चिठी भनेको आफ्ना विचारहरू अरूसमक्ष पुर्याउनका लागि कुनै व्यक्ति वा संस्थाले तयार परेको लिखित सन्देश हो । चिठीको लेखन सूचना, मनको भावना, सन्देश, समाचार आदि पठाउनका लागि गरिन्छ । सबै किसिमका पत्रहरू निवेदन, निमन्त्रना, विज्ञापन आदि पनि एक प्रकारका चिठी नै हुन् । चिठी भनेको सम्बन्ध, व्यापार आदिलाई बलियो र विश्वसनीय पर्ने आधार हो भने यो सञ्चारको माध्यम पनि हो । चिठी सरल, स्पष्ट र प्रभावकारी हुनुपर्छ, जसले पठाउने व्यक्ति वा संस्थाको शिष्टता र हार्दिकतालाई सङ्केत गरेको हुन्छ । चिठी हुलाकबाट पठाउने भए खाममा टिकट सहित राखिएको हुन्छ तर हातबाट पठाउने भए टिकटको प्रयोग हुँदैन ।
चिठीमा रहने विषयवस्तुलाई हेरेर यसलाई तीन प्रकारमा बाँडिन्छ :
व्यक्तिले व्यक्तिलाई लेख्ने चिठी घरायसी हुन्छ । आफ्ना इष्टमित्र, नातेदार, साथीहरू आदि व्यक्तिगत सम्बन्ध भएकालाई यस्तो चिठी लेखिन्छ । आपसी सम्बन्ध कसिलो पार्न र खबरहरू आदान प्रदान गर्न नै यस्ता चिठीहरू लेखिन्छन् । व्यवहारमा यस्ता चिठीहरू अनौपचारिक हुन्छन् अर्थात् यिनमा नियमहरूमा खासै ख्याल राखिन्न र भाषा पनि बोलीचालीको जस्तै हुन सक्छ । परीक्षामा लेख्ता चाहिँ यस्ता चिठी पनि स्तरिय भाषामै लेख्नुपर्छ ।
नाता / सम्बन्ध | सम्बोधन (सुरुमा) | अभिवादन | सम्बन्ध ज्ञापन (अन्त्यमा) |
---|---|---|---|
हजुरबुबा / हजुरआमा, बुबा / आमा, पति, ससुरा / सासू | पूज्य, पूजनीय, श्रद्धेय | साष्टाङ्ग दण्डवत्, दण्डवत्, प्रणाम, सेवा ढोग | हजुरको / की, नाति / नातिनी, छोरा / छोरी, हजुरकी पत्नी, बुहारी |
फुपू / फुफाजु, दाजु, दिदी, काका / काकी, गुरु, मामा, माइजू | आदरणीय, श्रद्धेय | प्रणाम, ढोग, दण्डवत्, नमस्कार | हजुरको / की भदा, भाइ / बहिनी, भतिज / भतिजी, शिष्य / शिष्या, भान्जा / भान्जी |
छोरा / छोरी, भाइ / बहिनी, भतिज / भतिजी, भान्जा / भान्जी, साला / साली, श्रीमती | प्रिय / प्रिया, प्यारो / प्यारी, स्नेही, मायालु | आशीर्वाद, शुभाशीर्वाद, आशिष, मिठो सम्झना, सुमधुर स्मृति | भलो चिताउने, माया गर्ने, तिम्रो / तिम्री, बुबा / आमा, दाजु / दिदी, काका / काकी, मामा / माइजू |
साथी, मित्र | प्रिय, मित्र (नाम), प्यारो साथी, प्यारी मित्रवर | नमस्कार, सम्झना, दिनदिनको सम्झना | हितैषी, सुभेच्छुक, तपाईँको शुभचिन्तक, तिम्रो मित्र, उही साथी |
नमुना
जनकपुरधाम, धनुषा २०७४/०१/०८ पूज्य बुबा, आजसम्म म यहाँ सकुशल छु र त्यहाँ बुबाआमाका गाथमा पनि कुशलताको कामना गर्दछु । बुबा ! हजुरले घरबाट पठाएको चिठी आजै मात्र हातमा पर्यो । यसले त मलाई एकपटक घरमै बुबाआमाका साथमा बसेजस्तो अनुभव गरायो । मुख्य कुरा के भने बुबाले चिठीमा अब गाउँमै प्रौढ शिक्षा कार्यक्रम सुरु भएको कुरा लेख्नुभएको रहेछ । यसले बुबा र बुबाजस्ता बुढेसकालमै पनि केही गर्ने उत्साह भएकाहरूलाई निकै प्रेरणा दिएको हुनुपर्छ भन्ने मैले ठानेको छु । आफूले केही पढ्नलेख्न जानेदेखि गाउँमा कसैले हेप्न र ठग्न नसक्ने हुनाले यस्तो मौका बुबाले छाड्नुहुने छैन भन्ने कुरामा म विश्वस्त छु । मर्ने बेलामा पनि कापीकलम समातेर के पो हुन्छ र भन्ने भाव लिएर हिम्मत हार्नेहरूलाई पनि बुबाले सम्झाउनुपर्ने हुनाले मैले यो पत्र लेख्न हतार गरेको हुँ । शिक्षाले एकातिर ज्ञानको विशाल भण्डार नै आँखा अघिल्तिर नै भएको देखाइदिने छ भने अर्कातिर बुढेसकालमै पनि रमाइला र अरूलाई फाइदाजनक काम गरेर जीवनलाई हल्का बनाउन सकिने हुन्छ । बुबाले पढ्न सक्ने भएपछि म आउँदा हजुरलाई रोचक पुस्तक र पत्रिकाहरू ल्याइदिने छु । आमालाई मेरो प्रणाम छ र मेरो चिन्ता लिनुपर्दैन भनिदिनुहोला । हस् त, अहिलेलाई यत्तिकैमा चिठी बन्द गर्दछु, फेरि समाचार आदानप्रदान हुने नै छ । हजुरको आज्ञाकारी छोरो, रविन यादव प्रेषक प्रापक रविन यादव महेशप्रसाद यादव जनकपुरधाम माईस्थान रोड वीरगञ्ज महानगरपालिका |
