दरबार हत्याकाण्ड: नेपाली ऐतिहासिक घटना

२०५८ जेठ १९ मा, (सन् २००१ जुन १ तारिखका दिन) राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्डका नामले चिनिन्छ। घटना पश्चात सार्वजनिक समाचारमा युवराज दीपेन्द्रले राजा बीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, निराजन वीर विक्रम शाह, काका धीरेन्द्र शाह, काकी शान्ति, श्रद्धा, जयन्ती र श्रद्धाका पति कुमार खड्गविक्रम शाहलाई गोली हानी मारे र त्यसपछि युवराज दीपेन्द्रले आफैँमाथि गोली प्रहार गरेको प्रचार गरियो। अर्को दिन अस्पतालमा गम्भीर घाइते रहेका भनिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गरियो र उनका काका अधिराजकुमार ज्ञानेन्द्रलाई नायबी अधिकार सुम्पियो। राजपरिवारका सबै सदस्यको सामूहिक अन्तिम संस्कार गरियो। जुन ४ तारिखका दिन राजा दीपेन्द्रको मृत्युको औपचारिक घोषणा गरियो र ज्ञानेन्द्र नयाँ राजा घोषित भए। नयाँ राजाले सर्वोच्च अदालतका प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय र तत्कालिन सभामुख तारानाथ रानाभाट रहेको एक उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाका सम्बन्धमा छानबिन गर्न आदेश दिए। एक हप्तापछि समितिले राजालाई प्रतिवेदन प्रस्तुत गर्‍यो र त्यसलाई र्सार्वजनिक पनि गरियो। प्रतिवेदनमा लागू पदार्थ र रक्सीले मातेका युवराज दीपेन्द्र घटनामा दोषी रहेको निश्कर्ष निकालिएको थियो।

दरबार हत्याकाण्ड
दरबार हत्याकाण्ड: मारिनेहरू, घाइते, त्यसपछि
तत्कालीन नारायणहिटी राजदरबार जसलाई पछि सङ्ग्राहलयमा परिणत गरिएको थियो।
स्थानत्रिभुवन सदन; नारायणहिटी दरबार, काठमाडौँ, नेपाल
मिति२०५८ जेठ १९
लगभग रातको ८ बजे (नेपालको प्रमाणिक समय)
लक्ष्यराज परिवार
वीरेन्द्र शाह
आक्रमणको प्रकार
पारिवारिक हत्या, जन हत्या
हतियारहरू
  • कोल्ट, एम१६ राइफल
  • मेसिन गन
  • ग्लोक पेस्तोल ९ मिलिमिटर पेस्तोल
  • मृत्यु१०
    घाइते

    मारिनेहरू

    घाइते

    • अधिराजकुमारी शोभा, राजा बिरेन्द्रकी कान्छी दिदी
    • कुमार गोरख, राजा विरेन्द्रका ज्वाइँ, श्रुतिका पति
    • कोमल राज्य, अधिराजकुमार ज्ञानेन्द्रकी पत्नी
    • केतकी चेस्टर

    त्यसपछि

    घटनालगत्तै सबैलाई हतारहतार छाउनीस्थित सैनिक अस्पताल पुर्‍याइयो । अस्पतालको माहौल निकै तनावपूर्ण बनेको थियो । चिकित्सकहरू घाइतेको उपचारमा व्यस्त थिए । त्यसबेला पोखरामा रहेका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग पनि सम्पर्कको प्रयास भइरहेको थियो । राजा वीरेन्द्र शाहको सैनिक सचिव विवेक शाहले दरबारका अन्य उच्च कर्मचारी, सेनापति, प्रहरी प्रमुख, गृहका उच्च अधिकारी सबैलाई त्यही बोलाए । प्राधानमन्त्री कोइरालाले पनि पहिले ज्ञानेन्द्र शाहलाई ल्याउनुपर्नेमा जोड दिए ।

