गोरखा जिल्ला: नेपालको गण्डकी प्रदेशको जिल्ला

गोरखा जिल्ला नेपालको गण्डकी प्रदेशमा अवस्थित एक जिल्ला हो। गोरखाको सदरमुकाम गोरखा बजार हो जुन गोरखा नगरपालिकामा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। यस जिल्लाको पूर्वतिर धादिङ जिल्ला र तिब्बत (चीन); पश्चिम सीमानामा तनहुँ जिल्ला, लमजुङ जिल्ला, मनाङ जिल्ला र तिब्बत (चीन), उत्तर सीमानामा तिब्बत (चीन) तथा दक्षिण सीमानामा चितवन जिल्ला, तनहुँ जिल्ला र धादिङ जिल्ला पर्दछन्।

गोरखा जिल्ला
गोरखा दरबार
गण्डकी प्रदेशमा गोरखाको (गाढा पहेँलो) स्थानको अवस्थिति
गण्डकी प्रदेशमा गोरखाको (गाढा पहेँलो) स्थान
निर्देशाङ्क: २८°१७′उ॰ ८४°४१′पू॰ / २८.२८३°N ८४.६८३°E / 28.283; 84.683 ८४°४१′पू॰ / २८.२८३°N ८४.६८३°E / 28.283; 84.683
देशगोरखा जिल्ला: नेपालको गण्डकी प्रदेशको जिल्ला नेपाल
प्रदेशगण्डकी प्रदेश
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, गोरखा
क्षेत्रफल
 • जम्मा३६१० किमी (१३९० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२५२२०१
 • घनत्व७०/किमी (१८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
भाषाहरूनेपाली

राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन्।

इतिहास

यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारौँ भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाइन्छ। दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निसाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो। यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन्।

प्रशासनिक विभाजन

जिल्लामा ११ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ९ गाउँपालिका छन्।

गोरखा जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
गोरखा नगरपालिका १४ डुम्रिडाँडा ८२,५३१
पालुङटार नगरपालिका १० ठाँटीपोखरी २३,४६१
बारपाक सुलिकोट गाउँपालिका ताकुकोट २५,३९८
चुमनुव्री गाउँपालिका सिर्दिबास ६,९२३
सिरानचोक गाउँपालिका छोप्राक २३,६२८
अजिरकोट गाउँपालिका भच्चेक १४,८०२
धार्चे गाउँपालिका माछीखोला १३,२२९
भीमसेनथापा गाउँपालिका खान्चोक २२,०३३
सहिद लखन गाउँपालिका पिपलछाप २७,५५५
आरूघाट गाउँपालिका १० आरुघाट २३,८८७
गण्डकी गाउँपालिका भुम्लिचोक २३,२५३

सन्दर्भ सामग्रीहरू

Tags:

गण्डकी प्रदेशगोरखा नगरपालिकाचितवन जिल्लातनहुँ जिल्लातिब्बतधादिङ जिल्लानेपालमनाङ जिल्लालमजुङ जिल्लासदरमुकाम

🔥 Trending searches on Wiki नेपाली:

किराँत जातिगाउँ कार्यपालिकासुनिल नारायणअर्थ मन्त्रालय (नेपाल)राजनीतिक दलकीर्तिपुर नगरपालिकागोत्रसंस्कृतनेपालमा भएका सडकहरूको सूचीनेपाल अधिराज्यको संविधान २०१५व्रतबन्धनेपालका मन्त्रिपरिषद्हरूनेपालका नगरपालिकाहरूबर्दिया जिल्लाअर्थसार्वजनिक सेवा प्रवाहजी-ट्वान्टीअवलोकनसामाजिक सञ्जालनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ज्योतिषपरिवारकौशिक गोत्रपृथ्वीनारायण शाहपशुपतिनाथ मन्दिरवाच्य (व्याकरण)आगोबिन्ध्यवासिनी मन्दिरसिन्धु घाटीको सभ्यता२०२० नेपालमा कोरोनाभाइरस महामारीफौजदारी कानुनमहानगरपालिकारौतहट जिल्लाढकालमानसिक रोगशेर्पा जातिकाठमाडौँविकसित देशलैङ्गिक पहिचानबृहस्पति (ज्योतिष)पूर्वीय दर्शनप्रदेश न. ३ प्रदेश सभानेपाल प्रहरीनेपालका राजनीतिक दलहरूको सूचीतनहुँ जिल्लानेपाल-भारत सम्बन्धभूमध्यरेखारारातालविश्वकोशआइएसबिएननेपालका राष्ट्रिय विभूतिहरूनेपालका सहिदहरूबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीकेन्द्रीय बैङ्कविश्वेश्वरप्रसाद कोइरालापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबिस्केट जात्रामदन भण्डारी राजमार्गविराटनगर महानगरपालिकाप्राकृतिक सङ्ख्याराम मन्दिर, अयोध्याहनुमान चालीसाअरुणा लामानेपालका संवैधानिक निकायहरूनेपालका प्रमुख नदीहरूको सूचीधरान उपमहानगरपालिकानिर्वाचन प्रणालीएडम स्मिथभुटानदलितस्तनधारी प्राणीलेखनाथ पौड्यालआदिकवि भानुभक्त पुरस्कारमैथिली भाषागणेशप्राथमिक उपचार🡆 More