चाँगुनारायण मन्दिर

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मी.

उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।

चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिर
चाँगुनारायण मन्दिर
प्राथमिक विवरण
स्थान:चाँगुनारायण गाउँ विकास समिति
सम्बन्धनहिन्दुत्व
जिल्लाभक्तपुर
देशनेपाल
वास्तुकला विवरण
वास्तुकला प्रकारप्यागोडा
निर्मातामानदेव

नामाकरण

चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ । परापूर्व कालमा यो मन्दिरको नाम के रह्यो भन्ने कुनै आधार छैन । लिच्छवि कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा 'चाँप'लाई 'च' र 'वन'लाई 'गुँ' भनिन्छ । त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो । सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ ।

इतिहास

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भएपनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मूर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए । सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अङ्कित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मूर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए ।

यो मन्दिरको निर्माण कहिले र कसले गराएको हो भन्ने बारेमा स्पष्ट जानकारी नभए पनि हरिदत्त वर्मा नामका व्यक्तिले सन् ३८६ ताका सम्बत (वि.सं. ५२१) मा उपत्यकाका चार नारायणहरू (चाँगुनारायण, शेषनारायण, विशङ्खुनारायण र इचङ्गुनारायण) को स्थापना गर्ने क्रममा चाँगुनारायण स्थापना गरेको भन्ने आख्यान छ । सक् संवत् ३८६ (वि.सं. ५२१) मा राजा मानदेवले पूर्व र पश्चिमका सामन्तहरूलाई नियन्त्रण गरी चाँगुनारायणको पूजा अर्चना गरी गरुडसहितको स्तम्भ खडा गराएको कुरा उल्लेख भएको पाइन्छ ।

वास्तुकला

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो । यो लिच्छविकालीन वास्तुकलाको नमुना हो । समय समयमा यसको जीर्णोद्धार हुँदै आएको छ । मध्यकालमा राजा शिव सिंहकी रानी गङ्गारानी र १८ औँ शताब्दीको सुरुमा कान्तिपुरका शासक भास्कर मल्लको शासनकालमा भएको थियो । पछिल्लो समयमा केहि दशक अगाडि पनि यसको जीर्णोद्धार भएको थियो ।

यो मन्दिर चातुष्कोण आकारको छ । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तल्लाको रहेको छ । मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् । दुवै तलामा मझौला आकारका झ्यालहरू रहेका छन् । दुवै तल्लामा चालिस टॅुडालहरू रहेका छन् । प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् । माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता (मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरू), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् । 

तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ । यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरू रहेका छन् । प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने ढोकाहरू बनाइएका छन् । पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ । बेला बेलामा अन्य ढोकाहरू पनि खुला गरिन्छ । ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरू राखिएका छन् । ढोकाहरूको माथि धातुवाट बनेका तोरणहरूमा विभिन्न कलाकृतिहरू कुँदिएका छन् ।

यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ । धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ । 

वि.सं. २०७२ साल वैशाख १२ गतेको महाभूकम्प पछिका तस्वीरहरू

सन्दर्भ सामग्री

Tags:

चाँगुनारायण मन्दिर नामाकरणचाँगुनारायण मन्दिर इतिहासचाँगुनारायण मन्दिर वास्तुकलाचाँगुनारायण मन्दिर वि.सं. २०७२ साल वैशाख १२ गतेको महाभूकम्प पछिका तस्वीरहरूचाँगुनारायण मन्दिर सन्दर्भ सामग्रीचाँगुनारायण मन्दिरकाठमाडौँचाँगुनारायण नगरपालिकाभक्तपुर जिल्लालिच्छवि राज्य

🔥 Trending searches on Wiki नेपाली:

लाख बत्तीसवारी दुर्घटनाफेलासियोकालिञ्चोक भगवतीलक्ष्मीप्रसाद देवकोटाजनशक्तिराष्ट्रिय वाणिज्य बैंकएचटिएमएलथापाथली सन्धिकाठमाडौँको नगर प्रमुखअण्डकोषखुल्ला स्रोतललितपुर जिल्लाआवश्यकता शृङ्खला सिद्धान्तदैवज्ञराज न्यौपानेसहरीकरणढोरबराहि मन्दिरगोपाल वंशवत्स गोत्रअर्थशास्त्रव्यवस्थापिकागोरखापत्रमहालङ्गुर हिमशृङ्खलानेपालका प्राकृतिक सम्पदाहरूको सूचीक्रिस्टियानो रोनाल्डोआगन्तुक शब्ददयाहाङ राईमुख्यमन्त्री (नेपाल)अर्थ मन्त्रालय (नेपाल)महावीर पुनभूपरिवेष्ठित राष्ट्रकेसरब्लगपेलेविद्युतिय सवारी साधनरामेछाप जिल्लानेपाल स्टक एक्सचेन्जतालबाराही मन्दिरजीवन बीमाविकिकथननुनयोर्गन क्लोपमानव विकास चरणनेपालका तालहरूको सूचीचितवन जिल्लादिल्ली सम्झौतानेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपालका राष्ट्रिय विभूतिहरूनेपालका गाउँपालिकाहरूअफ्रिकाप्रतिनिधि सभा निर्वाचन, २०७९योगजिल्ला सभारामप्रसाद ज्ञवालीकौडिन्य गोत्रपर्वत जिल्लाकबड्डीमानव इतिहासटिकटकविराटनगर महानगरपालिकाकृषिरामायणबैतडी जिल्लाबालेन शाहविद्यादेवी भण्डारीविष्णुसार्की जातिबौद्धनाथझमक घिमिरेजानकी मन्दिरराजीव गान्धीप्रतिलिपि अधिकारनवौँ राष्ट्रिय खेलकुद २०७९नेपाल विद्युत प्राधिकरणरेखा थापासमूह🡆 More