    मौसमको प्रतिकूलताले हेलिकोप्टर पोखरातिर जानै सकिरहेको थिएन । कोइरालाले यसबीच चिकित्सकसँग केही कुरा गरे । तत्कालीन अधिराजकुमार शाह बिहानमात्रै आइपुगे। उहाँलाई लिन कोइराला अस्पतालको हेलिप्याडसम्मै पुगे। उनीहरूबीच अस्पतालकै पुस्तकालयमा केही कुरा भयो ।

    तत्कालीन राजा वीरेन्द्रको निधन भइसकेको थियो । नयाँ राजा घोषणा नभएसम्म पूर्वराजाको मृत्यु घोषणा गर्न नमिल्ने प्रचलन थियो । ज्ञानेन्द्र, कोइराला र तत्कालीन राजपरिषदका सभापतिबीच छलफल भयो । अब के गर्नेभन्दा कोइरालाले परम्परा, विधि जे छ, सोहीअनुरूप गर्नुस्, सरकारको तर्फबाट मैले के सहयोग गर्नुपर्छ, गर्छु मात्र भन्नुभयो । अन्तमा तत्कालीन युवराज दीपेन्द्रलाई राजा घोषणा गर्ने र ज्ञानेन्द्रलाई राज्यसहायक बनाएर उहाँबाट देशवासीका नाममा सम्बोधन गर्ने तय भयो ।

    नेपाल अधिराज्यको संविधान २०४७ राजगद्दी उत्तराधिकारी सम्बन्धी कानून, रीत र परम्परा अनुसार राज परिषद्को बैठकले युवराज दीपेन्द्र बेहोस अवस्थामा राजा घोषणा गर्यो र राजा शारीरिक अशक्तताको कारण कार्यभार संचालन गर्न असमर्थ भएकाले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक घोषणा गरियो।तदनुसार, गृह मन्त्रालयबाट सम्बधित पदाधिकारीहरुलाई दिउँसो ३:३० बजे औपचारिक पोशाकमा शवयात्रामा उपस्थित हुन उर्दी जारी गरियो। सिंहदरबार बाहिर आमजनको शोक जुलुसलाई नियन्त्रण गर्न कठिन हुँदा ठाउँठाउँमा कफ्र्यू लगाउने बाध्यता पर्यो । जताततै सुरक्षाकर्मी तैनाथ गरिए पनि सैनिक अस्पताल छाउनीबाट शुरु शवयात्रा जुलुसमा प्रधानमन्त्री र मन्त्रीहरु माथि स्वयम्भू क्षेत्रमा ढुङ्गा बर्सियो । मानिसहरु स्वस्फूर्त शवयात्रामा समेल हुन सडकमा ओइरिए ।

    राजपरिवारका सदस्यहरुको पशुपतिनाथ मन्दिर अगाडि राजकीय अन्त्येष्टि गरिएको थियो । राज्य सहायक ज्ञानेन्द्रले २०५८ जेठ २१ मा दिएको शाही सन्देशमा "उक्त घटना आकस्मिक रुपमा स्वचालित हतियार पड्किन गई " भएको बताएका थिए।

    अधिराजकुमार ज्ञानेन्द्रको राज्यारोहण

    २०५८ जेठ २२ बिहान ३:४५ मा राजा घोषित दीपेन्द्रको मृत्यु भयो। जेठ २२ गते कर्फ्यु लगाएर दीपेन्द्रको शवयात्रा गरिनु अघि नयाँ राजा ज्ञानेन्द्रको राज्यारोहण गरियो। राज्यारोहणपछि हनुमानढोकाबाट नारायणहिटी दरबारसम्म बग्गीमा चढेर आउँदा  दरबारको नयाँ नेतृत्व विरुद्ध चारै तर्फ नारा-जुलूस भैरह्यो। आक्रोशित भीडले ढुंगाली हानला भनेर प्रधानमन्त्रीलाई नयाँ राजाको बग्गीमा समेत राखिएन। बिहानैदेखि काठमाडौंका सहरहरूमा स्वत:स्फूर्त रुपमा ओर्लन थाले। राजा दीपेन्द्रको शव राखिएको छाउनी स्थित सैनिक अस्पताल नजिक मानिसहरू पुगेका थिए। सडकमा उत्रिएका आक्रोशित जनतालाई रोक्न सरकारले जेठ २२ गते दिउसो ४ बजे देखि कर्फ्यु लगायो। कर्फ्यूको समयमा नै सेनाको घेरा भित्र राखी बिना जनसमुदाय राजा दीपेन्द्रको शवयात्रा गरियो। ठाउँ ठाउँमा जनताले कर्फ्यू तोडेर जुलूस प्रदर्शन गर्यो। जुलूसमाथि सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा १२ जना घाइते भए, ४ जना मारिए, र सयुं गिरफ्तार भए।