कुनै व्यवसाय गर्ने संस्थाले व्यापारिक सम्बन्ध वा कारोबारका लागि माग र आपूर्तिसँग सम्बन्धित भई लेख्ने चिठी व्यावसायिक हुन्छ । यस्ता चिठीहरू सामान किनबेचका लागि व्यवहार गरिन्छन् र सामान्यतः संस्थाको नाममा छापिएको 'लेटरप्याड' मा लेखिन्छन् । यसको शैली औपचारिक हुन्छ ।
द्रष्टव्य : 'श्रीमान्' लेखेर सम्बोधन गरेपछि नाम वा पदका अन्त्यमा 'ज्यू' लगाउनुपर्दैन ।
अभिनव पुस्तक सदन भरतपुर, चितवन प.सं. १२२/०७५/०७६ मिति : २०७६/०५/०५ विषय : पुस्तकहरू पठाइदिनेबारे । श्रीमान् व्यवस्थापक, महाशय, हाम्रो पुस्तक भण्डारले चितवनमा नयाँ र महत्त्वपूर्ण पुस्तकहरूमाझ छिटो, छरितो र सुलभ तरिकाले पाँच वर्षदेखि उपलब्ध गराउँदै आएको कुरा यहाँलाई अवगत नै छ । त्यस प्रकाशनबाट प्रकाशित पुस्तकहरूको माग चितवनमा बढिरहेको हुँदा तपसिलमा माग गरिएका पुस्तकहरू कञ्चन यातायात सेवाबाट तुरुन्त पठाइदिन अनुरोध गर्दछु । त्यसको मूल्यबापत तलेजु प्रकाशनको नाममा रु. १,००,०००/- (रु. एक लाख मात्र) को ड्राफ्ट चेक पठाएको छु । बाँकी हिसाब अर्कोपल्ट चुक्ता हुने नै छ । सहयोगका लागि धन्यवाद ! भवदीय, _____________ (अनल दनुवार) सञ्चालक
प्रेषक प्रापक अनल दनुवार श्रीमान् व्यवस्थापक सञ्चालक तलेजु प्रकाशन हाम्रो पुस्तक भण्डार, चितवन भोटाहिटी, काठमाडौँ |
एउटा कार्यालयले अर्को कार्यालय वा व्यक्तिलाई लेख्ने चिठीलाई कार्यालयीय चिठी भनिन्छ । यसका साथै कुनै व्यक्तिले कुनै काम गरिदिने अनुरोधका साथ कार्यालयसमक्ष प्रस्तुत गरेको निवेदनलाई पनि कार्यालयीय चिठी अन्तर्गत नै राखिन्छ । औपचारिक प्रकारको हुने भएकाले यसमा विशेष शिष्टता र सावधानी अपनाउनुपर्ने हुन्छ ।
२०७४/०२/०५ श्रीमान् प्रधानाध्यापक, विषय : नेपाली शिक्षकमा नियुक्ति दिनेबारे । महोदय, उपर्युक्त सम्बन्धमा मिति २०७४/०२/०३ गतेको 'लुम्बिनी' दैनिक पत्रिकामा प्रकाशित विज्ञापन अनुसार त्यस विद्यालयमा खाली रहेको मा.वि. स्तरको नेपाली शिक्षक पदका लागि आफू योग्य भएकाले मैले यो निवेदन पेस गरेकी छु । म २५ वर्ष पुगेकी स्वस्थ, कर्तव्यनिष्ठ एवं मिलनसार युवति हुँ । मैले पद्मोदय मा.वि., भरतपुरबाट एसएलसी तथा महेन्द्र बहुमुखी क्याम्पस, दाङबाट मुख्य विषय नेपाली लिई आइए र बिए उत्तीर्ण गरेकी छु । यसका साथै जनता विद्यापीठ, बिजौरीबाट नेपाली विषयमा एकबर्से बिएड उत्तीर्ण गरी हाल बबई विद्या सदन, तुलसीपुरमा अध्यापन कार्य गरिरहेकी छु । नेपालमै ख्यातिप्राप्त त्यस विद्यालयमा रही शिक्षाक्षेत्रमा योगदान गर्ने प्रतिबद्धता भएकाले र पेसागत रूपमै शिक्षणकार्यमा सहभागी हुनाले म विद्यालयमा काम गर्न उत्सुक भएकी हुँ । यदि मैले त्यस विद्यालयमा काम गर्ने अवसर पाएँ भने लगनशीलताका साथ आफ्नो कर्तव्य पूरा गर्ने विश्वास दिलाउँछु । मेरो शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू यसै निवेदनका साथ संलग्न गरेकी छु र अन्तर्वार्ताका समयमा तिनका सक्कल प्रतिहरू लिएर उपस्थित हुने छु । यहाँबाट पूर्ण सहयोगको अपेक्षा गरेकी छु । धन्यवाद ! भवदीय, _____________ (प्रनिता विश्वास) हापुर गा.वि.स. - ३, दाङ प्रेषक प्रापक प्रनिता विश्वास श्रीमान् प्रधानाध्यापक हापुर गा.वि.स. - ३ जीवन माध्यमिक विद्यालय दाङ बुटवल, रुपन्देही |
This article uses material from the Wikipedia नेपाली article चिठी, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.