गोविन्दबहादुर मल्ल: नेपाली साहित्यकार

गोविन्द बहादुर मल्ल “गोठाले” (वि.

सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएका हुन् । उनले कथा, उपन्यास र नाटकका क्षेत्रमा ख्याति प्राप्त गरेका छन् ।

गोविन्द बहादुर मल्ल
जन्मवि. सं. १९७९ असार २९
मृत्यु२०६७ मंसिर २७
काठमाडौँ
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकथा, नाटक, उपन्यास
उल्लेखनीय कार्यहरूपल्लो घरको झ्याल
आफन्तहरूभाइ विजय मल्ल

जीवनी

गोठालेको जन्म वि. सं. १९७९ असार २९ गते ओमबहाल, काठमाडौँमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। शारदाका प्रकाशक/सम्पादक उनका पिता ऋद्धिबहादुर भाषासेवी थिए भने दाजु विजय मल्ल ठूला साहित्यकार थिए। उनले आई.एस्सी. सम्म पढे। नीजि व्यवसायमा संलग्न रहे।

कवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा लगायतसँग उठ्बस गर्न भ्याएका गोठाले नाटक, कथा र उपन्यास गरी तीन विधाका पहिलो आधुनिक प्रयोक्ता थिए। गोठालेले साहित्यिक पत्रिका शारदाको सम्पादक भएर समेत काम गरे ।

उनी शारदाका सम्पादक र जोरगणेश प्रेसका निर्देशक रहे। यसका साथै विभिन्न कालमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, प्रेस काउन्सिलका सदस्य, निर्वाचन आयोगका सदस्य, नेपाल लेखक सङ्घका अध्यक्ष भए। आफू सम्पादक हुँदा शारदालाई उनले नेपाल बाहिरका नेपाली भाषी माझ समेत पुर्‍याएका थिए। गोठाले नेपालको पहिलो दैनिक अखबार आवाजको प्रधान सम्पादकसमेत भएका थिए।

कृतिहरू

उनले वि. सं. १९९२ तिरै लेखेको 'ममता' शीर्षकको कविता उनको पहिलो रचना हो। गोठालेद्वारा वि. सं. २०१६ सालमा लेखिएको पल्लो घरको झ्याल उपन्यासले अत्यधिक लोकप्रियता पाएको थियो। कथा, उपन्यास, नाटक आदिमा कलम चलाएका मल्लका कृतिहरू यस प्रकारका छन्:- class="duhoc-ne wikitable table-responsive "

पुरस्कार

नेपाली भाषा-साहित्यका विविध विधामा खास गरी कथा, नाटक र उपन्यासमा पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत उनले २०५५ सालको जगदम्बाश्री पुरस्कार पाएका उनका अन्य सम्मानहरू निम्नानुसार छन्:-

  • नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको मानार्थ आजीवन सदस्य (२०३३)
  • गोरखा दक्षिण बाहु दोस्रा (२०३६)
  • त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२)
  • भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४५)
  • वेदनिधि पुरस्कार (२०४८)
  • सर्वश्रेष्ठ रचना पुरस्कार (२०५०)
  • पहलमानसिंह स्वाँर पुरस्कार (२०५२)
  • सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५३)

भ्रमण

नेपालका विभिन्न ठाउँ, भारत, लेबनान, फ्रान्स, जर्मनी, इटली, चीन, थाइल्यान्ड, बेलायत, हल्याण्ड, सिरिया, बेल्जियम आदि देशको भ्रमण गरेका मल्ल नेपाली साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् ।

निधन

उनको वि.सं. २०६७ मंसिर २७ गते (सन् २०१० डिसेम्बर १३) का दिन ८९ वर्षको उमेरमा निधन भयो।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

गोविन्दबहादुर मल्ल जीवनीगोविन्दबहादुर मल्ल कृतिहरूगोविन्दबहादुर मल्ल पुरस्कारगोविन्दबहादुर मल्ल भ्रमणगोविन्दबहादुर मल्ल निधनगोविन्दबहादुर मल्ल सन्दर्भ सामग्रीगोविन्दबहादुर मल्ल बाह्य कडीहरूगोविन्दबहादुर मल्लरिमाललक्ष्मीप्रसाद देवकोटासिद्धिचरण श्रेष्ठ

🔥 Trending searches on Wiki नेपाली:

भारद्वाज ऋषिजाजरकोट भूकम्प, २०८०मुक्तिनाथखड्ग निशान अड्डाकागमहाकाव्यआगन्तुक शब्दइलाम २ (निर्वाचन क्षेत्र)नेपालको राष्ट्रपतिसिमसारप्रजनन स्वास्थ्यविश्व व्यापार सङ्गठननेपालको प्रशासनिक विभाजनधर्म निरपेक्षतापर्यटनराणा वंशनेपालमा विद्यालयको तहगत संरचनासन्दुक रुइतप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)सती प्रथामोतीराम भट्टदोस्रो विश्व युद्धउधौलीझमक घिमिरेलिम्बू जातिव्यवसायदमाई जातिउद्योगसम्पति शुद्धीकरणशिवप्रतिनिधि सभा निर्वाचन, २०७४नेत्रविक्रम चन्दइन्द्रजात्रामदन पुरस्कारबाल्यावस्थानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)दक्षिण कोरियानेपाल राष्ट्र बैङ्कबैङ्कवराहक्षेत्रनेपालमा पर्यटनकाठमाडौँ जिल्लादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनतिलिचो तालमनकामना मन्दिरनौमती बाजाहिन्द महासागरनेपाल विद्युत प्राधिकरणमानिसआम निर्वाचन २०१५युट्युबकाठमाडौँनेपाली रुपैयाँअन्नप्राशन संस्कारदर्तानेपाल स्काउटराष्ट्रिय प्रजातन्त्र पार्टीगोपालप्रसाद रिमालनेपालका प्रधानमन्त्रीहरूको सूचीबीमानेपालमा महिलाको अवस्थानेपालमा धर्ममानव संसाधन व्यवस्थापनअमेरिकी क्रान्तिकारी युद्धनेपालको लोकतन्त्र दिवसकाभ्रेपलान्चोक जिल्लानेपाली साहित्यको इतिहाससमाजबारा जिल्लाश्रीकृष्ण श्रेष्ठदोहोरो लेखा प्रणालीलिच्छवि राज्यसेतो मच्छिन्द्रनाथको रथयात्राकोशी प्रदेश🡆 More