नेपाल अधिराज्यको संविधान २०१५

२००७ सालको क्रान्तिले राणा शासनको अन्त्यपछि संविधान सभाको निर्वाचन गराउने र त्यस संविधान सभाले नयाँ संविधान निर्माण गर्ने गरी अन्तरिम संविधान लागू गरेता पनि देशलाई संसदीय व्यवस्था तर्फ लैजानका लागि राजा महेन्द्रले यो संविधान जारी गरेका हुन्। यो संविधान २०१५ फागुन १ गते घोषणा गरिएको थियो। २०१६ सालको निर्वाचन यसै संविधान अनुसार भएको थियो।

२०१४ माघ १९ को शाही घोषणाको आधारमा २०१४ चैत्र ३ गते गठित संविधान मस्यौदा कमिशनमा पब्लिक सर्भिस कमिशनका का.मु. अध्यक्ष भगवती प्रसाद सिंहको अध्यक्ष्यता तथा होरा प्रसाद जोशी सदस्य सचिव रहेको ५ सदस्य थिए । उक्त संविधान मस्यौदा कमिशनले तयार पारेको मस्यौदाको आधारमा राजा महेन्द्रबाट २०१५ फाल्गुण १ गते नेपाल अधिराज्यको संविधान, २०१५ घोषणा भएको हो । २०१५ फाल्गुण १ गते धारा ७३ र ७५ लागु भएका थिए भने २०१६ आषाढ ३ गते देखी बाकी धाराहरू लागु भएका थिए । १० भाग ७७ धारा रहेको उक्त बिधानमा अनुसुची थिएन । धारा ७३ मा संक्षिप्त नाम र प्रकाशन थियो भने धारा ७५ मा संविधान लागु गराउने अधिकार थियो । भाग ३ मा रहेको मौलिक हकहरू उक्त विधानमा धारा ३ देखी धारा ९ सम्म ७ वटा मौलिक हकहरूको ब्यबस्था थियो । २ सदनात्मक ब्यबस्था रहेको उक्त बिधानमा तल्लो सदन प्रतिनिधी सभा थियो भने माथिल्लो सदन महासभा थियो । प्रतिनिधी सभामा जम्मा १०९ निर्वाचन क्षेत्रबाट निर्वाचित १०९ सदस्य रहने ब्यबस्था थियो भने महासभामा १८ निर्वाचित र १८ मनोनित गरी ३६ सदस्य रहने ब्यबस्था थियो । प्रतिनिधी सभाको उम्मेदवार बन्न २५ वर्ष र महासभाको उम्मेदवार बन्न ३० वर्ष उमेर पुगेको हुनुपथ्र्यो । २१ वर्ष उमेर पुगेपछि मतदाता हुन पाइन्थ्यो । एउटा अधिवेषण र अर्को अधिबेषण बिचको अन्तर ६ महिना थियो । बिगत ५ वर्ष यता सरकारी नोकरीमा नरहेको कम्तीमा एक तिहाई सदस्य रहनुपर्ने लोक सेवा आयोग (नेपाल)को ब्यबस्था भाग ७ को धारा ५९ र ६० मा गरिएको थियो । महालेखा परिक्षकको ब्यबस्था भाग ८ को धारा ६१ मा थियो भने निर्वाचन आयोगको ब्यबस्था थिएन ।

२०१७ पौष २२ गते राजनितीक दल र दलगत राजनीतिक उद्धेश्यले प्रेरित भएका सङ्गठनलाई अबैध घोषित गरिएको थियो ।

यो पनि हेर्नुहोस्

Tags:

महेन्द्र वीरविक्रम शाहसंविधान सभासंसदीय व्यवस्था

🔥 Trending searches on Wiki नेपाली:

फौजदारी कानुननेपाली भाषाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालदशरथ चन्दमानव विकास अर्थशास्त्रहिमालअन्तर्राष्ट्रिय नारी दिवसदोस्रो विश्व युद्धमारुनी नाचमानिसनेपालको प्रधानमन्त्रीमानव संसाधन व्यवस्थापनगुरुप्रसाद मैनालीरामकृष्ण ढकालकालिकोट जिल्लाभीमबहादुर रावलबागमती नदीरस (काव्य शास्त्र)नेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीअम्लपित्तसार्वभौमसत्तागाउँ सभाअल्पविकसित देशकिराँत कालखडक बहादुर सिंहदेवनागरी लिपिदरबार हत्याकाण्डजनमत सङ्ग्रह, २०३७ध्रुवचन्द्र गौतमसंयुक्त राज्य अमेरिकाकृषि विकास बैंककिराँत जातिश्रीलङ्काकृष्णनेपालका संवैधानिक निकायहरूडिजिटल साक्षरतामेटानेपालको पञ्चवर्षीय योजनासिंहदरबारसामाजिक विज्ञानकानूनसौर्यमण्डलनवलपरासी जिल्लाथापाइटहरी उपमहानगरपालिकाराष्ट्रिय स्वतन्त्र पार्टीधनुषा जिल्लानयाँ पत्रिका दैनिकझोला (चलचित्र)मनकामना मन्दिरतामाङ जातिमानव अधिकारनेपालको अन्तरिम शासन विधान २००७नेपालका राजाकुमाल जातिकुलदेवताहिन्द महासागरप्रदेश सभा (नेपाल)मगर भाषापञ्चैबाजारामराजतन्त्रमधेश प्रदेशकम्प्युटरकम्पनीबारा जिल्लाएसियागौतम बुद्धयोगमाया न्यौपानेनेवारी भाषासुदूरपश्चिम प्रदेशनेपालका प्रमुख नदीहरूको सूचीतापक्रमचुरेनेपालको प्रधानन्यायाधीशकरारगायत्री मन्त्र🡆 More