गण्डकी प्रदेश: नेपालका प्रदेशहरू

गण्डकी प्रदेश नेपालको संविधान २०७२ लागू भएपछि वि.सं.

२०७२ असोज ३ गते राज्य पुनर्संरचना गरी बनेका ७ प्रदेशहरू मध्ये एक प्रदेश हो। कुल ११ जिल्लाहरू रहेको यस प्रदेशको प्रादेशिक राजधानी पोखरा कायम भएको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण
गण्डकी प्रदेशका जिल्लाहरूको अवस्थिति
गण्डकी प्रदेशका जिल्लाहरू
गण्डकी प्रदेश is located in गण्डकी प्रदेश
गण्डकी प्रदेश
गण्डकी प्रदेश
गण्डकी प्रदेश is located in नेपाल
गण्डकी प्रदेश
गण्डकी प्रदेश
निर्देशाङ्क: २८°१२′३४″उ॰ ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°E / 28.20944; 83.99139 ८३°५९′२९″पू॰ / २८.२०९४४°N ८३.९९१३९°E / 28.20944; 83.99139
राष्ट्रगण्डकी प्रदेश: गण्डकी प्रदेशको इतिहास, प्रशासनिक विभाजन, जनसांख्यिकीय विवरण नेपाल
साक्षरतावृद्धि ७३% उच्च
स्थापना२०७२ असोज
राजधानीपोखरा
सरकार
 • मुख्यमन्त्रीकृष्णचन्द्र नेपाली पोखरेल
क्षेत्रफल
 • जम्मा२१,५०४ किमी (८३०३ वर्ग माइल)
उच्चतम उचाई
८,०९१ मिटर (२६५४५ फिट)
 • क्रमअन्नपूर्ण हिमाल विश्वको दशौँ अग्लो
जनसङ्ख्या
 • जम्मा२,४१३,९०७
 • घनत्व११०/किमी (२९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
भूसङ्केतNP-FO
वेबसाइटgandaki.gov.np

गण्डकी प्रदेशको इतिहास

नेपालको शासनव्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट बि.सं. २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भयो। यसै संविधान बमोजिम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो। उक्त नेपालको संविधान बमोजिम नेपाललाई ७ (सात) प्रदेशहरूमा विभाजन गरियो। यी मध्ये साविकका धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपुरको भू-भाग समेटी कुल ११ जिल्लाको प्रदेश नं. ४ कायम भयो। भौगोलिक रूपमा यस प्रदेशले हिमाल, पहाडतराई गरी तीन वटै धरातलीय स्वरूपलाई समेटेको छ। त्यस्तै हावापानीको दृष्‍टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी विद्यमान रहेको छ।

अवस्थिति

भौगोलिक अवस्थितिलाई हेर्दा यो प्रदेश २७°२०' उत्तरी अक्षांश देखि २९°२०' उत्तरी अक्षांश र ८२° ५२' पूर्वी देशान्तर देखि ८५° १२' पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भू-भागको रूपमा धौलागिरी हिमाल र होचो भू-भागको रूपमा नवलपुरको त्रिवेणीसुस्ता रहेको छ।

क्षेत्रफल

नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. मध्ये प्रदेश नं. ४ ले २१,७३३ वर्ग कि.मि. अर्थात् १४.६६% क्षेत्रफल ओगटेको छ। यसमा प्रदेशको कुल क्षेत्रफलमा हिमाली भू-भाग ५,८१९ वर्ग कि.मि. (२६.८%), पहाडी भू-भाग १४,६०४ वर्ग कि.मि. (६७.२%) र तराई भू-भाग १,३१० वर्ग कि.मि. (६%) पर्दछ। यस प्रदेशमा पहाडी भु-भाग बढी रहेको छ। यो प्रदेश नेपाल राज्यको करीब मध्य भागमा पर्दछ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रूपमा रहेको पोखरा समेत यस प्रदेशमा रहेको छ।

सिमाना

यस प्रदेशको सिमाना पूर्वमा बाग्मती प्रदेशका रसुवा, धादिङ्ग र चितवन जिल्ला, पश्‍चिममा लुम्बिनी प्रदेशका पूर्वी रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पाल्पा र नवलपरासी (सुस्ता बर्दघाट पश्‍चिम) र कर्णाली प्रदेशका डोल्पा जिल्ला पर्दछन्। त्यस्तै उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र भारतको विहार राज्य रहेका छन्।

