सती प्रथा

फौजौ

सती प्रथा
सती प्रथाको चित्रण।

ठःभङ सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो।

उत्पत्ति तथा प्रयोग

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन्। सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ।

इतिहास

प्राचीन हिन्दू समाजमा खासगरी शासकवर्गमा राजा महाराजाहरूमा मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्थ्यो। राजाको मृत्यु भइसकेको र श्रीमानको शवसँग चितामा जीवित जल्नु–जलाइनुपूर्व निजले दिने श्राप नै सतीश्राप हो। समाजमा यस प्रकारको सतीप्रथा कहिलेदेखि चल्यो ? निश्चित भन्न सकिन्न। हिन्दूधर्मका अति प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन पाइन्न र यदाकदा चर्चा पाइन्छ तर त्यसबेला सती जान बाध्यात्मक थिएन।

राजा महाराजाहरूको मृत्युपछि मृतककी रानीहरुलाई श्रीमान्को शव (लाश) सँगै अथवा अर्को चितामा सुताइन्थ्यो। यसमा राजनीतिक कारणले कुन रानीलाई सती पठाउने कुन रानीलाई नपठाउने भन्ने बारेमा पनि दाउपेच चल्ने गरेको इतिहास पाइन्छ। सती जानु अर्थात् मृतक श्रीमानसंग जीवितै चितामा जल्नुलाई सतीधर्म मानिन्थ्यो। भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका वाग्मती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा सती जाने गरिन्थ्यो।

उन्मुलन

भारतनेपाल मा प्रचलित यो प्रथा लाई भारतमा या ले सन १८६१ मा कानुन द्वारा बन्देज गरेकि थिइन् | वि.सं. १९१० मा जङ्गबहादुर राणा ले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए। तर उनको मृत्यु हुँदा उनका केही रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन्। जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए।


वि.सं. १९४४ असार १४ गते श्री ३ महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनाथ गढी–गौँडाका हाकीमहरूलाई सती पठाउनपूर्व अनिवार्यतः स्वीकृति लिनैपर्ने, पठाइंदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती हुन नहुने लगायतका कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए ।

यद्यपि सती प्रथा अन्त्यको घोषणा २५ असार १९७७ सालमा चन्द्र शमशेरले गरेका थिए। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य सूत्र

Tags:

सती प्रथा उत्पत्ति तथा प्रयोगसती प्रथा इतिहाससती प्रथा उन्मुलनसती प्रथा यो पनि हेर्नुहोस्सती प्रथा सन्दर्भ सामग्रीसती प्रथा बाह्य सूत्रसती प्रथा

🔥 Trending searches on Wiki नेपाली:

अफ्रिकानेपालमा महिलाको अवस्थालागु पदार्थविप्रेषणपारिजात (साहित्यकार)संस्कृतिजनसाङ्ख्यिकीय लाभांशनेपालका प्रधान सेनापतिहरूलैङ्गिक समानताझोला (चलचित्र)सिद्धिचरण श्रेष्ठदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवभारद्वाज ऋषिकालिका मन्दिर, बागलुङरामेछाप जिल्लानेपालको जनआन्दोलन २०४६महावीर पुनमनकामना मन्दिरपूर्वीय दर्शनसूचनानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)कतारमहाकाव्यअरुणा लामातामाङ जातिनेपाल टेलिभिजननोबेल पुरस्कारसञ्चाररामवरण यादवगुगलवित्तीय लेखाविधिसहस्राब्दी विकास लक्ष्यराष्ट्रपति भवननेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८कर्मचारी सञ्चय कोषदोधारा चाँदनी पुलकाठमाडौँ उपत्यकानेपालका प्रमुख नदीहरूको सूचीकार्यालयनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनेपालको एकीकरणरणबहादुर शाहमुख्य पृष्ठसुवासचन्द्र नेम्वाङगरिबीकृषिअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसुशासननेपालको राष्ट्रपतितुलसीनेपाल विद्युत प्राधिकरणसौर्यमण्डलगणितसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)जोस बट्लरगर्भपतनविद्यार्थीगणतन्त्रनेपाल सरकारनेपाल टेलिकमहनुमान चालीसारस (काव्य शास्त्र)चिठीनारायणगोपाल गुरूवाचार्यबाइसे राज्यहरूउदयपुर जिल्लाविकिमिडिया कमन्सवेबसाइटकालिञ्चोक भगवतीअन्तर्राष्ट्रिय श्रमिक दिवसनृत्यमाधवप्रसाद घिमिरे (साहित्यकार)गेहेन्द्र शमशेर जङ्गबहादुर राणाराष्ट्रिय अनुसन्धान विभाग🡆 More