महिनावारी

महिनावारी महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रिया हो ।

महिनावारी
महिनावारी चक्र

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावारी सुरू हुने उमेर

पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ ।

महिनावारीको समयमा हुने परिवर्तन

  •  महिलाको योनिबाट पटक पटक रगत आउने, प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।
  • धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु)।
  • नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५ वा
  • ७ दिनसम्मको हुन्छ ।
  • धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
  • महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अङ्ग्रजीमा ovulation भनिन्छ । महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ ।

महिनावारी र प्रजनन

  • महिनावारीको एक पुरा चक्र औसतमा २८ दिनको हुन्छ । एक पटकको महिनावारीबाट अर्को पटकको महिनावारी हुने समय कसैमा लामो त कसैमा छोटो हुन्छ । त्यस्तो अवस्थामा तपाईँले चिन्ता लिनु पर्दैन किनकि त्यसलाई सामान्य नै मानिन्छ । त्यसै गरी तपाईँको महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ ।
  • हरेक महिना परिपक्व डिम्ब डिम्बाशयबाट निस्केर डिम्ब बाहिनी नली हुदै पाठेघरसम्म आउछ । उक्त समयमा असुरक्षित यौन सम्पर्क भएमा र योनिभित्र नै वीर्य खसालेमा डिम्बलाई शुक्रकीटले निषेचित गर्न सक्छ र निषेचित भएमा महिला गर्भवती हुन्छिन् । यदि डिम्बको शुक्रकीटसंग मिलन भएन भने बच्चा हुर्काउनका लागि पाठेघरमा बन्दै गइरहेको उपयुक्त वातावरण प्रक्रिया आवश्यक पर्ने रागरसहरू (Hormones) को वृद्धि जसका कारणले पाठेघरको भित्तामा बनिरहेको रगतको तह रोकिन्छ र नियमित महिनावारी प्रक्रिया सुरु हुन्छ ।
  • महिनावारी करिब ४५ वर्षको उमेरसम्म रहन्छ । यही उमेरका हाराहारीमा महिलाको महिनावारी रोकिन सुरु हुन थाल्छ र त्यसपछि महिला गर्भवती हुन सक्दिनन् ।

महिनावारी र सरसफाई

महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पु-याउनु पर्ने हुन्छ । ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यसले गर्दा उनीहरूको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

नेपालको पश्चिमी भेगतिर महिलाहरूले अवस्था अझ नाजुक छ । उनीहरू महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्देनन् । कसै-कसैले कपडा प्रयोग गरेभने पनि सूर्यलाई देखाउनु हुँदैन भन्ने अन्धविश्वास छ । यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् र अँध्यारो मै राख्छन् । उनीहरू फेरि अर्कोपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन् । यसले गर्दा उनीहरूको शरीरका भित्री अंगमा संक्रमण हुने सम्भावना बढी हुन्छ । महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ  । यसले कपडा मा भएको परजीवि नाष्ट हुन्छ । कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने हुन्छ ।

आजकल महिलाहरू आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन् । औषधि पसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो भागमा बाँड्ने र तिनलाई सुतीको कपडामा बेरेर प्याड बनाउन सकिन्छ । यो प्याड एकपल्ट प्रयोग गरिसकेकपछि कागजमा बेरेर सुरक्षित ठाँउमा फ्याक्ने वा जलाएर नष्ट गर्नुपर्छ ।

महिनावारी रोकिएमा

असुरक्षित यौन सम्पर्कमा संलग्न हुँदा गर्भवती भएको हुन सक्छ । जसको कारण महिनावारी रोकिएको हुन सक्छ । त्यसकारण त्यस्तो अवस्थामा नजिकैको औषधी पसल तथा स्वास्थ्य संस्थामा गई सामान्य गर्भवती जाँच गराउन सक्नु हुन्छ ।

महिलाहरूको शरीर संवेदनशील हुने हुदा धेरै चिन्ता, तनाब वा धेरै भ्रमण गर्नु पर्ने अवस्थामा तथा धेरै बिरामी भएमा पनि महिनावारी केही हप्ता अगाडि पछाडि हुन सक्छ । प्रायशः केटी महिलाहरूमा नियमित (कसैको एक हप्ता अगाडि त कसैको एक हप्ता पछाडि) महिनावारी हुन्छ नै भन्ने छैन। त्यसैले आफू कुन मितिमा महिनावारी भइयो भनेर थाहा पाइ राख्न र महिनावारी किन भएन भनी चिन्तामा बस्न नपरोस् भन्ने हेतुले आफ्नो महिनावारीको मिति क्यालेन्डरमा वा डायरीमा लेखि राख्नु राम्रो हुन्छ ।

