साहित्यकार माधवप्रसाद घिमिरे

माधवप्रसाद घिमिरे (जन्म: वि.सं.

१९७६ असोज ७ गते हालै मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौँ विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन्त रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।

राष्ट्रकवि

माधव प्रसाद घिमिरे
साहित्यकार माधवप्रसाद घिमिरे
जन्म१९७६ असोज ७
लमजुङ, नेपाल
मृत्यु२०७७ भदाै २
काठमाडौँ, नेपाल
पेशा
  • कवि
  • गीतकार
  • नाटककार
विधा
विषय
  • प्रकृति
  • प्रेमलीला
  • राष्ट्रियता
उल्लेखनीय कार्यहरू'मालती मङ्गले, शाकुन्तला, हिमालवारी हिमालपारी, गौरी'
उल्लेखनीय पुरस्कारहरूगोरखा दक्षिणबाहु
त्रिभुवन प्रज्ञा पुरस्कार साझा पुरस्कार
सक्रिय अवधिवि.सं १९९०–२०७६
जीवनसाथी
गौरी घिमिरे (जन्म उपनाम पोखरेल) (सन् १९३३–३४ देखि सन् १९४७–४८), महाकाली घिमिरे (सन् १९४८–२०२०; उनको मृत्यु)
बच्चाहरू

सुरुवाती जीवन

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन्। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौँको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे। घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

पेशागत जीवन र अन्य

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए।

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए।

चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा 'फूलको थुङ्गा बगेर गयो' (तारादेवी) तथा 'आजै र राति के देखेँ सपना' (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

व्यक्तिगत जीवन

वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो।

कृति

उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन्।

माधव घिमिरेद्वारा लेखिएका कृतिहरू

सम्मान तथा पुरस्कार

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

साहित्यकार माधवप्रसाद घिमिरे सुरुवाती जीवनसाहित्यकार माधवप्रसाद घिमिरे पेशागत जीवन र अन्यसाहित्यकार माधवप्रसाद घिमिरे व्यक्तिगत जीवनसाहित्यकार माधवप्रसाद घिमिरे कृतिसाहित्यकार माधवप्रसाद घिमिरे सम्मान तथा पुरस्कारसाहित्यकार माधवप्रसाद घिमिरे यो पनि हेर्नुहोस्साहित्यकार माधवप्रसाद घिमिरे सन्दर्भ सामग्रीहरूसाहित्यकार माधवप्रसाद घिमिरे बाह्य कडीहरूसाहित्यकार माधवप्रसाद घिमिरेअसोजगोरखापत्र

🔥 Trending searches on Wiki नेपाली:

सुगौली सन्धिजलवायु परिवर्तनकान्तिपुर दैनिकनारायणगोपाल गुरूवाचार्यकुवेतमानव विकास सूचकाङ्कसर्पउपयोगिताअर्थ मन्त्रालय (नेपाल)नेपाली रुपैयाँपाल्पा जिल्लाप्रदेश सभा निर्वाचन, २०७९अन्धविश्वासआम निर्वाचन २०१५भ्रष्टाचारस्वास्थ्यलिम्बू जातिपिनासजैविक विविधताकैलाली जिल्लासहरीकरणसुदूरपश्चिम प्रदेश सभाथारू जातिअङ्ग्रेजी भाषाकम्पनी रजिष्ट्रारको कार्यालय, नेपालनेपालको शिक्षा मन्त्रीहरूउत्प्रेरणाइलाम २ (निर्वाचन क्षेत्र)भानुभक्त आचार्यनेपालको संस्कृतिपूँजीवादउपमहानगरपालिकानेपालका हिमालहरूको सूचीविकिपिडियानबिल बैंकगौतम बुद्धबाघमानिसनेपालका राजाहरूको सूचीपासाङ ल्हामु शेर्पासंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूवैज्ञानिकनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थारङसुमना श्रेष्ठक्रिस्टियानो रोनाल्डोमहालेखा नियन्त्रकको कार्यालयकालीगण्डकी नदीभाषाविज्ञाननेपालको सर्वोच्च अदालतसुपादेउराली मन्दिरविकिमिडिया फाउन्डेसननेपाली भाषा आन्दोलननेपालका मन्त्रिपरिषद्हरूअङ्कभ्लादिमिर लेनिनमुस्ताङ जिल्लासिन्धुलीगढीदसैँसङ्घीयतादेवनागरी लिपिगुगलध्रुवचन्द्र गौतमएडल्फ हिटलरलेनिनवादपोखरेलराउटे जातिस्नातक तहवर्णमहिला सशक्तिकरणकाँक्रे विहारप्रतिनिधि सभा (नेपाल)नेपाल विकास बैंक लिमिटेडनेपालका प्रदेशहरू🡆 More