आन्ध्र महासागर वा एटलान्टिक महासागर विशाल जलराशिको नाम हो जो यूरोप तथा अफ्रिका महादेशहरूको नयाँ संसारका महादेशहरूदेखि पृथक गर्छ । क्षेत्रफल र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले पृथ्वी को १/५ क्षेत्र ओगटेको छ । यस महासागरको नाम ग्रीक संस्कृतिबाट लिइएको छ जसमा यसलाई नक्शाको समुद्र पनि भनिन्छ । यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर ८ को जस्तो छ । लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ । आर्कटिक सागर, जो बेरिङ्ग जलडमरूमध्यबाट उत्तरी ध्रुव हुँदै स्पिट्सबर्जेन र ग्रिनल्यान्डसम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो । यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ । यस्तै प्रकार दक्षिणमा दक्षिणी जर्जियाको दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो । यसको क्षेत्रफल यस अन्तर्गतका समुद्रहरुसहित ४,१०,८१,०४० वर्ग माईल छ ।
यस अन्तर्गत समुद्रहरूलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ । यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ । उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरूको तुलनामा पर्याप्त रहेको छ । यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरूको बिचमा विद्यमान छ । यस महासागरको अन्य भागहरूमा लवणता अपेक्षाकृत कम रहेको छ ।
आन्ध्र महासागर | |
---|---|
निर्देशाङ्क | ०°उ॰ २५°प॰ / ०°N २५°W २५°प॰ / ०°N २५°W |
प्रवाहित राष्ट्रहरू | राष्ट्रहरूको सुची |
सतहको क्षेत्रफल | १०,६४,६०,००० किमी२ (४,११,००,००० वर्ग माइल) North Atlantic: ४,१४,९०,००० किमी२ (१,६०,२०,००० वर्ग माइल), South Atlantic ४,०२,७०,००० किमी२ (१,५५,५०,००० वर्ग माइल) |
औसत गहिराइ | ३,६४६ मी (११,९६२ फिट) |
अधिकतम गहिराइ | ८,४८६ मी (२७,८४१ फिट) |
पानीको आयतन | ३१,०४,१०,९०० किमी3 (७,४४,७१,५०० घन माइल) |
किनारा लम्बाइ1 | १,११,८६६ किमी (६९,५१० माइल) including marginal seas |
टापुहरू | टापुहरूको सुची |
1 किनाराको लम्बाइ उपयुक्त तरिकाले परिभाषित छैन। |
एटलान्टिक महासागरको गहिराईको प्रारम्भिक अध्ययनमा पनडुब्बी चालक (१८७३-७६) को अन्वेषण अभियानको समान अन्य वैज्ञानिकले महासागरको अन्वेषणहरूमा योगदान दिएका थिए । एटलान्टिक महासागरीय विद्युत केबुलहरूको स्थापनाका गर्नका लागि आवश्यक जानकारी प्राप्ति गर्नका लागि यस प्रकारका अध्ययनहरूले विशेष प्रोत्साहन दियो । यसको गहिराइ को सन्दर्भमा एउटा अन्वेषण टोलि सन् (१९२१) को अध्ययन अनुसार यस महासागरको औसत गहिराई, समुद्रहरूलाई छोडेर, ३,९२६ मीटर, अर्थात् १२,८३९ फिट छ । यसको ज्ञात अधिकतम गहिराई, ८,६०५ मिटर अर्थात् २८,२३२ फिट छ र यस महासागरको सबैभन्दा गहिरो भाग पोर्टोरिको ट्रेन्च हो जसको गहिराई लगभग ८,६०५ मिटर (२८,२३२ फिट) रहेको छ ।
आन्ध्र महासागरको सहायकधाराहरु नियमितरूपमा हावाको दिशा अनुरूप बहन्छन् । तर स्थल खण्डको आकृतिको प्रभावबाट धाराहरुका यस क्रममा केही अन्तर अवश्य आउन जान्छ । उत्तरी एटलान्टिक महासागरको धाराहरूमा उत्तरी विषुवतीय धारा, गल्फ स्ट्रीम, उत्तरी एटलान्टिक प्रवाह, कैनेरी धारा र लैब्रोडोर धाराहरु मुख्य रहेका छन् । दक्षिणी एटलान्टिक महासागरको धाराहरूमा दक्षिणी विषुवतीय धारा, ब्राजील धारा, फाकल्याण्ड धारा, पछौं प्रवाह र बैङ्गुला धाराहरु मुख्य रहेका छन् ।
पृथ्वीका महासागरहरू |
---|
This article uses material from the Wikipedia नेपाली article आन्ध्र महासागर, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.