महिनावारी हुदा तल्लो पेट र ढाड दुख्ने

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ । यदि पाठेघरले निषेचित डिम्ब प्राप्त गरेन भने त्यो निर्माण भएको रगतको तह विस्तारै रगतका रूपमा योनिमार्ग हुदै बाहिर निस्कन्छ र यस बेला पाठेघर खुम्चिने र फुक्ने हुदा यस्तो प्रकारको दुखाइ हुने गर्दछ । यही रागरसको (Hormones) परिवर्तनले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

पेट र ढाड दुख्ने समस्याको उपचार

घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ । रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ । त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ । रबडको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ । त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ । यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन । हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ । धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नु हुदैन । माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन ।

महिनावारी हुदाँ यौन सम्पर्क

महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटी / महिलासँग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।

महिनावारीको वेला असुरक्षित यौन सम्पर्क (परिवारनियोजनका साधन प्रयोग नगरी) गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो । त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तै; २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ - ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भनिरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।

भ्रम, अन्धविश्वास

समाजमा प्रचलित धेरै अन्धविश्वासका कारणले गर्दा महिनावारी भएको महिला र महिनावारीको बेलामा बग्ने रगत अशुद्घ भनिएको देखिन्छ । थुप्रै बन्देज एंव निषेध गर्ने व्यवहारहरु संसार भर मानिसहरूले गर्ने गरेका छन् । यस्ता व्यवहार महिनावारीको वास्तविक एवम् ठिक कारण थाहा नभएर विभिन्न काल्पनिक कुराहरूमा विश्वास गरी गर्ने गरेको देखिन्छ ।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

महिनावारी (किशोर-किशोरीहरूका प्रजनन स्वास्थ्य सम्बन्धी जिज्ञासा पुस्तिका)[dead link] 

http://menstruationeducationnepal.com वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-१० मिति

Tags:

महिनावारी सुरू हुने उमेरमहिनावारी को समयमा हुने परिवर्तनमहिनावारी र प्रजननमहिनावारी र सरसफाईमहिनावारी रोकिएमामहिनावारी हुदा तल्लो पेट र ढाड दुख्नेमहिनावारी हुदाँ यौन सम्पर्कमहिनावारी भ्रम, अन्धविश्वासमहिनावारी सन्दर्भ सामग्रीमहिनावारी बाह्य कडीहरूमहिनावारी

🔥 Trending searches on Wiki नेपाली:

भण्डारखाल पर्वनेपालको अर्थतन्त्रसूर्यनेपालको भूगोलझापा जिल्लानेवार जातिसुसाङ्ख्यमेचे जातिपशुपतिनाथ मन्दिरसार्वजनिक सेवा प्रवाहनेपालका प्रधान सेनापतिहरूचतराधाममुनामदनव्यवसायकृष्ण मन्दिररक्सीनेपाली व्याकरणमहिला विरुद्धका हिंसासंविधान सभा निर्वाचन, २०६४भारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूनेपालका राष्ट्रिय निकुञ्जहरूनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूसुनसरी जिल्लाब्याडमिन्टनअङ्कव्यापारकाभ्रेपलान्चोक जिल्लाहस्तमैथुनआविष्कारकहरूको सूचीमाधवप्रसाद घिमिरे (साहित्यकार)जिमेलचितवन जिल्लाबाबासाहेब आम्बेडकरनेपालको जनआन्दोलन २०६३गोसाइँकुण्डभारतबहादुर शाहई सेवाज्ञानेन्द्र वीरविक्रम शाहमहिनानेपालका जातिहरूमुख मैथुनदौरा सुरुवालजानकी मन्दिरधादिङ जिल्लाआमाठकुरीवाच्य (व्याकरण)मुख्य पृष्ठविनोद चौधरीशब्दकोशगर्भपतनफिफासन्दीप लामिछानेचूडाकर्म संस्कारनेपाली राष्ट्रिय क्रिकेट टोलीकृषि तथा पशुपंक्षी विकास मन्त्रालय (नेपाल)दक्षिणपन्थी राजनीतिकाठमाडौँआउँनमस्तेधानभारोपेली भाषा परिवारबौद्धनाथनिबन्धनेपालमा मौलिक हक र कर्तव्यधरान उपमहानगरपालिकाभक्तपुर दरबार क्षेत्रसंस्कृतनेपाली भाषाभाषानेपाल प्रहरीजनमत सङ्ग्रहनेपालको संविधान २०७२कानूनआँचल शर्मा🡆 More