नौमती बाजा

नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो। यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ। यस अन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन्। सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो।

नौमती बाजा
नौ वटा बाजाहरूको सामूहिक बाजा जुन नेपाली विवाहमा बजाइने गरिन्छ।

नौमती बाजाहरूको सङ्क्षिप्त विवरण

सहनाई

सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ। फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन्। एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ। विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ।

ढोलक

मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ। यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ। ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ।

दमाहा

यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ। तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ। यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ।

सानो दमाहा

दमाहाको सानो रूपलाई सानो दमाहा भनिन्छ।

बाउँताल

दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ। यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन। ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ।

ट्याम्को

नौमती अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहा जस्तै हुन्छ। यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ। सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन्। यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन्। कहिलेकाहींँबाजा र वाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ।

झ्याम्टा/झ्याली

बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ। काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ। सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन्|त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै झ्याम्टा बजाइन्छ।

नरसिङ्गा

संस्कृत शब्द नरश्रृङ्गको अपभ्रंस भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ। फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ। तामाले बनेको यो वाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ। नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ। पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङत थोरैले मात्र बजाउन सक्दछन्। बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ।

कर्नाल

बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिङ्गा भन्दा हुन्छ। साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ।तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ। कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ।

सम्बन्धित लेख

सन्दर्भ सामग्रीहरू

बाह्य कडी

Tags:

नौमती बाजा हरूको सङ्क्षिप्त विवरणनौमती बाजा सम्बन्धित लेखनौमती बाजा सन्दर्भ सामग्रीहरूनौमती बाजा बाह्य कडीनौमती बाजाकर्नालझ्यालीट्याम्कोढोलकदमाहानरसिङ्गापञ्चैबाजाबाजासहनाई

🔥 Trending searches on Wiki नेपाली:

बुटवल उपमहानगरपालिकाबडघरजनमत सङ्ग्रहमगर जातिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपालका विश्वविद्यालयहरूको सूचीपुनर्जागरणअलैँचीभारद्वाज गोत्रफिफानेपालका राष्ट्रिय चिह्नहरूनेपाली चलचित्रहरूको सूचीकृष्ण जन्माष्टमीप्रविधिगोरखा दरबारइलाम जिल्लामहासागरमहेन्द्र राजमार्गभ्यागुतोकिराँत धर्मन्यायिक समितिभिटोपर्यटननामइलाम २ (निर्वाचन क्षेत्र)रोयल च्यालेन्जर्स बेङ्गलोरभौगोलिक सूचना प्रणालीशिरीषको फूलइतिहासमहावीर पुननेपालका प्रदेशहरूबागमती नदीमुद्रानेपाली साहित्यनयाँ पत्रिका दैनिकअगमसिंह गिरीलोकतन्त्रनेपाली परम्परागत नापका इकाईमकैनेपालगन्ज उपमहानगरपालिकाविप्रेषणनेपाल सरकारसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारप्युठान जिल्लादिल्ली सम्झौताबिरालोअन्तिम संस्कारसमाजवादआन्तरिक राजस्व विभाग (नेपाल)अरनिको राजमार्गछन्दसंविधानदेवकुमारी थापानेवारी भाषाबालेन शाहगर्भावस्थानेकपा (एमाले)को १०औँ महाधिवेशनफौजदारी कानुनविजय मल्लकलासूर्यक्रियापददेवघाट धामजानकी मन्दिरराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)नेवार जातिरेडियो नेपालपूर्वीय चिन्तन परम्पराबहादुर शाहनेपालका प्राकृतिक सम्पदाहरूको सूचीगगन थापाबसाइँ सराईचाणक्यचिठीउखान-टुक्का🡆 More