    उच्चस्तरीय समिति

    दरबार हत्याकाण्ड: मारिनेहरू, घाइते, त्यसपछि 
    माधवकुमार नेपाल

    शाही सन्देश मा राजा ज्ञानेन्द्रले राजादरबारमा घटेको घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रिया स्वरूप प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षता मा एक उच्चस्तरीय समिति गठन गरे। उक्त समितिमा सभामुख तारानाथ रानाभाट तथा प्रतिनिधि सभाका विपक्षी दलका नेता माधवकुमार नेपाललाई सदस्य तोकियो। यस समितिलाई तीन दिन भित्र प्रतिवेदन जाहेर गर्न निर्देश दिइयो। तर नेता माधवकुमार नेपालले "उक्त समितिमा रहेर काम गर्ने सम्बन्धमा २०५८ जेठ २३ गते बसेको नेकपा एमाले स्थायी कमिटीको बैठकले मेरो हकमा उक्त समितिमा रहन नसकिने निर्णय गरेकाले सोही बमोजिम सो समितिबाट राजिनामा जाहेर गरेको छु।" भनेर राजिनामा दिए। उक्त समितिलाई देहाय बमोजिमका अधिकार प्राप्त थिए;-

    1. घटनास्थालको अवलोकन गर्ने र घटनास्थालाको तस्वीर सहितको विवरण संकलन गर्ने
    2. घटानास्थलमा जमघटका लागि उपस्थित पारिवारिक सदस्यहरू तथा अन्य व्यक्तिहरू, राजपरिवारको सुरक्षा एवं सेवामा खटिएका व्यक्तिहरू, उपचारमा संलग्न रहेका चिकित्सकहरू एवंम परिचारिकाहरू तथा समितिले आवश्यक देखेका अन्य व्यक्तिहरूबाट जानकारी लिन सक्ने
    3. सो घटनासंग सम्बन्धित हतियार, गोलीलागायतका अन्य चिज वस्तुको संकलन र जांच गर्न सक्ने एवम् घटनाका सम्बन्धमा अस्पतालबात भएको जांच परिक्षणको विवरण प्राप्त गर्न सक्ने
    4. घटनाको सम्बन्धमा विशेषज्ञहरूको आवश्यक सहयोग लिन सक्ने
    5. समितिले आफ्नो कार्य सम्पादन गर्न आवस्यक व्यक्तिहरूको सहयोग लिन सक्ने

    उक्त समितिले जेठ २६ गतेबाट आफ्नो काम सुरु गर्यो। ३ दिनमा काम नसकिएकाले राजाबाट सो समितिको कार्य अवधि जेठ ३२ गते सम्म ४ दिन थप भयो। त्यो छानबिन प्रतिवेदनभन्दा पनि मुचुल्का प्रतिवेदन जस्तो थियो, जसमा प्रत्यक्षदर्शीहरुको बयान समेटिएको छ। नशाले अनियन्त्रित युवराज दीपेन्द्रले नै गोली चलाएर यो घटना भएको भन्ने प्रतिवेदन नै अहिलेसम्मको आधिकारिक हो। समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो।

