर्धारण भैसकेपछि आयोगको साप्ताहिक रूपमा प्रत्येक बुधवार प्रकाशित हुने बुलेटिन र गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गर्ने गर्दछ । विज्ञापन गर्दा २१ दिन र दोव्वर दस्तुरी तिरी थप ७ दिनको म्याद दिई दरखास्त आव्हान गरिन्छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि विज्ञापन प्रकाशित भैसकेपछि आयोगका क्षेत्रीय निर्देशनालय, अञ्चल कार्यालय र काठमाण्डौ उपत्यका दरखास्त सङ्कलन केन्द्रमा विज्ञापित पदको दरखास्त लिइन्छ । साथै राजपत्र अनंकित र राजपत्रांकित तृतीय श्रेणी (राजपत्र)को अप्राविधिक तर्फका पदहरूको लागि आयोगका कार्यालयहरु नभएको जिल्लाहरूमा, जिल्ला हुलाक कार्यालयहरूमा समेत दरखास्त बुझाउन पाउने व्यवस्था छ । तर आयोगको केन्द्रीय कार्यालय र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयमा दरखास्त बुझाउन सकिने व्यवस्था छैन । यसरी विज्ञापित पदका लागि प्राप्त भएका दरखास्त उपर छानविन गरी परीक्षार्थीलाई परीक्षामा समेल हुन पाउने प्रवेश पत्र जारी गरीन्छ ।
छनौट प्रक्रियामा निष्पक्षता र शुद्धता कायम गर्नको लागि आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तरपुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन तथा लिखित परीक्षा र अन्तर्वार्तामा संलग्न पदाधिकारीलाई एक अर्काको काम कारवाहीका विषय थाहा पाउन नसक्ने प्रणाली अवलम्वन गरी तटस्थ राख्ने नीति अख्तियार गरेको छ ।
उक्त कार्यहरु सम्पादन गर्ने क्रममा सम्वन्धित सेवा समूह र पदको परीक्षा संचालनको लागि आवश्यक पर्ने प्रश्नपत्रहरु निर्माण गर्न सम्वन्धित विषयका दक्षलाई पठाइने र गोप्य शीलवन्दी रूपमा प्रश्नपत्रको सेट प्राप्त हुने, उक्त कच्चा प्रश्नपत्रका सेटहरु मध्ये पुनः सोही विषयका अर्को दक्षलाई वोलाई कम्तीमा ५ सेट तयारी प्रश्नपत्र निर्माण गरी प्रत्येक सेटलाई छुट्टै सङ्केत नम्वर दिई राखिने र परीक्षा संचालनको समयमा उक्त सेटहरुमध्ये आयोगका सम्माननीय अध्यक्षवाट सङ्केत नम्वरका आधारमा छनौट भएको प्रश्नपत्रको सेट प्रयोगमा ल्याइन्छ ।
लिखित परीक्षा सञ्चालन पछि प्राप्त भएका समपूर्ण उत्तरपुस्तिकाहरूमा परीक्षा सञ्चालन शाखाले प्रथम कोड राख्ने र दोश्रो कोड राख्नका लागि अन्य कुनै शाखाका पदाधिकारीलाई जिम्मा दिने प्रचलन रहेबाट परीक्षामा उच्चतम गोप्यता कायम हुने गरेको छ । यसरी दोश्रो कोड पछि प्राप्त उत्तरपुस्तिकाहरु सम्माननीय अध्यक्षले तोकेका सम्वन्धित विषयका दक्ष/विशेषज्ञहरूलाई परीक्षणको लागि पठाइन्छ । परीक्षण पछि प्राप्त भएका उत्तरपुस्तिकाहरूको प्राप्ताङ्क टेवुलेशन गरी कोडको आधारमा डिकोड गरी नतिजा प्रकाशन गरीन्छ । अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूलाई सम्वन्धित विषयमा दक्ष समेतको संलग्नतामा अन्तर्वार्ता लिने र एकले दिएको अंक अर्कोले नदेख्ने गरी गोप्य रूपमा राखिने र उम्मेदवारको योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र खोलिन्छ । यसका साथै लिखित परीक्षामा उम्मेदवारले प्राप्त गरेको अंक अन्तर्वार्ता लिने क्रममा थाहा नहुने गरी योग्यताक्रम तथा सिफारिश गर्ने समयमा मात्र पठाइने गरिन्छ ।
लोक सेवा आयोगले प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता, मनोबैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका आयोगको कामका लागि सम्वन्धित शाखाले सम्वन्धित विषयका आवश्यक संख्यामा दक्षहरूको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरूको सूची राख्दै आएको छ । आयोगले उनीहरूलाई गोप्यरुपवाट कुनै खास प्रकारको छनौट कार्यको लागि तोक्ने गर्दछ । आयोगले निश्चित पदहरु, जसमा उम्मेदवार बढी संलग्न हुन्छन् त्यसमा Screening Test को प्रक्रिया प्रारम्भ गरिसकेको छ । यसबाट प्रारम्भिक चरणको परीक्षामा उत्तीर्ण हुनेहरु मात्र मूल परीक्षामा संलग्न हुन पाउने व्यवस्था गरेको छ ।
