प्राथमिक उपचार

प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो । प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रूपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ ।

प्राथमिक उपचारका सिद्धान्तहरू

  1. सुरुमा बिरामीको श्वासप्रश्वास छ कि छैन हेर्नु पर्छ । बिरामीलाई सास फेर्न गाह्रो भएको नभएको जाँच गर्नु पर्छ ।
  2. भीडलाई घाइतेको वरिपरि झुम्मिन दिनुहुदैन । घाइतेलाई ताजा र स्वच्छ हावा आवश्यक हुन्छ ।
  3. सकेसम्म छिटो शरीरमा लागेका चोटपटकहरूको पहिचान गर्नुपर्छ । यस्तो समयमा प्राथमिक उपचार गर्ने मानिस आत्तिनु हुदैन ।
  4. यदि बिरामीको सास रोकिएको छ भने तुरुन्तै कृतिम श्वासप्रश्वास दिनुपर्छ ।
  5. घाउचोट लागेको ठाउँबाट धेरै रगत बगिरहेको छ भने रगत रोक्नु पर्छ ।
  6. घाइतेको अवस्था नाजुक नहुँदै घाइतेलाई तुरुन्तै स्वास्थ्य संस्था लाने व्यवस्था गर्नुपर्छ । त्यसको लागि यातायातको व्यवस्था गर्नुपर्छ ।
  7. घाइतेलाई न्यानो बनाइराख्नु पर्छ, अनावस्यक रूपमा चलाईरहनु हुदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ ।
  8. घाइतेलाई नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सकेसम्म छिटो पु¥याउनुपर्छ ।
  9. गम्भीर घटनाहरूको बारेमा प्रहरीलाई जानकारी गराउनुपर्छ ।

प्राथमिक उपचारका उद्देश्यहरू

  1. घाइतेको ज्यान बचाउनको लागि प्राथमिक उपचारको आवश्यकता हुन्छ । हामीले अङ्ग्रेजीको ABCD लाई ध्यानमा राखेर प्राथमिक उपचार गर्नुपर्छ ।
  2. A–Airway (श्वासनली)
  3. B–Breathing (श्वासप्रश्वास)
  4. C–Circulation (रक्तसञ्चार)
  5. D–Deformity (चोटपटक)
  6. E–Environment (वातावरण)
  7. घाइतेको अवस्था झन बिग्रन नदिने
  8. घाइतेको दुखाई कम गर्न र घाइतेलाई सजिलो अवस्थामा राख्ने
  9. तुरुन्त निकोपार्ने
  10. घाइतेलाई यातायातको व्यवस्था गरेर तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने
  11. बिरामीलाई आश्वासन दिने र कमजोर हुनबाट बचाउने

प्राथमिक उपचार विधिहरू

☼ अवस्थाको अवलोकन

आँखाले हेर्ने

–बिरामीले सास फेरेको छ कि छैन हेर्ने
–बिरामी नीलो भएको छ कि छैन हेर्ने
–घाइतेको शरीरको कुनै भाग सुन्निएको, रगत लागेको तथा क्षतिग्रस्त भएको छ कि छैन भनेर निरीक्षण गर्ने
–घटनस्थलको निरीक्षण गरी वरपर बोतल, औषधी तथा अन्य रासायनिक पदार्थका भाँडा तथा प्याकेटहरू भए नभएको पत्ता लगाउने
–बिरामी कत्तिको होसमा छ याद गर्नुपर्छ

कानले सुन्ने

–घटनास्थलमा उपस्थित मान्छेहरूसँग घटनाको बारुमा जानकारी लिने
–सास फेरेनफेरेको आवाज सुन्ने
–यदि बिरामी होसमै छ भने बिरामीसँग पनि घटनाको बारेमा सोधपुछ गर्ने कतै दुखेको छ कि, कस्तो छ भनेर सोध्ने

नाकले सुघ्ने

–घाइतेको मुख तथा वरपरबाट कुनै गन्ध आइरहेको छ कि छैन पत्ता लगाउने

छोएर जाँच गर्ने

– बिरामीलाई टाउकोदेखि खुट्टासम्म सरसर्ती जाँच गर्ने

  1. चिकित्सक अथवा तालिम प्राप्त स्वास्थ्यकर्मी नआएसम्म बिरामीलाई सहयोग गर्नुपर्छ ।
  2. आफू नआत्तिकन जिम्मेवारी निभाउनुपर्छ ।
  3. आवस्यकता अनुसार घटनास्थलमा उपलब्ध अन्य मानिनसहरूको पनि सहयोग लिनुपर्छ ।
  4. घाइतेको सुरक्षा गर्नुपर्छ
  5. घाइतेको अवस्था अनुसार तुरुन्त उपचार दिने
  6. घाइतेलाई छिटो भन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पुर्याउने ।

सन्दर्भ सामग्रीहरू

उदेश्यः प्राथमिक उपचारका मूख्य तीन उद्देश्यहरु निम्नानुसार छन् ः

१. जीवन बचाउनु,

२. अवस्था झन्–झन् बिग्रन नदिनु

३. अवस्थामा सुधार ल्याउनु

Tags:

प्राथमिक उपचार का सिद्धान्तहरूप्राथमिक उपचार का उद्देश्यहरूप्राथमिक उपचार विधिहरूप्राथमिक उपचार सन्दर्भ सामग्रीहरूप्राथमिक उपचार

🔥 Trending searches on Wiki नेपाली:

पृथ्वी राजमार्गसूर्ययोग२०२२ फिफा विश्वकपनेपालको भूगोलकार्ल मार्क्ससार्वजनिक सेवा प्रवाहसार्क शिखर सम्मेलनको सूचीउखान-टुक्कारजवारनेपालमा ऊर्जामहिला विरुद्धका हिंसारगतनेपालमा मौलिक हक र कर्तव्यदसैँजितेन्द्र मुखियानेपाल सरकारनेपालमा मातृभाषामा शिक्षाधर्मो रक्षति रक्षितःनेपालका राष्ट्रिय चिह्नहरूदरबार हत्याकाण्डदुःखी वृद्ध मानिससंस्कारराजतन्त्रनेवारी भाषासर्पकोत पर्ववीर्य स्खलननेपालको संविधान २०७२इन्डियन प्रिमियर लिगसभ्यतामङ्गोलशब्दकोशआगन्तुक च‍राबालाजु बाइसधारा मेलागजलकार्यसम्पादन मूल्याङ्कनकालिका मन्दिर, बागलुङमानव विकास अर्थशास्त्रसरस्वतीविकिदादुराआगन्तुक शब्दनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लात्रिभुवन वीरविक्रम शाहसिक्किम क्रान्तिकारी मोर्चाचन्द्र शमशेर जङ्गबहादुर राणाप्राथमिक उपचारकुरिलोगुगलश्रीमद्भागवत् पुराणदोलखा जिल्लासमाजशास्त्रसिन्धुलीगढीसमावेशीकरणभरतपुर महानगरपालिकावर्षा ऋतुतराईनौमती बाजाकेकी अधिकारीनेपालका अञ्चलहरूनेपालका सर्वोच्च आठ हिमालकिराँत कालछिमेकी (कथा)कम्प्युटर विज्ञानश्रेष्ठअन्तर्राष्ट्रिय नारी दिवसविप्रेषण🡆 More