    तर समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन्।

    प्रतिक्रिया

    अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले राजा वीरेन्द्रको असामयिक निधनले अत्यन्त मर्माहत र स्तब्ध भएको बताएका थिए। ह्वाइट हाउसबाट जारी गरिएको बक्तव्यमा भनिएको थियो "राजा वीरेन्द्रको असामयिक निधनले म अत्यन्त मर्माहत र स्तब्ध छु । म रानी ऐश्वर्या र परिवारका अन्य सदस्यहरूको निधनमा शोक व्यक्त गर्दछु र राजाको विस्तारित परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। यस दु:खद घडीमा म नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछु। नेपाल सरकार र जनताप्रति हाम्रो प्रार्थना छ।" ।

    भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयी on Wednesday clarified that "he did not give a clean chit" to anybody in Nepal when he reacted to the conspiracy theory about the royal massacre there. When his attention was drawn to a statement made by former prime minister Chandrashekhar saying that it was not necessary for him (Vajpyee) to rule out conspiracy behind the killings, Vajpayee commented "All that I had said was that from here I cannot see any conspiracy". "The Nepal government has set up a probe to go into the killings and truth will now come out", he added.

    षड्यन्त्रको सिद्धान्त

    अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरु प्रशस्तै छन्।

    सन्दर्भ सामग्रीहरू

    बाह्य कडीहरू

    Tags:

    दरबार हत्याकाण्ड मारिनेहरूदरबार हत्याकाण्ड घाइतेदरबार हत्याकाण्ड त्यसपछिदरबार हत्याकाण्ड प्रतिक्रियादरबार हत्याकाण्ड सन्दर्भ सामग्रीहरूदरबार हत्याकाण्ड बाह्य कडीहरूदरबार हत्याकाण्डअधिराजकुमारी श्रुतिअन्तिम संस्कारखड्गविक्रम शाहतारानाथ रानाभाटदीपेन्द्र वीरविक्रम शाहनिराजन वीर विक्रम शाहनेपालको सर्वोच्च अदालतप्रधान न्यायाधीशरानी ऐश्वर्य राज्यलक्ष्मी शाहशाह वंश

    🔥 Trending searches on Wiki नेपाली:

    काठमाडौँ उपत्यकानेपाली कांग्रेसराष्ट्रिय वाणिज्य बैंकआइएसबिएनफुटबल खेलनेपालका उपत्यकाहरूहुलाक सेवा विभाग, नेपालथाइरोइडसन्दुक रुइतअग्नीप्रसाद सापकोटापश्चिम रुकुम जिल्लाबझाङ १ (निर्वाचन क्षेत्र)श्राद्धदैलेख जिल्लापरिवारकालु पाँडेबनेपा नगरपालिकानैतिक दृष्टान्तविराटनगर महानगरपालिकामानिससार्की जातिम्याग्ना कार्टाआयुर्वेदनेपालको प्रमाणिक समयबैजनीजलविद्युतदरबार हाई स्कुलइन्टरस्टेलर (चलचित्र)बागमती प्रदेशनेपालको कानूनी इतिहासनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीकुम्भ मेलामहासागरदिगो विकासका लक्ष्यहरूलागत लेखाविधिविद्युतहात्तीपाइले रोगनेपालको चलचित्रको इतिहासपिनासमदन भण्डारी राजमार्गआन्तरिक नियन्त्रण प्रणालीदर्शनतामाङ जातिसर्लाही जिल्लाभक्तपुर नगरपालिकाडेउडा गीतमहादेशब्याडमिन्टनसप्तकोशी नदीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनरामचन्द्र पौडेलदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रमौरिससकम्प्युटरसहिदबज्रयोगिनी मन्दिरफिफाविकसित देशराष्ट्रिय परीक्षा बोर्डनेपालका बैङ्कहरूको सूचीगणतन्त्र दिवस (नेपाल)भण्डारखाल पर्वनेपालको अर्थतन्त्रअर्थ मन्त्रालय (नेपाल)गाईजात्राआगन्तुक शब्दपुष्पकमल दाहालअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालसंस्कारस्थिर लागतगोपालप्रसाद रिमालद्वापर युगनेपाल बैंक🡆 More