नेपाल वडा कार्यालय

वडा कार्यालय म आशिष सबभन्दा तल्लो प्रशासनिक केन्द्र हो । पहिले नगरपालिकामा मात्रै भएतापनि हाल वडा कार्यालय गाउँपालिकामा पनि छ । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा देशभरि ४ वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका कायम भएका छन् । स्थानीय तहमा ६ हजार ६ सय ८० वटा वडा कायम भएका छन् ।

मन्त्रालयले २०७४ जेष्ठमा तराईका १६ जिल्लामा स्थानीय तहको संख्या र सीमा हेरफेर तथा स्तरोन्नति गर्दा हाल स्थानीय तहको कुल संख्या ७ सय ४४बाट बढेर ७ सय ६६ पुगेको छ (६ महानगर, ११ उपमहानगर, २८६ नगरपालिका र ४६३ गाउँपालिका) । साबिक ४ सय ८१ गाउँपालिकाको संख्या घटेर ४ सय ६३ कायम भएको छ ।

वडा कार्यालयबाट पाइने सुबिधाहरू

(१) नाता प्रमाणित,
(२) नागरिकताको सिफारीस र नागरिकताको प्रतिलिपि लिनको लागि सिफारिस,
(३) बहाल करको लेखाजोखा सिफारिस,
(४) कोठा खोल्न रोहबर बस्ने,
(५) मोही लगत कट्टा सिफारिस,
(६) घरजग्गा करको लेखाजोखा सिफारीस,
(७) जन्ममिति प्रमाणित,
(८) ब्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा हुँदै नभएको सिफारिस,
(९) मिलापत्र कागज बनाउने निवेदन दर्ता सिफारिस,
(१०) विवाह प्रमाणित अविवाहित प्रमाणित,
(११) निःशुल्क वा सशुल्क स्वास्थ्य उपचार सिफारिस,
(१२) आफ्नो अधिकार क्षेत्रको विषयमा अंग्रेजी भाषामा सिफारीस, प्रमाणित,
(१३) घर पातल प्रमाणित,
(१४) व्यक्तिगत विवरण प्रमाणित,
(१५) पुर्जामा घर कायम गर्ने सिफारिस,
(१६) फरक–फरक नाम, थरजन्म मितिको सिफारिस, प्रमाणित तथा दुबै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस,
(१७) नाम, थरजन्म मिति संशोधनको सिफारिस,
(१८) जग्गा धनीपूर्जा हराएको सिफारिस,
(१९) कागज र मन्जुरीनामा प्रमाणित,
(२०) कित्ताकाट सिफारिस,
(२१) संरक्षक प्रमाणित तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस,
(२२) जिवीतसंगको नाता प्रमाणित,
(२३) हकवाला वा हकदार प्रमाणित,
(२४) नामसारि सिफारिस,
(२५) जग्गाको हक सम्बन्धि सिफारिस,
(२६) मृतकको नाता प्रमाणित, सर्जमिन र सिफारिस,
(२७) उद्योग ठाउँसारी सिफारिस,
(२८) जिवित रहेको सिफारिस,
(२९) पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस,
(३०) जग्गा मूल्यांकन सिफारिस प्रमाणित,
(३१) विद्यालयको कक्षाबृद्धि सिफारिस,
(३२) पालन पोषण सिफारिस,
(३३) बैवाहिक अंगिकृत नागरिकता सिफारिस,
(३४) आर्थिक अवस्था कमजोर, विपन्नता वा सम्पन्नता सिफारिस,
(३५) विद्यालय ठाउँसारी सिफारिस,
(३६) धारा तथा विद्युत जडान सिफारिस,
(३७) प्रचलित कानुन बमोजिम अन्य सिफारिस तथा प्रमाणित र गाउँपालिका वा नगरपालिकाले तोकिदिएका अन्य कार्यहरू

सन्दर्भ सामग्रीहरू

Tags:

उपमहानगरपालिकागाउँपालिकानगरपालिकामहानगरपालिकावडासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)स्थानीय तह

🔥 Trending searches on Wiki नेपाली:

रसायन शास्त्ररत्ननगर नगरपालिकासंविधाननिजीकरणआइएसबिएनराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमकमिलाकैलाली जिल्लाबाइसे राज्यहरूराम शाहमौसमनिजामती सेवानेपाली राष्ट्रिय क्रिकेट टोलीकर्जासुशासनविकसित देशराष्ट्रिय सङ्ग्रहालय, छाउनीनेपाली साहित्यको इतिहासमेसोपोटामियाको सभ्यताकर्णाली प्रदेशनमस्तेप्राथमिक उपचारहिमाली प्रदेशनेपाल सशस्त्र प्रहरी बलव्यवस्थापनसरकारनेपालको सङ्घीय संसदइलाम २ (निर्वाचन क्षेत्र)बझाङ १ (निर्वाचन क्षेत्र)नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाहनुमान चालीसाकोत पर्वकिशोरावस्थागायत्री मन्त्रसवारी दुर्घटनाराष्ट्रिय परीक्षा बोर्डदासप्रथामुख्य पृष्ठस्याङ्जा जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)एसियानबिल बैंकसती प्रथानेपालको अर्थतन्त्रजाभाबूढानीलकण्ठ मन्दिरस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (नेपाल)वेदान्तसम्भोगप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)गोरखा जिल्लानेपाल दूरसञ्चार प्राधिकरणबङ्गलादेशविश्व सम्पदा क्षेत्रनेपाल ए क्रिकेट टिममानिसजलवायु परिवर्तनउत्प्रेरणाग्वाङझाउलागत निर्धारणरानीमहलरस (काव्य शास्त्र)बंगलामुखी मन्दिरएड्सहनुमानफुटबल खेलइन्द्रबहादुर राईसल्यान जिल्लापाठ्यक्रमनेपालमा हिन्दु धर्मसूचनामहान्यायाधिवक्ताको कार्यालयनेपालको राष्ट्रपतिबारा जिल्ला🡆 More