प्रशासनिक विभाजन

नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरुप सङ्घीय संरचनामा नेपाललाई ७५३ स्थानीय तह, ७ प्रदेश र सङ्घीय सरकारको रूपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये यस गण्डकी प्रदेश अन्तर्गत तत्कालीन धौलागिरी अञ्चलका ४ जिल्ला म्याग्दी, मुस्ताङ्ग, पर्वत र बागलुङ्ग, गण्डकी अञ्चलका गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की र तनहुँ एवं लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भू-भाग नवलपुर गरी जम्मा ११ जिल्ला रहेका छन्। १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन्। त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १८ निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ।

जनसांख्यिकीय विवरण

२०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २,९१,९२,४८० मध्ये यस प्रदेशको जनसङ्ख्या २४,६६,४२७ रहेको छ जुन कुल जनसङ्ख्याको ८.4 प्रतिशत हुन आउँछ। यस मध्ये पुरुषको जनसङ्ख्या ११७०८३३ र महिलाको जनसङ्ख्या १२९५५९४ रहेको छ

भौगोलिक प्रदेशगत आधारमा गण्डकी प्रदेशको जनसङ्ख्या हिमाली प्रदेशको जनसङ्ख्या १९,९९० (०.८%), पहाडी प्रदेशको जनसङ्ख्या २०,७२,१६२ (८६.५%) र तराई प्रदेशको जनसङ्ख्या ३,१०,८६४ (१२.७%) रहेको छ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

गण्डकी प्रदेश को इतिहासगण्डकी प्रदेश प्रशासनिक विभाजनगण्डकी प्रदेश जनसांख्यिकीय विवरणगण्डकी प्रदेश सन्दर्भ सामग्रीहरूगण्डकी प्रदेश यो पनि हेर्नुहोस्गण्डकी प्रदेशजिल्लानेपालको संविधान २०७२पोखरा महानगरपालिकाप्रदेश

🔥 Trending searches on Wiki नेपाली:

सवाई मानसिंह स्टेडियमराष्ट्रिय पहिचानअगमसिंह गिरीनेपालको राजनीतिव्यास नगरपालिकानेपालको मन्त्रिपरिषद्महिलाअनुष्टुप छन्दलोक सेवा आयोग (नेपाल)बेलायतलक्ष्मीप्रसाद देवकोटादैवज्ञराज न्यौपानेडेउडा गीतनिबन्धबजारढुङ्गे युगशिरीषको फूलनागरिकसर्लाही जिल्लाकर्णाली नदीदासप्रथात्रिभुवन विश्वविद्यालयदिगो विकासका लक्ष्यहरूसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)नेपाल आयल निगम लिमिटेडचौदण्डीगढी नगरपालिकाउपनिवेशमहमाधवकुमार नेपालमहिनामाओवादी जनयुद्धवाच्य (व्याकरण)प्युठान जिल्लाजनमत सङ्ग्रहवैदिक साहित्यशेरबहादुर देउवागणतन्त्रसामाजिक विज्ञानबागमती प्रदेशगाउँखाने कथाअधिकारपृच्छामहालेखा नियन्त्रकको कार्यालयघुम्ने मेचमाथि अन्धो मान्छेजोखिम आधारित आन्तरिक लेखापरीक्षणजगेडासोलुखुम्बु जिल्लाइन्टरनेटसात सालको क्रान्तिनेपालको सर्वोच्च अदालतनेपालका उर्जा केन्द्रहरूको सूचीनेवारी भाषादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रहनुमान चालीसाविज्ञानहिन्दु धर्मकावासोती नगरपालिकादेशनेपालको अन्तरिम संविधान २०६३मदन भण्डारी राजमार्गचतराधामसार्वजनिक वित्तमहासागरबुद्ध धर्मगरिबीनेपालमा मौलिक हक र कर्तव्यशेर्पा जातिप्रतिनिधि सभा निर्वाचन, २०७४लैङ्गिक समानतायुट्युबकम्पनी रजिष्ट्रारको कार्यालय, नेपालनेपाल प्रजा परिषद्🡆 More