कार्यपालिका

देशको एक महत्त्वपूर्ण अङ्ग कार्यपालिका हो । स्थानीय तहमा कार्यपालिका अन्तर्गत गाउँपालिकामा गाउँ कार्यपालिका र नगरपालिकामा नगर कार्यपालिका हुन्छन् । गाउँपालिका र नगरपालिकाको शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने जिम्मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाको हुन्छ । गाउँपालिकाको अध्यक्षको अध्यक्षतामा गाउँ कार्यपालिका गठन हुन्छ । जसमा उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष, ४ जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट २ जना सदस्य रहन्छन् । गाउँ सभाको निर्वाचनको नतिजा आएको १५ दिनपछि गाउँ सभाका सदस्यहरूले आफूहरूमध्येबाट गाउँसभाका सदस्यहरूले निर्वाचित गरेका ४ जना महिला र २ जना दलित वा अल्पसंख्यक समुदायबाट २ जनालाई सदस्यमा चयन गर्छन् । गाउँपालिकाको आकार कति ठूलो हुन्छ भन्ने वडा सङ्ख्यामा भर पर्छ । गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण ऐन, २०७३ ले गाउँपालिकामा कम्तीमा ५ देखि बढीमा २१ वडा रहन सक्ने व्यवस्था गरेको छ । यसरी हिसाब गर्दा गाउँपालिका कम्तीमा १३ देखि बढीमा २९ सदस्यीयसम्म बन्न सक्छ ।

गाउँपालिकामा जस्तै नगरपालिकामा पनि नगरप्रमुखको अध्यक्षतामा नगर कार्यपालिका गठन हुन्छ । जसमा उपप्रमुख, प्रत्येक वडाबाट निर्वाचित वडा अध्यक्ष, ५ जना महिला सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट ३ जना सदस्य रहन्छन् । नगर सभाको निर्वाचनको नतिजा आएको १५ दिनपछि नगर सभाका सदस्यले आफूहरूमध्येबाट नगर सभाले निर्वाचित गरेका ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक समुदायबाट २ जनालाई सदस्यमा चयन गर्छन् । नगरपालिकाको आकार कति ठूलो हुन्छ भन्ने वडा सङ्ख्यामा भर पर्छ । गाउँपालिका तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण ऐन, २०७३ ले नगरपालिकामा कम्तीमा ९ र बढीमा ३५ वडा रहन सक्ने व्यवस्था छ । यसरी हिसाब गर्दा नगरपालिका १९ देखि ४५ सदस्यीयसम्म बन्न सक्छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल ५ वर्षको हुन्छ । २ पटकसम्म अध्यक्ष/प्रमुख भएको व्यक्ति भने गाउँपालिका/नगरपालिकाको निर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

गाउँ कार्यपालिकागाउँ सभागाउँपालिकादेशनगर कार्यपालिकानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

मानसिक रोगनेपालको निसानछापनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाधनुषा जिल्लामुल्यमहानगरपालिकानेपालका मल्ल राजाहरूको सूचीयोनीमेटानेपाली साहित्यमहाभारतजगेडाजापानी भाषानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुसूचना प्रविधिनेपालको जनआन्दोलन २०४६अरनिकोवडा कार्यालय (नेपाल)नेपालका अञ्चलहरूबैजनीतत्समनेपालको पहिलो संविधान सभायोनीमार्गझलकमान गन्धर्वफूलसामाजिक सञ्जालमहावीर पुनमुटुअस्ट्रेलियाशब्दकोशनामआम निर्वाचन २०१५उदित नारायण झाबाल विवाहठकुरीनेपालमा भूकम्पको इतिहाससंविधान सभा निर्वाचन २०७०लिच्छवि राज्यलागतजयन्तीगढीमाईसुपादेउराली मन्दिरचितवन राष्ट्रिय निकुञ्जनातारामेछाप जिल्लासन्दुक रुइतखड्गप्रसाद ओलीभण्डारखाल पर्वकुवेतजङ्गलबाँसगण्डकी प्रदेश सभानमस्तेदक्षिण एसियानेपालको प्रधानमन्त्रीराष्ट्रिय स्वतन्त्र पार्टीढुङ्गे युगरत्ननगर नगरपालिकाफुलदाइजोकम्पनीव्यवस्थापन लेखाविधिकतारनेपाली सेनाका गणहरुनेपालमा महिलाको अवस्थादिगो विकासका लक्ष्यहरूसुर्खेत जिल्लामानव विकास सूचकाङ्कदेवी-देवतापारिजात (साहित्यकार)गौरा पर्वजीवनीम.वी.वि.शाहअफ्रिकापुष्पकमल दाहालअन्तिम संस्कार🡆 More