खुला प्रतियोगितावाट उम्मेदवारको अन्तिम छनौट भएपछि नियुक्तिका लागि राजपत्रांकित पदको हकमा निजामती सेवाको पद भएमा सामान्य प्रशासन मन्त्रालय र छुट्टै ऐन नियम अन्तरगतका पद भएमा त्यस्तो सेवा सञ्चालन गर्ने निकायमा सिफारिश गर्ने व्यवस्था रहेको छ भने राजपत्र अनंकित पदको हकमा र्सवप्रथम उम्मेदवारले रोजेको कार्यालयमा सिफारिश गर्नु पर्ने र एक भन्दा बढी उम्मेदवारले एउटै कार्यालय रोजेकोमा माथिलो योग्यताक्रममा रहेकोलाई पहिले सिफारिश गर्नुपर्ने व्यवस्था रहेको छ । नियुक्तिका लागि सम्वन्धित निकायमा सिफारिश पत्र पठाउँदा सम्वन्धित उम्मेदवारको दरखास्त फाराम एक प्रति र सो साथ पेश भएका प्रमाणपत्रका प्रतिलिपिहरु समेत पठाउनु पर्ने व्यवस्था छ ।
लोक सेवा आयोगले तोकेको मापदण्ड बमोजिम उम्मेरद्वारले विज्ञापन खुले पश्चात सम्बन्धित पदमा दर्खास्त दिन सक्नेछन्। दरखास्त दुइ प्रकारले दिन सकिने छ। जस्मा कार्यालयमा गएर कागजी फारम भरि लाग्ने दस्तुर तिरी दिन सकिने वा अनलाइन मार्फत दर्खास्त दिन यहाँ गएर आफ्नो प्रफाइल बनाएर दिन सकिन्छ। अनलाइन दरखास्त दिएपछि दस्तुर पनि अनलाईन माध्यम वा बैंक भौचर मार्फत भुक्तानी दिन सकिने छ।
नेपालको संबिधानको भाग २३ को धारा २४२ बमोजिम यस निकायमा एकजना अध्यक्ष तथा अन्य चार जना सदस्य राख्न सक्ने ब्यबस्था गरिएको छ । हाल यस सङ्गठनमा पदासिन रहेका सदस्यहरू निम्न रहेका छन् :-
लोक सेवा आयोग
केन्द्रीय कार्यालय
अनामनगर, काठमाडौँ,
पोष्ट बक्स नं. : ८९७९
फोन : ४७७१४८८, ४७७१४८१, ४७७१४९४, ४७७१५२८
फ्याक्स : ४७७१४९०
ईमेल : [email protected]
सि.नं. | नाम | सभापति /अध्यक्ष | देखि | सम्म |
---|---|---|---|---|
१ | सरदार श्री नगेन्द्र मान सिंह प्रधान | सभापति | २००८ ।३ ।१ | २०१२ ।७ ।२ |
२ | बडाकाजी श्री मानिकलाल राजभण्डारी | सभापति | २०१२ ।७ ।३ | २०१४ ।६ ।१९ |
३ | श्री भगवती प्रसाद सिंह, कायम मुकायम | सभापति | २०१४ ।१० ।१३ | २०१६ ।३ ।१४ |
४ | श्री अनिरुद्र प्रसाद सिंह | अध्यक्ष | २०१६ ।४ ।१ | २०१७ ।९ ।११ |
५ | श्री केशर बहादुर के सी | अध्यक्ष | २०१७ ।९ ।१५ | २०१७ ।११ ।१९ |
६ | श्री तारक बहादुर शाह | अध्यक्ष | २०१७ ।१२ ।२४ | २०२२ ।१२ ।२३ |
७ | श्री केशर बहादुर केसी | अध्यक्ष | २०२२ ।१२ ।२४ | २०२६ ।१० ।३ |
८ | श्री डम्बर बहादुर सिंह् | अध्यक्ष | २०२७ ।२ ।५ | २०३२ ।८ ।६ |
९ | सरदार प्रा यदुनाथ खनाल | अध्यक्ष | २०३२ ।८ ।२५ | २०३४ ।१० ।१६ |
१० | मी सु श्री कृष्ण बम मल्ल | अध्यक्ष | २०३४ ।१० ।२० | २०४० ।४ ।१८ |
११ | मी सु श्री प्रद्युम्न लाल राज भण्डारी | अध्यक्ष | २०४० ।८ ।१ | २०४८ ।४ ।२२ |
१२ | श्री सत्य नारायण झा | अध्यक्ष | २०४६ ।८ ।१ | २०४८ ।४ ।२२ |
१३ | श्री गणेश राज सिंह | अध्यक्ष | २०४८ ।५ ।७ | २०५१ ।७ ।३ |
१४ | श्री सन्त बहादुर राई | अध्यक्ष | २०५१ ।१० ।५ | २०५८ ।०७ ।१८ |
१५ | श्री योगेन्द्रनाथ ओझा | अध्यक्ष | २०५८।९।२३ | २०६१।६ ।३० |
१६ | श्री तीर्थमान शाक्य | अध्यक्ष | २०६१ ।९ ।२६ | २०६५ ।१२ ।९ |
१७ | डा.कयोदेवी यमी | कार्यवाहक अध्यक्ष | २०६५ ।१२ ।१० | |
डा.कयोदेवी यमी | अध्यक्ष | २०७० ।१ ।२२ | २०७१ | |
१८ | श्री उमेशप्रसाद मैनाली | अध्यक्ष | २०७१/१२/११ | २०७७/१२/११ |
१९ | श्री माधवप्रसाद रेग्मी | अध्यक्ष | २०७८ ।३ । |
This article uses material from the Wikipedia नेपाली article लोक सेवा आयोग (नेपाल), which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.